पोखरा- प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी विधायन समितिको प्रतिवेदन प्रस्तुत गरिएको छ।
प्रतिवेदन प्रस्तुत गर्दै विधायन समितिका सदस्य सावित्रा रानाले विधेयकमाथि विधायन समितिमा विस्तृत छलफल गरी आवश्यक संशोधनसहित प्रतिवेदन तयार गरिएको जानकारी दिइन्।
उक्त विधेयकमाथि आगामी बैठकमा छलफल हुनेछ। प्रदेशसभाको अर्को बैठक आगामी चैत ३० गते बिहान ११ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।