• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

संकटको बेला ‘मिनी संसद’ प्रभावकारी हुन सक्दैन?

64x64
लिलु डुम्रे आइतबार, चैत ३०, २०७६  ११:०९
1140x725
फाइल फोटो- शिक्षा तथा स्वास्थ्य समिति

काठमाडौं– कोरोना भाइरसबाट सिर्जित संकटको समयमा संसदीय समितिहरुको प्रभावकारिता बढ्नुपर्नेमा सांसदहरुले जोड दिएका छन्।

संसद बैठक बस्न नसक्दा सरकारको अनुगमन/ निगरानी र कतिपय सन्दर्भमा निर्देशन दिने अवस्था अहिले छैन। भौतिक रुपमै संसदीय समितिको बैठक बस्न नसक्ने हुनाले प्रविधिको सहायताले ‘भर्चुअल बैठक’ बस्न सकिने बारे विमर्श चलिरहेको छ।

भिडिओ संवाद मार्फत बैठक बस्ने अभ्यास नेपालका लागि नयाँ भए पनि अन्तर्राष्ट्रिय स्तरमा लागू भइसकेको छ। कतिपय देशमा गरिएको यस्तो प्रयोग नेपालमा पनि अपनाउन केही सांसदहरुले पहल समेत गरेका छन्।

प्राविधिक रुपमा सम्भव हुने भए पनि ‘भर्चुअल बैठक’को नेपालका लागि नितान्त नौलो हो। त्यसैले बैठक सञ्चालनका कतिपय विद्यमान व्यवस्थाहरुका कारण यसको वैधानिकताको प्रश्न भने उठ्न सक्छ।

महासंकटको वर्तमान अवस्थामा विषयगत समितिमा मुख्यत अर्थ र शिक्षा तथा स्वास्थ्य समिति प्रत्यक्ष सरोकार राख्ने समिति हुन्। कोरोनाका कारण अर्थ मन्त्रालयले बजेटको तयारी गर्न पाएको छैन। संसदीय समितिको बैठक हुन नसक्दा समितिले मन्त्रालयलाई निर्देशन गर्न सकेको छैन। अर्कोतिर प्रमुख समस्या रही आएको स्वास्थ्यसँग जोडिएका विषयमा शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देशन गर्नुपर्ने समय हो। ती विषयगत समितिमा रहेका सीमित सांसदले भिडिओ बैठकको पहल गरेका छन्।

क्याबिनेट बैठक, प्रधानमन्त्री र मुख्यमन्त्रीको बैठक भिडिओ संवाद मार्फत हुने, विभिन्न दलका नेताहरुले विज्ञसँग दिनहुँ जसो भिडिओ संवाद गरिरहेको अवस्थामा संसदीय समितिको बैठक पनि सञ्चालन गर्न सकिने कतिपय सांसदहरु बताउँछन्।

समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई र कांग्रेस नेता गगन थापाले संसदीय समितिको भिडिओ वार्ता गर्ने प्रस्ताव अघि सारेका छन्। 

संकटका बेला संसद बस्न नसकेको अवस्थामा विषयगत समितिको बैठक प्रभावकारी हुने कांग्रेस सांसद गगन थापाको जोड छ।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसो त अहिले मिनी संसदको भर्चुअल बैठकदेखि भर्चुअल समितिको बैठकसम्म बहसमा छन्। अहिले उच्च स्तरीय राजनीतिक समिति गठनको पनि चर्चा चलेको छ।

सर्वदलीय संरचना बनाउने पनि संसदकै बलमा हो। सरकारलाई संसदप्रति उत्तरदायी बनाउन संसदबाट सर्वदलीय समिति बनेका समेत छन्। पेट्रोलियम पदार्थको मुल्यवृद्धि हुँदा तथा कुमार पौडेलको हत्याको सन्दर्भमा समेत सर्वदलीय समिति बनेको उदाहरण छन्। उक्त समिति संसदप्रति जवाफदेही हुने गर्छ। संसद हाल स्थगित छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहसमा ल्याएको उच्च स्तरीय राजनीतिक समिति गठन नहुँदै विवादमा परेको छ। त्यसमा अन्य दल र नेताभन्दा पनि नेकपाका पूर्व एमाले र पूर्व माओवादी नै कटाक्ष गरिरहेका छन्। प्रधानमन्त्री केपी ओली स्वयंले यसलाई इन्कार गरिसकेका छन्।
  
प्रचण्डले सबै दल सम्मिलित संरचना बनाउने प्रस्ताव गरेका थिए। संरचनाको नेतृत्व प्रधानमन्त्रीले नै गर्ने उनको प्रस्ताव थियो। चार दिनअघि उनले भनेका थिए, ‘प्रधानमन्त्री नेतृत्वमा प्रमुख प्रतिपक्ष दल र अन्य दलका नेता हुने सहितको उच्चस्तरीय बन्नुपर्छ। प्रधानमन्त्रीकै हुन्छ। अरुको नेतृत्व भएर हुँदैन।’

प्रचण्ड थप के विषयमा ढुक्क थिए भने उनले राखेको प्रस्ताव प्रधानमन्त्रीले काट्दैनन्। उनले भनेका थिए, ‘प्रधानमन्त्रीले उच्चस्तरीय संयन्त्र बनाउने मेरो कुरा काट्नुहुन्न।’

प्रधानमन्त्री सहित पूर्व एमाले पक्षका नेताहरुले उक्त प्रस्ताव इन्कार गरे। प्रचण्डको प्रस्तावलाई पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले समर्थन जनाएका छन्। 

वर्तमान राष्ट्रिय संकटको सन्दर्भमा प्रमुख बिपक्षी दल लगायत सबै राजनीतिक सामाजिक शक्तिहरुसँग सरकारले समन्वय गर्नु आवश्यक हुने श्रेष्ठको भनाई छ। सुझाब लिन र निर्णयहरुको औपचारिक जानकारी लिन उच्चस्तरीय समन्वय समितिको आवश्यकता उनले औंल्याएका छन्। श्रेष्ठले विपत ऐन २०७४ को व्यवस्था समेत स्मरण गराएका छन्। प्रधानमन्त्रीको अध्यक्षताको राष्ट्रिय परिषदमा विपक्षी दलको नेता र मुख्यमन्त्रीहरुको समेत प्रतिनिधित्व रहने व्यवस्था समेत ट्विटर मार्फत उल्लेख गरेका छन्। विपतकै बेलामा संयन्त्रहरुको आवश्यकता रहने उनको बुझाई छ।

सत्तारुढ दल भित्रै एकमत नभएको विषयलाई कांग्रेसले समेत वेवास्ता गरेको छ। नेकपा अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग उक्त प्रस्ताव नै नल्याएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको दाबी छ। शर्माले भने, ‘पस्किँदै नपस्केको खानाको स्वाद र खाने/नखाने भन्नुको अर्थ नै भएन नि।’

वर्तमान संकटको समयमा अग्रभागमा रहेर काम गर्ने भूमिका चिकित्सकहरुको छ। त्यसलाई सहजीकरण गर्ने मुख्य दायित्व सरकारको हो। सरकारको कदमलाई प्रमुख प्रतिपक्ष दलले साथ दिने हो। प्रवक्ता शर्मा भन्छन्, ‘दुईटा हातले ताली बज्छ। एउटा हात सरकार हो। अर्को हात प्रतिपक्षको हो।’

कोरोना भाइरस विरुद्ध लड्ने नेतृत्व चिकित्सकै हुने प्रतिपक्षको ठहर छ। त्यसका लागि सरकार र प्रतिपक्षले हरसम्भव सघाउनुपर्ने उनले बताए। कोरोना रोकथाम र नियन्त्रणका लागि उच्चस्तरीय संयन्त्रको आवश्यकता नरहेको तर्क राख्दै प्रवक्ता शर्माले नेपाल लाइभसँग भन्छन्, ‘फ्रन्टलाइनमा एक नम्बरमा चिकित्सक हुन्छन्। दोश्रो नम्बरमा सुरक्षाकर्मी हुन्छन्। तेश्रो लाइनमा सञ्चारकर्मी हुन्छन्। त्यसपछि सरकारसँगै प्रतिपक्ष पनि हुन्छ।’

प्रचण्डले कहि ‘भन्नु भयो अरे’ कै आधारमा प्रतिपक्ष दलले धारणा नबनाउने उनले दोहोर्‍याए। संसद स्थगित रहेको अवस्थामा संसदीय प्रणालीबाटै अन्य विकल्पको खोजी गर्ने दायित्व सरकारकै भएको उनले उल्लेख गरे। संसदीय समितिलाई प्रभावकारी बनाउन छलफल परामर्श हुन सक्ने कांग्रेसको जनाएको छ। प्रवक्ता शर्माले कांग्रेसको दायित्व बारे भने, ‘अहिले हामी कमजोरी औंल्याउने, सरकारलाई सघाउनैमै छौं। हाम्रो दायित्व निर्वाह गरेका छौं। सरकारले आफ्नो काम गरोस्।’

कांग्रेस सांसद थापा उच्च राजनीतिक संयन्त्रको औचित्य नै देख्दैनन्।

संसदीय समितिको क्रियाशिलता बढाउन उनको जोड छ। अमुक संयन्त्र हैन सक्रिय समिति आवश्यक रहेको उनले बताए। संसद बस्न नसकेको अवस्थामा संसदीय समितिको बैठक बस्नुपर्ने उनको धारणा छ। बैठक भिडिओ संवाद मार्फत गर्न उनले सुझाएका छन्। ‘भर्चुअल संसद बैठक’ बस्न नसके पनि ‘भर्चुअल समिति बैठक’ संभव छ’, उनी ट्विटरमा लेख्छन्, ‘संसद बैठक नभएको बेला ’मिनी संसद’को क्रियाशीलता झनै अपेक्षित हुन्छ।’

समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले संसदीय समितिको बैठकको परीक्षण समेत गरिसकेका छन्। अर्थ समितिको सभापति कृष्णप्रसाद दाहालसँग भिडिओ बैठक समेत गरेका छन्। कोरोना भाइरसको महामारीको सन्दर्भमा राज्यले लिनुपर्ने तत्कालीन राहतको नीति र आगामी बजेटको तयारीका लागि उनले सभापतिसँग भिडिओ संवाद गरेका हुन्। भिडिओ संवादमा समितिका अन्य सांसद सहितको परामर्श बैठक बसेको हो। अनलाइन बैठकको वैधानिकता र विधिवारे सभामुख लगायतसँग सभापतिले परामर्श गरेर अघि बढ्ने तय समेत भएको छ।

भट्टराइको कार्यमा सहि थाप्दै कांग्रेस सांसद थापाले आफू संलग्न शिक्षा तथा स्वास्थ्य समितिका सभापतिसँग ‘भर्चुअल बैठक’ डाक्न आग्रह गरेका छन्। समिति सभापति जयपुरी घर्तिले आफ्नो सुझाव सकरात्मक रुपमा लिएको थापाले बताए।

प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६  ११:०९
  • #संसद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बालेन अमेरिका जान लागेका हुन् ? बिहीबार, भदौ १८, २०८३
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध बिहीबार, भदौ १८, २०८३
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक बिहीबार, भदौ १८, २०८३
लिखतसम्बन्धी कसुरमा अध्यागमनका तत्कालीन कम्युटर अपरेटर पक्राउ बिहीबार, भदौ १८, २०८३
लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्