• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कहिले सकिन्छ कोरोना कहर?

डा सन्देश दाहाल  बुधबार, चैत २६, २०७६  १३:३८
1140x725

कोरोना लकडाउनले विश्व नै डामाडोल भएको बेला सबैको मनमा आउने एउटै सवाल छ, कोरोना कहर कहिले सकिएर संसार फेरि पुरानै लयमा फर्किन्छ? आजको दिनसम्म संसारका वैज्ञानिकले दिन नसकेको सबभन्दा कठिन प्रश्न हो यो। 

कोरोनाको बारेमा
कोरोना भाइरसको बारेमा मोटामोटी कुरा थाहा नपाउने सायर्दै कोही होला आजको दिनमा। कोरोना भाइरसले आजसम्म तीन पटक महामारीको रुप धारण गरेको छ। सन् २००३ मा सार्स, जुन चीनबाट सुरु भएर संसारका २६ देशमा फैलिएको थियो। सार्सले जसले करिब ८ हजार मानिसलाई संक्रमित गरेको थियो र करिब ८ सयले ज्यान गुमाएका थिए।

कोरोनाको अर्को महामारी २०१२ मा साउदी अरेबियाबाट सुरु भएको थियो, जसलाई मर्सको नामले चिनिन्छ। ८० प्रतिशत संक्रमण साउदी अरबियामै भएको यो महामारीले करिब २५ सयलाइ संक्रमण गरेको थियो र कारिब ८०० हाराहारीले ज्यान गुमाएका थिए। 

२०१९ को यो महामारी गराउने कोरोना भाइरसलाई कोभिड(१९ नाम दिइएको छ। संयुक्त राज्य अमेरिका, इटाली, स्पेन, जर्मनी र फ्रान्समा यो भाइरसले नराम्रो प्रभाव पारेको छ। संसारको तथ्यांक हेर्दा यो रोगको अहिलेसम्मको संक्रमण दर २.४ देखिएको छ। यसको अर्थ भनेको एक संक्रमितले सरदर २ देखि ३ जनालाई रोग सार्ने गर्छ तर यो संख्या समुदायले कस्तो सुरक्षा रणनिति अपनाएको छ, त्यसमा भर पर्छ।

औसतमा यो हिसाबमा संक्रमण दुई गुना हुने समय औसतमा ७ दिनको हुन्छ। रोग संक्रमण भएपछि लक्षण देखिने समय करिब १० देखि १४ दिनको छ। अर्थात् एक संक्रमितले आफूमा लक्षण नै नदेखिई १० देखि १४ दिनसम्म अरुलाई रोग सारिरहेको हुनसक्छ। रोग लागेको मानिसमा संक्रमण भएको १० दिनमा सबभन्दा सिकिस्त हुने देखिएको छ, हालसम्मको तथ्यांकमा। 

छिमेकी देशहरुमा स्थिति के छ? 
रोग सुरु भएको देश चीनको केन्द्र वुहानमा सहर खुलेको समाचार आएको छ भने चीनमा फेरि बाहिरबाट आएकाको कारण संक्रमण बढ्ने आशंकामा केही प्रान्तहरु लकडाउन गरिएको समाचार छ। 

भारतमा रोग फैलिरहेको तथ्यांकहरुले देखाउँछन्। अहिले हेर्दा भारतमा ५ हजारको हाराहारीमा संक्रमित छन् र मर्नेहरुको संख्या १५० को हाराहारीमा छ। भारतको मुम्बईको धारावी भन्ने विश्वको सबैभन्दा ठूलो सुकुम्बासी बस्तीमा (भारतीय भाषामा झुपडपट्टि) कोरोनाले एक जनाको ज्यान गएको र केहीलाइ संक्रमण भएको जनाइएको छ।

२ किलोमिटरको सानो क्षेत्रफलको यो भागमा एकदम गरिब ७ लाख मानिस बस्छन्। सम्भवतः संसारकै सबभन्दा घना बस्ती हो यो। यो भारत, खुला सीमा भएको छिमेकी देश नेपाल र विश्वकै लागि ठूलो टाउको दुखाइ हो। 

nimb
nimb

कोरोनाको प्रकोप कम हुने वा समाप्त बाटाहरु केके हुन्? 
कोरोनाको निश्चित औषधि छैन आजसम्म। त्यसैले कोरोना नियन्त्रणको बारेमा विभिन्न वैज्ञानिकका विभिन्न धारणा छन्। तर आजको मितिसम्म मोटामोटी सबै सहमत हुने भनेको कोरोना नियन्त्रणका तीन वटा बाटा छन्। 

१. खोप 
संसारमा खोपका विभिन्न प्रयोगहरु जारी छन्। रोग गराउने जीवाणु पत्ता लागेको ६७ दिनमा नै मानिसमा खोप परीक्षण भएको सम्भवतः यो नै पहिलो हुनसक्छ। संसारमै इमर्जेन्सी भएको कारण कोरोना खोपको लागि जनावरमा टेस्ट नगरी सिधै मानवमा परीक्षण गर्ने सुविधा यो रोगले पाएको छ।

खोप परीक्षणका विभिन्न चरण हुन्छन। पहिलो, सीमित स्वयंसेवकमा परीक्षण, दोस्रो, विभिन्न रोग, गुण भएका मानिसको अलि ठूलो समूहमा परिक्षण र तेस्रो, ठूलो समुदायमा परीक्षण। चौथो चरणमा भने ठूलो स्तरमा उत्पादन, बिक्रीवितरण र गुणस्तर मापन। 

आजसम्म भाइरसको प्रोटिनलाई आधार मानेर बनाइएको खोप, आरएनएलाई आधार मानेर बनाइएको खोप, एडनोभाइरस भेक्टोरेड भ्याक्सिन जस्ता विभिन्न खोपका प्रयोगहरु चलिरहेका छन्। यसमा सम्मिलित वैज्ञानिकहरुको नै भनाइलाई आधार मान्ने हो भने सबै कुरा सोचे अनुरुप भएमा पनि सबै परीक्षण सकेर खोप आममानिसमा पुग्न कम्तीमा १८ महिना लाग्न सक्छ। खोप दादुराको जस्तो सफल पनि हुनसक्छ र एचआइभी जस्तो ४० वर्षसम्म असफल पनि। संसारको करिब ६० प्रतिशत मानिसमा खोप लगाएपछि यो रोग नियन्त्रणमा आउँछ। 

२. सामुदायिक प्रतिरक्षा 
रोग नियन्त्रणमा आउने सबैभन्दा विकराल अवस्था यो हो। संसारका मानिसमध्ये ६० प्रतिशतलाइ संक्रमण भइसकेपछि सामुदायिक प्रतिरक्षा विकास हुन्छ, जसले रोग फैलिन दिँदैन। तर यस्तो हुँदासम्म लाखौँ मानिसको ज्यान गइसकेको हुनेछ।

३. सामाजिक दूरी कायम गरेर संक्रमणको चेन तोड्ने 
एकदुई देशको कुरा भए योबाट मात्र नियन्त्रण सम्भव हुन्थ्यो होला। संसारका प्रायः सबै देशमा फैलिसकेको यो रोग केही समय नियन्त्रणमा आए पनि पुनः संक्रमणको जोखिममा नरहने भन्ने हुँदैन। प्रतिरक्षा नभएका मानिसहरु धेरै भएको देशमा एउटा मात्र संक्रमित आए पनि त्यसले रोग सारेर फेरि परालमा लागेको आगो जस्तो सल्किने सम्भावना हुन्छ। हालै जापानमा भएको संक्रमण वृद्धि र चीनको अरु प्रान्तमा भएको संक्रमणले यही संकेत गर्छ।

पहिला भएका सार्स र मर्सको संक्रमणमा सामाजिक दूरी कायम गर्ने, रोगी र संक्रमित शंकास्पद हुने बित्तिकै छुट्टै राख्ने गरेर संक्रमणको जालो तोडेर नै संक्रमण नियन्त्रणमा आएको थियो। तर संसार नै संक्रमित गरेको यो रोगमा यो सम्भावना निकै कम देखिन्छ। हो सामाजिक दूरीले संक्रमणको गतिलाई भने ढिलो गर्ने र विपद् व्यवस्थापनको हिसाबले सजिलो भने बनाउँछ।

तर्क र कारण त थाहा भएन तर केही संसारका वैज्ञानिकहरु केहि महिनामा संक्रमण आफैँ कम हुने समेत आँकिरहेको मिडियामा यदाकदा सुन्नमा आएको छ। 

संसारमा कोरोनाको लागि केके ट्रायल भइरहेका छन् त?
भाइरस विरुद्ध प्रयोग हुने औषधि लोपिनाभिर(रिटोनाभिर र रेम्डेसिभिरको बारेमा अध्ययन भइरहेको छ, र प्रारम्भिक नतिजामा यी औषधिहरुले संक्रमितलाई चाँडो निको हुन मद्दत गरेका छन्। माथि उल्लेख गरिएका खोपहरु ट्रायल फेजमा छन्। डोनाल्ड ट्रम्पले दावी गरेको क्लोरोक्विन र हाइड्रोक्सी क्लोरोक्विनको प्रभाव फ्रान्समा गरेको केही मानिसहरुमा प्रभावकारी देखिएको छैन, तर अझै पूरा रिपोर्ट आइसकेको छैन। 

संसारको तथ्यांक हेर्दा बिसिजी खोप दिने मुलुकमा यसको प्रकोप कम हुन्छ कि भनी आँकिएको लेखहरु आएका छन। तर यो रोगको प्रकोप बिसिजी लगाउने देशहरुमा पछिल्लो चरणमा संक्रमण भएको कारणले सबै कुरा थाहा नभइसकेको मात्र पनि हुनसक्छ। यसको थप पुष्टि भारतको संक्रमण दरले गर्ने हुनसक्छ। 

जुकामा प्रयोग हुने आइभरमेक्टिन भन्ने औषधि पनि ट्रायलमा छ भन्ने कताकता सुनिन्छ। तर सिफारिसको तहमा केही आइसकेको थाहा भएको छैन। 

रुढीवादले पनि ठूलो क्षति भएको समाचारहरु छन्। अमेरिकी राष्ट्रपतिले भनेको सुनेर क्लोरोक्विन र एजिथ्रोमाइसिन खाएर कहीँ बिरामी मरेको भन्ने समाचार मिडियामा आएका छन्। 

त्यसो त पादरीले डिटोल खुवाएर केन्यामा धेरै मानिसको ज्यान गएको पनि समाचारमा सुन्नमा आएको छ। 

सारांसमा 
लकडाउनका बीच नेपालमा पनि सुदूरपश्चिमको बझाङ्गमा हजारौँले मेला मनाएको खबर आएको छ, जुन भूभाग नेपालको उच्च जोखिमको भनेर मानिएको छ। यो हाम्रा लागि ठूलो चिन्ताको विषय हो।

शिक्षा र चेतनामा कमजोर नेपालको छिमेकी भारतको प्रान्तहरुमा रोग फैलिँदै गएको बेलामा भारतीयहरु पाहुना भएर हुलका हुल बिना रोकटोक नेपाल छिर्नु, भारतमा जमातीहरुको सभामा नेपालीहरु सहभागी हुनु, सहभागी केही नेपाली जमातीमा कोरोना पोजिटिभ देखिनु र कोरोना पोजिटिभ व्यक्ति क्वारेन्टाइनबाट भागेको समाचार आउनु नेपालको सन्दर्भमा ठूलो चुनौती हुनसक्छ। जसमा तुरुन्तै सबैको ध्यान जान जरुरी छ। 

काठमाडौंमै मानिसले तरकारी बजारमा अनियन्त्रित भीड गर्नु, नेपालमा अझै पनि जात्रा समारोह गरिनु र सबभन्दा ठूलो कुरा नेपालमा अस्पतालको संख्या र तीनको सुविधा अत्यन्तै न्यून हुनुले पटक्कै राम्रो संकेत गर्दैन।

लकडाउन र सामाजिक दूरीले रोगीको संख्या कम गर्न मद्दत गरेर समस्या समाधान गर्ने देशको स्वास्थ्य प्रणालीलाई सहज बनाउँछ। तर यो नियन्त्रणको रामवाण भने होइन। आज नियन्त्रण भएको महामारी भोलिको दिनमा कसैले बोकेर फेरि देशमा ल्यायो भने त्यसले फेरि महामारीको रुप ग्रहण गर्ने छ। त्यसैले आजको दिनसम्मको स्थितिमा उपाय भनेको देशभित्र संक्रमण दर कम गर्न सामाजिक दूरी राख्ने र बाहिर देशबाट रोग भित्रिन नदिने नै हो।  खोप मात्र रोकथामको अन्तिम आश हो। 

चीनमा संक्रमण भएर उसलाई हम्मेहम्मे परेको बेला स्पेनमा फुटबल आयोजना भएको र अमेरिकी राष्ट्रपतिले यो चिनियाँ भाइरस सामान्य रुघाखोकी हो, भन्नेजस्तो हल्का टिप्पणी र सुरुवाती चरणमा लापरबाही नगरेको भए सायद अमेरिका र स्पेनको त्यति चाडैँ यो हालत हुँदैनथ्यो होला। 

संसारका धेरै देशसँग विश्वलाई सयौँ पटक खतम गर्ने हतियार छ। तर आज आएर आवश्यक पर्दा कुनै एउटा देशसँग आफ्नो नागरिक जोगाउने स्वास्थ्य सामग्री छैन। यो आजको संसारको नै ठूलो बिडम्वना भएको छ।

नेपालमा पनि सैनिक खर्च र अन्य प्रशासकीय खर्चको तुलनामा स्वास्थ्यमा विनियोजन हुने बजेट लाजलाग्दो गरी नै कम छ। सरकारी अस्पताल विस्तार र निजी अस्पताल नियमन गर्ने कसैको चासोमा पर्दैन। देशमा कति कुन विधाका चिकित्सक आवश्यक पर्छ, महामारीको व्यवस्थापन कसरी गर्ने भन्ने तयारी मन्त्रालयले कहिले गरेको सुनिँदैन नेपालमा। 

पुरा संसारले मनन गरेको अवस्थामा, स्वास्थ्य क्षेत्रलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने कुरामा दुई मत कसैमा रहन आवश्यक छैन। नेपालका अस्पताल विशेशतः सरकारी अस्पताल देशको नागारिकलाई सामान्य अवस्थामा नै यथेस्ट सेवा दिन असमर्थ भएको बेला यो महामारीले देशकै ढाड भाँच्न लागेको आभास हुँदैछ। सदुपयोग गर्ने भए अझै पनि थोरै समय बाँकी छ। देश अझै त दोस्रो अवस्थाको सुरुमा नै छ।

भूकम्पमा जस्तो विश्व समुदाय सहयोग गर्नसक्ने स्थितिमा छैन। यो हाम्रो आफ्नै बलबुताको लडाइँ हुनेवाला छ। यस्तो विषम अवस्थामा सरकार र जनता दुवै गम्भीर भएर आन्तरिक र बाह्य संक्रमण दर कम गर्ने र निजी सरकारी हातेमालो गर्दै सम्भावित युद्धस्तरको तयारीमा जुट्नु बाहेक केही विकल्प छैन।

चिकित्सा शिक्षामा एउटा उखान नै छ, स्यालको शिकार गर्न जाँदा बाघ मार्नेसम्मको तयारी चाहिन्छ। तर यहाँ त हामी खाली हात डाइनोसरको अगाडि परेजस्तो भएका छौँ।
 

प्रकाशित मिति: बुधबार, चैत २६, २०७६  १३:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रसुवा बाढीमा अमेरिकाको साथ, ५ लाख डलर सहयोग घोषणा
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक
भोटेकोशी बाढीसम्बन्धी सरकारको प्राविधिक प्रतिवेदनः तिब्बतको ताल पूर्णरूपमा नखुलेको खुलासा
सम्बन्धित सामग्री
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन त्यसैले, भदौ २३ र २४ को आन्दोलन यस्तै कुशासन र बेथिति लगायत थुप्रिएका बिक्रितिहरुको एकीकृत तर सशक्त आवाज थियो । आवाज मार्फत राज्य शक... शुक्रबार, भदौ ५, २०८३
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण धन्य, न्याय मरेको रहेनछ। सर्वोच्च अदालतले सरकारी निर्णय खारेज गरिदियो। अदालतले संविधानको धारा १९ को मर्ममा टेकेर गरेको फैसलामा भनिएक... बिहीबार, भदौ ४, २०८३
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
रसुवा बाढीमा अमेरिकाको साथ, ५ लाख डलर सहयोग घोषणा बिहीबार, भदौ ११, २०८३
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीसम्बन्धी सरकारको प्राविधिक प्रतिवेदनः तिब्बतको ताल पूर्णरूपमा नखुलेको खुलासा बिहीबार, भदौ ११, २०८३
त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बिहीबार, भदौ ११, २०८३
५ जापानी नागरिक बेपत्ता भएपछि प्रधानमन्त्री ताकाइचीद्वारा नेपालमा उद्धारका लागि अपिल बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्