एजेन्सी– बलिउड अभिनेत्री आलिया भट्ट अभिनित फिल्म 'राजी'को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा बोल्ड देखिएकी उनको अभिनय निकै दमदार देख्न सकिन्छ।
ट्रेलरमा देखिए अनुसार आलिया भारतका लागि पाकिस्तानमा गुप्तचरका रुपमा रहेकी छन्। जहाँ उनी गोप्य सूचना संकलन र प्रवाहको स्रोतका रुपमा खटिएकी छन्।
फिल्म भारत र पाकिस्तानमा भएको सत्य घटनामा आधारित रहेको स्रोतमा उल्लेख गरिएको छ। फिल्म आउँदो मे ११, २०१८ मा प्रदर्शनमा आउँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।