नयाँ दिल्ली- भारतीय चिकित्सा अनुसन्धान परिषद (आईसीएमआर)ले कोरोना भाइरसका बिरामीको उपचार गर्नका लागि केरल सरकारका तर्फबाट सुझाइएको कोन्ब्लेसेन्ट प्लाज्मा थेरापीलाई अनुमति दिएको छ। केरला सरकारका तर्फबाट गठित एक मेडिकल टास्क फोर्सले कोरोना महामारीसँग लड्नका लागि यो थेरापी प्रयोगमा ल्याउन सिफारिस गरेको थियो।
के हो प्लाज्मा थेरापी?
यसलाई साधारण रुपमा बुझ्ने हो भने एक बिरामीलाई जितेको मानिसबाट गरिने उपचार हो। कुनै मानिस कोरोना भाइरस लागेर निको भएको छ भने उसको रोग प्रतिरोधी एन्टिबडिज विकास हुन्छ त्यसैमार्फत नयाँ बिरामीको उपचार गर्ने गरिन्छ। सोही मानिसको एन्टिबडिजको सहयोगले कोरोनाको संक्रमण रहेका नयाँ बिरामीको रगतमा मिसाएर उपचार गरिन्छ। टास्क फोर्सका एक सदस्य एवं कोझिकोडस्थित बेबी मेमोरियल अस्पतालमा क्रिटिकल केयर विशेषज्ञ डा अनुप कुमार यो प्रभावकारी उपचार पद्धति भएको बताउँछन्।
‘कुनै बिरामीको शरीरमा भएको एन्टिबडिज ऊ ठिक भएको १४ दिनभित्र झिक्न सकिन्छ‚’ डा अनुप भन्छन्‚ ‘कोरोना भाइरसको दुई पटक टेस्ट गर्न जरुरी हुन्छ।’
ठिक भएको बिरामीको एलिजा (एन्जाइम लिन्क्ड इम्युनोर्सोर्बेन्ट) टेस्ट गरिन्छ जसले गर्दा उसको शरीरमा भएको ऐन्टिबडिजको मात्रा पत्ता लाग्दछ। तर ठिक बिरामीको शरीरबाट रगत निकाल्नुभन्दा पहिले राष्ट्रिय मानकको रुपमा शुद्धता जाँच गरिन्छ। तिरुअन्तपुरमस्थित चित्रा तिरुनाल इन्स्टिच्युट अफ मेडिकल साइन्सेसका डा देबाशीष गुप्ताले भने‚ ‘यो प्रकरणमा कुनै छुट दिइने छैन।’
कसरी निकालिन्छ रगत
ठीक भइसकेका रोगीको शरीरबाट एस्पेरेसिस विधीबाट रगत निकालिन्छ। उक्त रगतमा भएको प्लाज्मा वा प्लेटलेट्सजस्ता अवयवहरु निकालेर बाँकी रगत सोही रोगीको शरीरमा हालिन्छ। डा अनुपाका अनुसार ऐन्टिबडिज केवल प्लाज्मामा रहेको हुन्छ। दाताको शरीरमा लगभग ८०० मिलिटिर प्लाज्मा रहेको हुन्छ। यसबाट रोगीलाई लगभग २०० मिलिटिर रगत चढाउन आवश्यक हुन्छ। अर्थात एक दाताको प्जाज्मा चार रोगीका लागि प्रयोग हुन सक्दछ। ‘यस्तो रगत केवल कोरोना भाइरसका रोगीलाई दिन सकिन्छ अरुलाई सकिँदैन’ डा गुप्ताले भने।
कति छ सुधार हुने सम्भावना?
‘यो प्लाज्मा यस्ता बिरामलाई दिन जरुरी छैन‚ जसलाई ज्वरो, खोकी र श्वास लिन समस्या भइरहेको छ’ डा अनुप कुमारले भने‚ ‘यस्ता बिरामीलाई दिनुपर्दछ‚ जसको अवस्था एकदमै जटिल छ, पर्याप्त अक्सिजन लिन सकिरहेको छैन।’ यसबाट बिरामीको स्वास्थ्यावस्थामा ४८ देखि ७२ घन्टामा सुधार हुने उनको दाबी छ।
अब के हुन्छ?
आइसिएमआरको अनुमतिप्राप्त भएपछि अब केरलाको स्वास्थ्य मन्त्रालय ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डियाको पञ्जुरीको पर्खाइमा रहेको छ। टास्क फोर्सको सदस्यहरु यसका लागि धेरै समय नलाग्ने दाबी गर्दै आएका छन्। तर यो टिमसँग क्लिनिकल ट्रायलका लागि छोटो समय हुनेछ।
अहिले चीन र दक्षिण कोरियामा पनि यही उपचारको प्रयोग गरिएको छ। ‘हामीलाई क्लिनिकल ट्रायलका लागि एलिजा टेष्ट किट मगाउनुपर्ने देखिएको छ’ डा अनुपले भने‚ ‘हामीले पहिले नै यसको अर्डर गरेका छौं, यो दुनियाको महंगो किट्स भएकाले केही समय लागेको हो।’ केरलामा हालसम्म ८० भन्दा धेरै मानिसहरू कोरोना भाइरसलाई जितेर घर फर्केका छन्।
‘हामीले अब पत्ता लगाउने भनेको यसरी उपचारपछि घर गएकामध्ये कति जना १४ दिनको क्वारेन्टाइन समय पार गरेका छन्‚’ ’डा पवनले भने‚ ‘हामीसँग यकिन तथ्यांक त छैन तर हामी यीमध्ये धेरैको प्जाज्मा लिन सक्नेछौं।’
कति हुन्छ खर्च?
डा अनुपका अनुसार यसको उपचार खर्च दुईदेखि अढाई हजार रुपैयाँ खर्च हुनेछ किनकी यो सरकारी अस्पतालमा उपचार हुने भएकाले महङ्गो नहुने उनको विश्लेषण छ।
प्लाज्मा थेरापी नै किन?
यसको पछाडि ठूलो कारण छ। पहिलो कुरा त कोरोना भाइरस संक्रमणको अलग्गै औषधी छैन। दोस्रो सदियौंदेखि संक्रामक रोगको उपचारका लागि प्लाज्मावाला उपचार प्रयोग हुँदै आएको छ। योभन्दा पहिला सार्स, मर्स र एचवानएनवान भाइरसको उपचारमा पनि प्जाज्मा थेरापीको प्रयोग गरिएको थियो।
बिबिसी हिन्दीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।