• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १, २०८३ Mon, Aug 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

काेराेनाले इन्जिन बनाउनेहरूलाई मास्क र भेन्टिलेटर तिर धकेल्यो

64x64
नेपाल लाइभ शनिबार, चैत २९, २०७६  १६:१०
1140x725

काठमाडौं- यसलाई लकडाउनको रूपान्तरण भनौं वा लकडाउन निम्त्याएकाे काेराेना भाइरस (कोभिड- १९)ले सिर्जना गरेकाे परिस्थित। पिस्टन र बेरिङ बनाउने कम्पनीहरू लकडाउनकाे समयमा पनि अहिले धमाधम फाइबर ग्लास प्रोटेक्टिभ मास्क बनाइ रहेका छन्। अर्कोतर्फ हर्सपावर र क्युविक क्यापासिटी (सिसी)को बारेमा मन्थन गर्ने कम्पनीहरू जीवन-मरणको दोसाँधमा पुगेका मानिसलाई कृतिम स्वास दिन चाहिने भेन्टिलेटर बनाउन पुगेका छन्।

चीनबाट सन् २०१९ को अन्त्यमा उत्पत्ति भएको कोरोना भाइरसले १ लाखभन्दा बढीको ज्यानमात्र लिएन संसारकै दैनिकी बदलिदियो। कोरोनाको औषधि पत्ता लागि सकेको छैन। त्यसैले यसको नियन्त्रणका लागि मानिसहरू घरमै बस्नुको बिकल्प छैन।

खाद्यान्न, औषधिलगायत केही अत्यावश्यक वस्तुबाहेक अन्य कुराको उत्पादन तथा खपत दुवै ठप्प छ। यस्तो अवस्थामा कार उत्पादक कम्पनीहरूसमेत बन्द थिए। तर, कोरोनाका बिरामी बढ्दै गएसँगै संसारका अधिकांश देशले आफ्नो देशका कार उत्पादकलाई सहयोग गर्न अपिल गरे।

कार उत्पादक कम्पनीहरूलाई मास्क, भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री बनाउन भनियो र उनीहरूले अहिले उत्पादन गरिरहेका छन्। नियमित रूपमा भेन्टिलेटर बनाउने कम्पनीले बनाउन नभ्याउने भएर कार उत्पादकलाई बनाउन भनिएको हो। कार उत्पादकहरूलाई सम्बन्धित देशको स्वास्थ्य निकायबाट गुणस्तर प्रमाणित गराइ भेन्टिलेटर बनाउन गलाइएको छ।

अमेरिका, बेलायत, फ्रान्स, इटाली, भारतलगायत मुलुकले कार उत्पादकलाई भेन्टिलेटर बनाउन भनेका हुन्। भारतमा रहेको फोर्डले आफ्नो फ्याक्ट्री खोलेर ग्लास भाइजर बनाइ रहेको छ भने महिन्द्रा र एमजीले भेन्टिलेटर बनाइ रहेका छन्। दुईपाङ्ग्रे सवारी उत्पादक टिभिएसले मास्क उत्पादन गरिरहेको छ।

यसैगरी मोटोनले मेडिकल सामग्रीहरूको उत्पादनमा आवश्यकपर्ने वस्तु बनाइ रहेको छ।

भारतमा रहेका सवारी उत्पादकहरुले अहिले कोरोना भाइरसका बिरामीको उपचारमा आवश्यपर्ने सामानहरू बनाइरहेका छन्। कोरोना संक्रमणको दर बढ्दै गएकाले यस्ता सामग्रीको माग अत्यधिक हुन्छ। चेन्नईमा रहेका सवारी उत्पादकसँग त्यहाँको स्वास्थ्य संस्थाले समन्वय गरिरहेको छ।

ती कार उत्पादकलाई तामिलनाडू सरकारले मे-जुनमा २ हजार भेन्टिलेटर बनाइदिन भनेको छ। मे महिनाभरिमा कम्तिमा १ हजार भेन्टिलेटर बनाउन भनिएको छ। कोरोना भाइरसविरूद्ध लड्न आवश्यक सामग्री बनाउन राज्य सरकारले कार उत्पादकलाई आव्हान गरेको हो।

nimb
nimb
Ncell 2
Ncell 2

भारतभर रहेका सवारी उत्पादकहरू कच्चा पदार्थ, इन्जिनियर सहितका कामदारलाई उपस्थित गराएर भेन्टिलेटर तथा स्वास्थ्य सामग्री उत्पादनमा जुटेका छन्। टिभलएस मोटरले आफ्नो सामाजिक काम गर्ने संस्था श्रीनिभासन सर्भिस ट्रस्टमार्फत् १० लाख मास्क बनाइ रहेको छ। यो तामिलनाडूका लागि मात्र हो भने अन्यत्र पनि यसैगरी उत्पादन गरिरहेको छ।

त्यस्तै महिन्द्रा, टाटा मोटर्स, मारूती सुजुकी पनि भेन्टिलेटर उत्पादनमा केन्द्रित भएका छन्। महिन्द्राले सस्तो मूल्यमा आइसियू भेन्टिलेटर बनाइ रहेको छ। सामान्तया ५ देखि १० लाख भारतीय रुपैयाँसम्म पर्ने त्यस्ता भेन्टिलेटर महिन्द्राले ७ हजार ५ सयभन्दा बढी सस्तोमा उत्पादन गर्दैछ।

भारतको सबैभन्दा ठूलो कार उत्पादक मारूती सुजुकीले मासिक १० हजार भेन्टिलेटर उत्पादन गर्ने यसअघि नै बताएको थियो। भारत सरकारको आग्रहमा कम्पनीले उक्त संख्यामा भेन्टिलेटर बनाउन लागेको हो।

मारूती सुजुकीले भेन्टिलेटरसँगै मास्क तथा अन्य प्रोटेक्टिभ इक्युपमेन्टसमेत उत्पादन गर्ने छ। हाल मारूती सुजुकीलगायत सबैजसो सवारी उत्पादक कम्पनीले कोरोनाका कारण सवारी उत्पादन स्थगित गरेका छन्।

मारूती सुजुकीले भेन्टिलेटर उत्पादनका लागि एजभा हेल्थलेयरसँग समन्वय गरेको छ। एजभाले नियमित रूपमा भेन्टिलेटर उत्पादन गर्दै आएको छ। मारूती र एजभा हेल्थकेयरले संयुक्त रुपमा काम गरे छोटो समयमा ठूलो संख्यामा भेन्टिलेटर उत्पादन हुनेछ। 

साथै बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कार उत्पादकहरूलाई तत्काल भेन्टिलेटर बनाउन गत महिना नै निर्देशक दिएका थिए।

प्रकाशित मिति: शनिबार, चैत २९, २०७६  १६:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
प्रसाईं नेतृत्वको अभियानसँग सरकारको औपचारिक संवाद सुरु, चार सदस्यीय वार्ता टोली गठन सोमबार, भदौ १, २०८३
रिहा भएपछि किशोर श्रेष्ठले भने– ‘म हारेको छैन, नमरेसम्म देखेका कुरा लेखिरहन्छु’ सोमबार, भदौ १, २०८३
निश्चित व्यक्ति केन्द्रित बन्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारी नियुक्ति कार्यविधि सोमबार, भदौ १, २०८३
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश सोमबार, भदौ १, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
भ्रमणमा गएका मन्त्री शुनिल लम्साललाई के भएको हो? हेलिकप्टरबाट ल्याइँदै आइतबार, साउन ३१, २०८३
निर्णय सुनाउने बेला निधि र महतबीच भयो धकेलाधकेल आइतबार, साउन ३१, २०८३
यस्ता छन् कांग्रेस इतर समूहको राष्ट्रिय भेलाका ५ निर्णय आइतबार, साउन ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्