• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

२०७६ : भिआइपी पक्राउको वर्ष

64x64
नारायण अधिकारी सोमबार, वैशाख १, २०७७  १८:२६
1140x725

काठमाडौं- ‘कानुन भनेको माकुराको जालो हो, त्यसमा सानातिना किराफट्याङग्रा अड्किन्छन्। ठूलाले सहजै तोडेर उम्कन्छन्।’ नेपाली समाजमा प्रचलित यो उखान केहीहदसम्म सत्य मानिँदै आएको पनि छ। तर, बितेको वर्ष २०७६ सालले एउटा पाठ दिएर गएको छ, ‘अपराधको दुनियाँमा रमाउने जोकोही विरुद्ध कुनै सम्झौता हुँदैन। अब माकुराको जालोमा साना किराफट्याङ्ग्रा मात्रै होइन ठूलै पनि पर्छन्।’

२०७६ सालमा भएका केही घटनाले यी कुरालाई प्रष्टसमेत गरेको छ। गल्ती गर्ने विरुद्ध अनुहार नहेरी कारबाहीका ठण्डा चल्नुले पनि अब गल्ती गर्ने जो कोही सजायको भागिदार बन्ने अड्कल लगाउन सकिन्छ। अन्जानमा गल्ती अथवा अपराध गरे पनि केही समय पहिलासम्म राजनीतिक नेतृत्वको आडमा अथवा शक्ति केन्द्रको आडमा उनीहरु क्षम्य हुँदै आएका थिए।

तर, बाहलवाला सभामुखदेखि पूर्वमन्त्रीसम्म कानुनी दायरामा आउनुले अपराधको दुनियाँमा कसैलाई छुट नभएको संकेत गरेको छ। २०७६ मा पक्राउ परेका यी भिआइपी व्यक्तिबाट पनि गल्ती गर्ने कानुनी दायराममा आउने पाठ सिकाएर गएको छ।

पूर्वसभामुख महरा
संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई तत्कालीन सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयास गरेको आरोप लाग्यो। गत असोज १३ गते सभामुख महराले आफूलाई बलात्कार प्रयास गरेको भन्दै ती महिलाले मिडियाको सम्पर्कमा पुगेकी थिइन्।

मिडियामा महराले बलात्कार प्रयास गरेको समाचार सार्वजनिक भएपछि सभामुखबाट राजनीमा दिन उनकै पार्टी नेकपाले उर्दी गरेपछि महराले राजीनामासमेत दिनु पर्‍यो।

त्यसपछि महानगरीय प्रहरी परिसर काठमाडौंले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी गरेर महरालाई असोज २१ गते पक्राउ गर्‍यो। कार्तिक १८ गते जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि भन्दै कारागार पठायो।

उनी जिल्ला अदालतको उक्त आदेशविरुद्ध उच्च अदालत पाटनसम्म पुगे। पाटनले पनि जिल्लाकै आदेश सदर गर्दै मुद्दा जितिसक्दाे चाँढो टुंगाउने आदेश दियो।

फेरि फागुन ५ गते जिल्ला अदालत काठमाडौंले महरालाई निर्दोष सावित गर्दै रिहा गर्‍यो। पक्राउ परेर केही समय कारागारसमेत बसेका महरा अन्ततः निर्दोष सावित भए।

nimb
nimb
Ncell 2
Ncell 2
पूर्व सभामुख कृष्णबहादुर महरा। बलात्कार आरोप लागेका उनले हाल सफाइ पाइसकेका छन्। 

उनको सभामुख पद त खुस्क्यो नै सँगै उनको राजनीतिक भविष्य पनि सकिएको कतिपयले अड्कलबाजी गर्न थालिसकेका छन्।

जिउँदै मान्छे जलाउने आलमको कारागारयात्रा
पूर्वमन्त्रीसमेत रहेका रौतहटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली कांग्रेसका नेता मोहमद अफताब आलम २०६४ चैत २७ गते बम विष्फोटमा घाइते भएका २ नेपालीसमेत करिब २ दर्जन युवालाई जिउँदै इँटाभट्टामा जलाएर मारेको अभियोगमा गत असोज २६ गते पक्राउ परे।

1140x725

चुनावको बेला प्रतिस्पर्धीलाई तर्साउन बम पड्काउने भन्दै रौतहटका केही युवालाई बम बनाउन उनले लगाएका थिए। सोहि क्रममा बम पड्केर रौतहट, चारुअठाका त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको मृत्यु भएको थियो। त्यसपछि पोल खुल्ने डरले उनले करिब एक दर्जन मानिसलाई इँटा भट्टामा जलाएर मारेको आरोप थियो।

वर्षौ पूरानो उक्त मुद्दाको फाइल गुपचप नै राखिएको थियो। तर, २०७६ सालमा भने उक्त फाइल लुक्ने सकेन अन्ततः उनी पक्राउ परे। आलमविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विष्फाेटन पदार्थ गरी तीन वटा कसुरमा मुद्दा चलायो। आलमलाई ४५ वर्ष कैद सजायको माग सरकारी वकिलको कार्यालय, रौतहटले गरेको थियो।

आलमलाई त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको हत्या अभियोगमा २५ वर्ष, सर्लाहीका सफी अहमदलाई बम विष्फोटन गराई घाइते भएको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा १० वर्ष र विष्फोटक पदार्थसम्बन्धी मुद्दामा १० वर्ष गरी ४५ वर्ष कैद सजाय हुनुपर्ने जिकिर  आरोपपत्रमा गरिएको थियो।

अन्ततः जिल्ला अदालत रौतहटले गत कार्तिक १९ गते आलमलाई पुर्पक्षका लागि कारागार चलान गर्ने निर्णय गर्‍यो। उनी ललितपुरस्थित नख्खु कारागारमा छन्।

घुसमा लिप्त पूर्वसांसद डिबी कार्की फन्दामा
पूर्वसांसद डिबी कार्की पनि यस वर्ष कानुनी दायरामा आए। कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले भदौ १९ गते काठमाडौंको सतुंगलबाट पक्राउ गरेको थियो।

1140x725

गत असार १७ गते विशेष अदालतले भ्रष्टाचार मुद्दामा ६ महिना कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएपछि फरार भएका कार्की अन्नत कानूनी कठघरामा उभिए। कार्कीले एक व्यक्तिलाई इन्सपेक्टर बनाइदिन्छु भन्दै २०६७ साल भदौमा ४ लाख रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका थिए। कार्की लमजुङबाट तत्कालिन नेकपा एमालेका समानुपातिक सांसदसमेत बनेका थिए।

पूर्वसांसदमाथि यौन दुर्व्यवहारकाे आरोप
सार्वजनिक यातायातमा युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसांसद योगेन्द्र घिसिङ भदौ २३ गते ललितपुरबाट पक्राउ परे। कलेज पढ्न हिँडेकी एक युवतीलाई सांसद घिसिङले बसभित्रै यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो।

कलेज पढ्ने किशोरीलाई दुर्व्यवहार ...

तर, प्रहरीले उनलाई अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय ललितपुरबाट ७ दिनको म्याद लिएर अनुसन्धान गर्‍यो। अन्ततः उनी ७ दिनको हिरासत बसाईपछि ५ हजार धरौटीमा रिहा भए।

घिसिङ पूर्व माओवादी केन्द्रबाट ललितपुरबाट समानुपातिकमा सांसद भएका थिए।

गायिका राउत पुगिन् प्रहरी हिरासत
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी जवान रमिता श्रेष्ठ र गायिका आस्था राउतबीच विवाद भयो। त्यसपछि गायिका राउतले उनीसहित सिंगो प्रहरी संगठनलाई नै गाली गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत् लाइभ गरिन्।

आफूमाथि अभद्र व्यवहार भएको भन्दै जवान श्रेष्ठले गायिका राउतविरुद्ध अभद्र व्यवहारमा उजुरी दिइन्। जिल्ला प्रशासन कार्यालयले पक्राउको अनुमति दिएपछि माघ १३ गते गायिका राउत प्रहरी नियन्त्रणमा पुगिन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले १३ गते ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दियो। त्यसरात उनले त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमै बिताइन्। माघ १४ गते प्रशासनले ४ हजार रुपैयाँ धरौटीमा उनलाई रिहा गर्न आदेश दियो। राउतले आफ्नो गल्ती स्वीकार्दै प्रहरी साच्चीकै नागरिकको साथी रहेछ भन्दै प्रशंसा गरिन्।

1140x725

पूर्वअर्थ राज्यमन्त्री रुप ज्योतिको हिरासत यात्रा
यस वर्ष पक्राउ पर्ने अर्का भिआइजी व्यक्ति हुन् पूर्वअर्थ राज्यमन्त्री तथा उद्योगपति रुप ज्योति। ज्योति र उनकी छोरी सुरुची कार्तिक २१ गते साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।

ल्याडमार्क हाउजिङका नाममा विभिन्न व्यक्तिलाई ठगी गरेको मुद्दामा काठमाठौं जिल्ला अदालतले २०७५ मंसिर २० मा पक्राउ गर्न अनुमति दिएको थियो। तर त्यसविरुद्ध ज्योति सर्वोच्च पुगेका थिए।

1140x725
सादा पोसाकका प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएपछि व्यापारी रूप ज्योति

त्यसको करिब १ वर्षपछि सर्वोच्चले ज्योतिको विपक्षमा फैसला सुनाएपछि उनी पक्राउ परे। जिल्ला अदाललते पहिलो पटक ३ र दोस्रो पटक पाँच दिन मुद्दाको अनुसन्धानका लागि समय दिएको थियो।  ८ दिन प्रहरी हिरासतमा बसेपछि ज्योति रिहा भएका थिए।

विज्ञेन्द्रलाल मल्लले आफूले हाउजिङमा घर खरिदका लागि दिएको १ करोड बराबरको रकम पाएको भन्दै निवेदन दिएपछी उनी रिहा भएका थिए।

गृहमन्त्रीका भाइ नै कारागारमा
गल्ती गर्नेलाई नछाड्ने उद्घोष गरेका गृहमन्त्री रामबहादुर थापाले अन्ततः आफ्ना भाइलाई समेत छाडेनन्। मन्त्री थापाका भाइ नरेश थापा फागुन १९ गतेदेखि डिल्लीबजार कारागारमा छन्।

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २०७४ असोज १३ गते गोली हानी हत्यामा संलग्न भएको आरोपमा कारागार परेका समीरमान बस्नेतको समूहसँग नरेशको संलग्नता देखिएपछि उनी पक्राउ परेका थिए।

गृहमन्त्री रामबहादुर थापा 'बादल' का भाइ नरेश थापा। हाल उनी डिल्लीबजार कारागारमा कैदी जीवन यापन गरिरहेका छन्।

नरेशसहितका व्यक्तिले समीरमानसँगको मिलेमतोमा व्यवसायीलाई धम्क्याएर पैसा उठाउन खोजिएको आरोप लागेको छ। सिआइबीले पक्राउ गरेपछि गत असोज १ गते १ लाख रुपैयाँ धरौटीमा हिरा भएका नरेशलाई उच्च अदालत पाटनले जिल्लाको आदेश उल्ट्याउँदै माघ २३ गते थुनामा राख्न आदेश दियाे।

उच्चले थुनामा राख्ने आदेश दिएको एक महिनापछि फागुन १९ गतेदेखि उनी डिल्लीबजार कारागारमा कारागार जीवन बिताइरहेका छन्।

आवेगमा विवेक गुमाउँदा हिरासतमा सांसद प्रमोद साह
जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टर तोडफोडमा उत्रिएपछि राजपा नेपालका प्रतिनिधिसभा सदस्य प्रमोद साह गत असोज २८ मा पक्राउ परे।

नागरिक उड्यन प्राधिकरण जनकपुरले सांसद साहमाथि गैरसैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत तोडफोड मुद्दा जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराएपछि प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको थियो। त्यसपछि धनुषा पुर्‍याइएका उनी ५ दिनको हिरासत बसाईपछि कार्तिक १ गते साधारण तारेखमा रिहा भए।

सांसद अक्कलबहादुर रावलको हिरासत यात्रा
सुदूरपश्चिम प्रदेशसभाका सांसद अक्कलबहादुर रावल पनि गत वर्ष केही दिन हिरासतमा बस्नु पुर्‍यो। रावलविरुद्ध धनगढीकी एक महिलाले बलात्कार प्रयासमा गत फागुन १५ मा जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी हालेकी थिइन्।

1140x725

त्यसपछि उनले फागुन २१ गते प्रहरीसमक्ष आत्मसर्मपण गरेका थिए। जिल्ला अदालत कैलालीले ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि रावल चैत ११ गते रिहा भएका थिए।

प्रदेश सांसद मनांगे पनि पुगे हिरासत
गत वर्ष पक्राउ पर्ने अर्का भिआइपी व्यक्ति हन् गण्डकी प्रदेशका सांसद राजीब गुरुङ उर्फ दीपक मनाङे। उनी पनि गत वर्ष केही दिन भए पनि कास्की प्रहरीको हिरासतमा बसेर छुटे।

1140x725

कास्की एन्फा अध्यक्ष मिलन गुरुङले आफूमाथि हातपात गरेको भन्दै उनीविरुद्ध उजुरी दिएका थिए। त्यसपछि माघ ९ गते पोखराको लेकसाइडबाट उनी पक्राउ परेका थिए। तीन दिनको हिरासत बसाईपछि उनी माघ १२ गते ६ हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए।

राष्ट्रपतिसम्मलाई प्रभावमा पार्ने सिद्धबाबा कारागार चलान
मन्त्री, प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म निकट रहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी कारागार चलान हुने अर्का भिआइपी व्यक्ति हुन्।  

एक अनुयायी महिलालाई बालात्कार गरेको आरोप लागेपछि गत मंसिर १३ गते सुनसरीबाट गिरी पक्राउ परेका थिए। त्यसपछि बिरामी भएको नाटक गर्दै उनी अस्पतालकै आइसियूमा बसे। 

1140x725

जिल्ला अदालत सुनसरीले पुस १४ गते तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। सुनसरी अदालतको उक्त आदेशविरुद्ध पीडित महिला उच्च अदालत विराटनगर पुगेकी थिइन्।

उच्च अदालतले माघ ९ गते सिद्धबाबालाई थुनामै राख्न आदेश दिएको थियो। त्यसलगत्तै उनी फरार भएका थिए। फागुन २० गते आत्मसर्पण गर्दै अदालत उपस्थित भएका उनी कारागार चलान भएका छन्।

प्रधानमन्त्रीका एडिसी नै पक्राउ
२०७६ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीका सुरक्षा अधिकृत (एडिसी) तथा नेपाली सेनाका मेजर राजेन्द्र शाही पनि प्रहरी हिरासत पुगे। कार्तिक १५ गते सामाखुसीस्थित जुवा खालबाट पक्राउ परेका शाहीलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा राखेर अनुसन्धान गरिएको थियो।

जुवा एनेमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिएर केही दिन हिरासतसमेत बसेका शाही २० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए।

निलो प्लेटमा कालो धन्दा, सुलभ अग्रवाल पक्राउ
शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक एवं नेपालका लागि किर्गिस्तानका अवैतनिक दूत सुलभ अग्रवालसमेत प्रहरी हिरासतमा पुगे। ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा उनी चैत २५ गते नक्सालबाट पक्राउ परे।

पाँच हजार रुपैयाँ पनि नपर्ने ज्वरो नाप्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्न लाग्दा उनी प्रहरी हिरासतमा पुगेका हुन्। 

1140x725

उनको गाडीबाट ६७ वटा थर्मल गनसमेत बरामद भएको थियो। कूटनीतिक नियोगको सवारी साधन २०९ एचसिसी १ नम्बरको गाडीमा थर्मल गन बोकेर महँगोमा बेच्दै हिँडेको अवस्थामा पक्राउ परेका उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ७ दिनको म्याद थप भएर अनुसन्धान भइरहेको छ। 

त्यसैगरी गत वर्ष नै मिटर ब्याजी श्याम परदेशी, रामबाबु राय जस्ता व्यक्ति पनि कानुनी दायरामा आए भने भिआइपी जुवाडेहरुको तिहार पनि गत वर्ष हिरासतमै बित्यो।

जुवाडेहरु बलराम सापकोटा बले, ठकेदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेष्टीका सञ्चालक पवित्राकुमार कार्कीलगायत केही समय हिरासत बसेर धरौटीमा रिहा भए। उनीहरुको साथबाट प्रहरीले झण्डै तीन करोड रुपैयाँ बरामद गरेको थियो।

प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७  १८:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
बाढी प्रभावितको उद्धार, खोज र राहतमा सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको आग्रह बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
रसुवा बाढीपीडितका लागि एनआरएनएको तत्काल ५ करोड सहयोग, चिकित्सक टोली परिचालन गरिने बुधबार, भदौ १०, २०८३
रसुवा बाढी प्रभावितका लागि राहत कोषमा सहयोग गर्न सरकारको अपिल बुधबार, भदौ १०, २०८३
प्रधानमन्त्रीले भने– ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न, राज्य तपाईंहरुको साथमा छ’ बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्