कलैया- बाराको कलैया उपमहानगरपालिका वडा नं २४ श्रीपुरस्थित रिलाइन्स सुगरमिलमा उखुको तातो रस बग्ने ट्याङ्की फुट्दा तातो रस जिउमा खसेर एक जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।
आज बिहान सो ट्याङ्की अचानक फुट्दा ठेगाना नखुलेका भारतीय कामदार अन्दाजी ४५ वर्षीय राम स्नेहीको मृत्यु भएको बारा प्रहरीले जनाएको छ। गम्भीर घाइते स्नेहीको कलैया अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भुनेश्वर साहले जानकारी दिए।
घाइतेमध्ये रमेश यादवको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ। घाइतेलाई कलैयामा उपचार हुन नसकी थप उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि पठाइएको छ। मिल सुरक्षाकर्मीले घेरा हाली थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।