• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत २८, २०८२ Sat, Apr 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

त्यसैले धन्यवादको पात्र बनिन् नेपालगञ्जकी उपमेयर उमा

64x64
लिलु डुम्रे शुक्रबार, चैत २८, २०७६  १५:३१
1140x725

काठमाडौं- काम गर्न कार्यकारी पदभन्दा पनि क्रियाशिलता आवश्यक हुन्छ। कोभिड-१९ को महासंकटमा नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले यसलाई प्रमाणित गरिदिएकी छिन्। उनले असहज परिस्थितिमा एक जनप्रतिनिधिको भूमिकाबाट समस्यामा परेका नागरिकले ठूलो राहत पाउन सक्छन् भन्ने उदाहरण पस्केकी छिन्। 

थापाको सक्रियताबाट परदेशमा अलपत्र परेका नेपाली आफ्नै भूमिमा क्वारेन्टाइन बस्न पएका छन्। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा थापाको सक्रियता र सुझबुझको सह्राना गर्न थालिएको छ। उनले स्थानीय स्तरका राज्यका सबै अंगलाई परिचालन गरेर संकटको बेलामा संघीय सरकारको मुख मात्रै ताक्न हुँदैन भन्ने उदाहरण प्रस्तुत गरेकी छन्। ‘क्राइसिस म्यानेजमेन्ट’मा रुचि राख्ने थापा पदले उपप्रमुख भएपनि संकटको बेलाका सारथी बन्ने मामलामा नगर प्रमुख भन्दा अब्बल देखिएकी छिन्।

एक्लो प्रयासमा १८१ जनाको उद्धार
चैत ११ गते सरकारले लकडाउनको घोषणा गर्‍यो। त्यससँगै सरकारले आफू रहेकै देशमा सुरक्षित बस्न नागरिकलाई आग्रह गरेको थियो। नेपालमा लकडाउन सुरु भइसकेपछि रुपैडिया नाकाबाट स्वदेश फर्कनेको लर्को लाग्यो। दुई देशका सीमानाका बन्द गर्ने नेपाल र भारतबीच सहमति भइसकेको थियो। भारतीय पक्षले चलाखीपूर्ण व्यवहार प्रर्दशन गर्‍यो। मुख्य नाकाबाट प्रवेश नदिएर भित्री नाकाबाट नेपाल पठाउन भारतीय पक्षले सघाउन थाल्यो।

कार्यस्थलमा उमा। 

सहायक नाका जुन अवैध नाकाका रुपमा परिचित छन्, त्यहाँबाट ट्रयाक्टरमा हालेर रातिको समय नेपाल पुर्‍याइयो। सीमाको जिम्मेवारी लिएको सशस्त्र प्रहरीले नेपाल प्रवेश गरेका सबैलाई एकत्रित गर्‍यो। १८१ जना नागरिक जमुनाह नाकामा आएर आफ्नो देश प्रवेश गर्न नपाएपछि नाराबाजीमा उत्रिए। मध्य चैतमा सीमामा चार दिन अलपत्र परे। 

उनीहरुले भारत नफकर्ने अड्डि कसे। उनीहरूको अडान थियो, ‘मर्न परे नेपाली भूमिमै मर्छौं। भारत फर्कन्नौं।’ सीमामा पुगेका नेपालीलाई फर्काउनका लागि भारतीय पक्ष समेत आइसकेको थियो। दुई देशका सरकारबीच भएको सहमति अनुरुप भारततर्फै फर्काउने तयारी थियो। भारतीय पक्षको प्रस्ताव अस्वीकार गरी सीमामा आएकाहरु आन्दोलनमा उत्रिए। भोक हड्ताल नै गर्न थाले। उनीहरुलाई नेपाल भित्रै ल्याएर क्वारेन्टाइनमा राख्न नेपालगन्ज उपमहानगरलाई चुनौती पनि थियो। नेपालीहरूको त्यो अडान र देशप्रतिको प्रेमले उपमेयर मगरलाई नेपालका अन्य निकायसँग कुरा गरेर देशभित्रै व्यवस्था गर्ने सोच आयो। 

अलपत्र परेका नेपालीलाई स्वदेश भित्र्याउने पहलको अगुवाई गर्ने हिम्मत जुटाइन्। पहल त गर्ने तर समन्वय र सहकार्यको अभाव थियो। बाँकेका सिडिओ कुमारबहादुर खड्कालाई बैठक बोलाउन आग्रह गरिन्। सीमामा रहेका नेपालीको समस्या समाधान गर्ने गरी सर्वपक्षीय बैठक बस्यो। उद्धार गरेर कहाँ राख्ने र अन्य जिल्लाका नागरिकलाई कसरी पठाउने भन्ने विषयमा छलफल भयो। 

नगरपालिकाको पहलमा भारतबाट नेपालीको उद्धारका लागि गएको बस। 

प्रवेश गराएपछिको सबै जिम्मेवारी आफूले लिनेमा उनले सिडिओलाई ढुक्क बनाइन्। थापाले दबाब बढाउँदै लगेपछि सिडिओ उद्धार गर्न तयार भए। स्थानीय तहमा भएको प्रयास र प्रतिबद्धतालाई संघीय सरकारले बुझ्ने अवस्था थिएन। प्रधानमन्त्री र गृह मन्त्रालयबाट नै सीमाबाट छिर्न नदिनू भन्ने निर्देशन पुग्यो। थापाको प्रयासमा ब्रेक लाग्यो।

थापा संघीय राज्यको निर्देशनबाट पछि हटिनन्। नागरिक समाज, अधिकारकर्मी र अन्य सरोकारवालासँग छलफल गरिन्। बैठकबाट सबैको एकमत बन्यो। स्थानीय सरकारले सम्पूर्ण जिम्मेवारी लिएपछि संघीय सरकारले हुन्न भन्न पाउँदैन। संकटमा परेका नेपालीका लागि उनले स्थानीय तहदेखि केन्द्र सरकारसम्म रस्साकस्सी झेल्नुपर्‍यो। 

nimb
nimb
Ncell 2
Ncell 2

नेपाल ल्याइसकेपछिको व्यवस्थापनका लागि उनले नेपाली सेनालाई गुहारिन्। सेनाले उनको आग्रहलाई सकारात्मक रुपमा लियो। उपमहानगर र सेनाको सहकार्यमा प्रवेश गरेका नेपालीलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था भयो। दशगजा नजिक प्रवेश गर्नेहरूका लागि ४१ क्वारेन्टाइनमा बने। सेनाले टेन्ट टाँगेर तत्कालका लागि क्वारेन्टाइन निर्माण गरेको थियो। उनीहरूलाई ओत मात्रै भयो। खानादेखि अन्य सामग्रीका लागि थापाले संस्था र सहयोगी व्यवसायीहरुलाई आग्रह गरिन्। 

कपडाको व्यवस्था रेडक्रसले गरिदियो। थापाले भनिन्, ‘सीमाबाट आएकाहरुका लागि खानादेखि ब्रससम्मको सुविधा उपमहानगर र अन्य सहयोगीबाट सम्भव भयो।’ स्थानीय सरकारको क्षेत्राधिकार नभएकाले नेपालमा ल्याएर राख्न नै चार दिनको लागेको उनले सुनाइन्। यसबीचमा अनेक हन्डर ठक्कर खाएको उनले सुनाइन्, ‘मैले सक्रियता नलिएको भए नेपाल फेरि भारततिर फर्काउने तयारी थियो।’

त्यसअघि नेपाल फर्केका सबैलाई जिल्ला पठाउने तयारीसमेत भएको थियो। गृह मन्त्रालयले घर नपठाउन निर्देशन जारी गर्‍यो। चारदिन अलपत्र नेपालीहरुका लागि केही सहयोगीहरुले सीमामै खाना खाने व्यवस्था गरेका थिए। खाजा, खाना, पानीको सहयोग व्यवसायी र उद्योगीबाट हुने गरेको उनले जानकारी दिइन्। क्वारेन्टाइनमा बसेकाहरुको लागि बाहिरबाट सहयोग नहुने अवस्थामा उपमहानगरले नै व्यवस्था गरेको उनले बताइन्।

तीन तहको सरकारमा स्थानीय सरकारले कतिपय विषयमा सक्रियता र जिम्मेवारी देखाए भने असम्भव पनि सम्भव हुने थापाको बुझाई छ। नेपालगञ्ज उपमहानगरपालिकाको सीमा भारतसँग जोडिएको छ। भारतसँगै जोडिएकाले उपमहानगरको तत्परता आवश्यक थियो पनि। उनले भनिन्, ‘बोर्डरको हरेक समस्या हाम्रो नेपालगञ्ज उपमहानगरको चासोको विषय हो। समाधान गर्ने जिम्मेवारी र दायित्व हो।’  नेपालीले  नेपाल प्रवेश नै नपाउने अवस्था हुन नदिन भावनात्मक सम्बन्धले समेत सक्रियता बढाएको उनले सुनाइन्।

कार्यकारी अधिकार नभएपनि सक्रिय उपमेयर
उनकै सक्रियतामा फागुनको अन्तिम साता कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बाँकेमा टास्क फोर्स बनाइएको थियो। टास्क फोर्समा उनी सदस्य रहेर काम सुरु गरिन्। थापाको क्रियाशिलता बढ्दै जादा मेयर डा धवलशमशेर राणा ओझेल परे।

नेपालगन्जमा मेयर र उपमेयर फरक फरक पार्टीबाट छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा विजयी भएका डा धवल शमशेर राणालाई कार्यकारी अधिकार छ। नेपाली कांग्रेसको तर्फबाट उपमेयर बनेकी थापालाई कार्यकारी भूमिका नहुँदा कतिपय बेलामा खुम्चिनु परेको नमिठो अनुभव पनि छ। तर त्यसलाई बिर्सिएकी छन् यतिबेला। 

विगतमा विपत्तिका समयमा खट्दै आएकी थापालाई ‘क्राइसिस म्यानेजमेन्ट’मा काम गर्न रुचि छ। थापाको रुचिमा मेयरको तादाम्यता कतिपय सन्दर्भमा मिलेको छैन। कार्यकारी भूमिका नभएपनि उनले आफ्नो उपस्थिति कमजोर बनाएकी छैनन्।

आफूले संकट समाधानका लागि काम गर्दा सुरुमा समस्या आएपनि बिस्तारै प्रोत्साहन गर्नेहरूको संख्या पनि बढेको उनले सुनाइन्। ‘संकट समाधानका लागि गरिएको निर्णय थियो,' उनले भनिन्, ‘उपमहानगरले कार्यान्वयन नगर्ने अवस्था आए व्यक्तिगत रुपमा समाधान गर्छु भन्ने सोचेर काम सुरु गरियो।’ नागरिकका पक्षमा भएका खर्च उपमहानगरले नव्यहोर्ने अवस्था आए व्यक्तिगत रुपमा सल्टाउने हिम्मत जुटाएको बताइन्।

उपमहानगरले तयार पारेको क्वारेन्टाइन बेड।

पुरुष हुँदैमा सक्षम र महिला हुनासाथ कमजोर हुने नेपाली मानसिकताबाट माथि उठेको बताउँदै थापा ढुक्कसाथ भनिन्, ‘कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि उपमहानगरले जति कार्य गरेको छ, त्यो धेरैमा मेरो पहल छ। पुरुष भन्दा कुन पक्षमा कमजोर कसैले प्रश्न उठाउन सक्दैनन्।’ यसबीचमा स्थानीयहरुलाई बुझाउन समेत उनलाई हम्मेहम्मे पर्‍यो। कतिले बुझे, कतिले बुझ पचाए।

जिल्लामा अझैपनि नागरिकहरुलाई कोरोना भाइरसको सचेतना फैलाउन नसकिएको स्वीकारिन्। क्वारेन्टाइनका लागि स्थान तय नहुँदासम्म होटललाई बनाउन उनको पहल थियो। होटल सञ्चालकहरुले स्वीकृति जनाएका पनि थिए। तर, होटल वरपरका स्थानीयले विरोध गरिदिए। क्वारेन्टाइनमा बस्ने संक्रमित होइनन् भन्ने समेत जनताले बुझिनसकेको  उनले बताइन्। 

नागरिकले गरेको उक्त व्यवहारलाई उनले तितो अनुभवका रुपमा लिएकी छन्। कतिपय राम्रो सम्वन्ध भएका व्यक्तिसँग समेत ठूलो स्वर गर्न परेको नमिठो अनुभव सुनाइन्। सबै क्षेत्रका व्यक्तिसँग भएको निकटताले अघि बढ्ने क्रम सहज भएको उनको अनुभव छ।

अनुभवको ‘त्रिवेणी’
विपतको बेला उद्धारमा अग्रभागमा रहेको थापाको अनुभव पनि छ। भूकम्पको समयमा उनकै सक्रियता पिडितहरुका लागि राहत संकलन तथा वितरण भएको थियो। हेल्पिङ ह्याण्डस् फ्रम नेपालञ्जको फेसबुक पेजबाट उनले भूकम्पका बेला राहत संकलन गरेकी थिइन्। 

उक्त संस्थाले प्राकृतिक प्रकोपका बेलामा राहत संकलनमा सक्रिय भूमिका देखाउँदै आएको थियो। परोपकारका लागि गठन गरिएको टोलीको संयोजक थापा बनेकी थिइन्। विगतको विपतको समयको स्मरण गर्दै भनिन्, ‘कोसँग कसरी काम गर्ने र क्राइसिस म्यानेजमेन्टमा गर्ने त्यतिबेला देखि नै सिकें।’

उममेयर उमा थापा। 

पूर्व पत्रकारसमेत रहेकी थापाको व्यक्तिगत सम्बन्ध देशभर छ। पार्टी संगठनमा आवद्ध भएकाले चिनचानको दायरा पनि फराकिलो छ। उनी भन्छिन्, ‘उपमेयर मात्रै भएर संकटको बेला नेतृत्व गरेको होइन। विगतको पृष्ठभूमिले पनि साथ दिएको छ।’ 

संकटका बेला नेपाललगञ्जमा ‘लिड’ कसले गर्ने पछिल्लो समय अल्झिएको विषय थियो। त्यसको पूर्ति गर्न थापा नै अघि सरिन्। समन्वयकारीको भूमिका सहित अग्रपङ्तिमा उनी खटिइन्।

थापालाई समाज चिन्न पत्रकारिताले सहज बनाइदिएको हो। राजनीतिले सम्बन्ध विस्तारमा सहयोग पुर्‍यायो। परोपकारी कार्यले उनको छवि थप उज्यालियो।

उपभोग्य वस्तु घरघर
थापाको कार्यले नेपालगन्जमा प्रशंसा बटुलेको अर्को कार्य हो– उपभोग्य सामान घर घरमा डेलिभरी। उपभोक्ता हित संरक्षण समितिको उनी संयोजक समेत हुन्। तरकारी बजारमा किनमेलका लागि हुने भीड हटाउन उनले उक्त कार्य सुरु गरेकी थिइन्। फोनमा तरकारी तथा खाद्यान्नको अर्डर गरेपछि घर घरमा पुर्याउने व्यवस्था गरिएको छ। तोकिएका व्यवसायीलाई बजारमूल्य भन्दा सस्तोमा विक्री गर्नुपर्ने शर्त राखेर स्वीकृति दिइएको छ। ठगी,  कालोबजारी र अखाद्य बस्तुको मिसावटलाई नियन्त्रण गरिएको सुनाइन्। तरकारी बजारको भीड पूर्ण रुपमा हटेको छ।

घुम्ती तरकारी सेवा घरघरमा पुर्‍याउने सवारी साधन। 

उनी अरुको हाँसोमा आफ्नो खुशी खोज्ने जनप्रतिनिधीकी नमूना बनेकी छिन्। उनले आफ्नो ट्विटरको बायोमा लेखेका यी शब्द ‘अरुको हाँसोमा नै जिन्दगीको सानो सानो खुसी देख्ने म’ यतिबेला सान्दर्भिक ठहरिएका छन्।  

प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १५:३१
  • #कोरोना_अपडेट

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
अफगानिस्तानमा बाढीका कारण दशौँ हजार प्रभावित ः राष्ट्रसङ्घ शुक्रबार, चैत २७, २०८२
उपसभामुख ठाकुरले लिइन् शपथ शुक्रबार, चैत २७, २०८२
सरकारमा समावेशी सहभागिताः मन्त्रिपरिषद्मा ४० प्रतिशत महिला शुक्रबार, चैत २७, २०८२
ई-पेन्सन प्रमाणीकरण प्रणाली लागू, पेन्सनकर्ताको प्रक्रिया सहज बनाइने शुक्रबार, चैत २७, २०८२
संसदीय सुनुवाइ समिति गठन शुक्रबार, चैत २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्त्रिपरिषद् विस्तार, उद्योगमन्त्री बनिन् गौरीकुमारी, श्रममन्त्रीमा यादव शुक्रबार, चैत २७, २०८२
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी शुक्रबार, चैत २७, २०८२
नियुक्ति प्रक्रियामा व्यक्तिगत प्रभाव नपार्न सांसदलाई रवि लामिछानेको आग्रह शुक्रबार, चैत २७, २०८२
रास्वपा संसदीय दलको बैठक : उपसभामुखमा ठाकुरलाई मतदान गर्ने निर्णय पारित शुक्रबार, चैत २७, २०८२
जर्मनीस्थित नेपाली राजदूत डा. रुपाखेतीले दिए पदबाट राजीनामा शुक्रबार, चैत २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्