• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २९, २०८३ Mon, Jul 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कहिले सकिन्छ कोरोना कहर?

डा सन्देश दाहाल  बुधबार, चैत २६, २०७६  १३:३८
1140x725

कोरोना लकडाउनले विश्व नै डामाडोल भएको बेला सबैको मनमा आउने एउटै सवाल छ, कोरोना कहर कहिले सकिएर संसार फेरि पुरानै लयमा फर्किन्छ? आजको दिनसम्म संसारका वैज्ञानिकले दिन नसकेको सबभन्दा कठिन प्रश्न हो यो। 

कोरोनाको बारेमा
कोरोना भाइरसको बारेमा मोटामोटी कुरा थाहा नपाउने सायर्दै कोही होला आजको दिनमा। कोरोना भाइरसले आजसम्म तीन पटक महामारीको रुप धारण गरेको छ। सन् २००३ मा सार्स, जुन चीनबाट सुरु भएर संसारका २६ देशमा फैलिएको थियो। सार्सले जसले करिब ८ हजार मानिसलाई संक्रमित गरेको थियो र करिब ८ सयले ज्यान गुमाएका थिए।

कोरोनाको अर्को महामारी २०१२ मा साउदी अरेबियाबाट सुरु भएको थियो, जसलाई मर्सको नामले चिनिन्छ। ८० प्रतिशत संक्रमण साउदी अरबियामै भएको यो महामारीले करिब २५ सयलाइ संक्रमण गरेको थियो र कारिब ८०० हाराहारीले ज्यान गुमाएका थिए। 

२०१९ को यो महामारी गराउने कोरोना भाइरसलाई कोभिड(१९ नाम दिइएको छ। संयुक्त राज्य अमेरिका, इटाली, स्पेन, जर्मनी र फ्रान्समा यो भाइरसले नराम्रो प्रभाव पारेको छ। संसारको तथ्यांक हेर्दा यो रोगको अहिलेसम्मको संक्रमण दर २.४ देखिएको छ। यसको अर्थ भनेको एक संक्रमितले सरदर २ देखि ३ जनालाई रोग सार्ने गर्छ तर यो संख्या समुदायले कस्तो सुरक्षा रणनिति अपनाएको छ, त्यसमा भर पर्छ।

औसतमा यो हिसाबमा संक्रमण दुई गुना हुने समय औसतमा ७ दिनको हुन्छ। रोग संक्रमण भएपछि लक्षण देखिने समय करिब १० देखि १४ दिनको छ। अर्थात् एक संक्रमितले आफूमा लक्षण नै नदेखिई १० देखि १४ दिनसम्म अरुलाई रोग सारिरहेको हुनसक्छ। रोग लागेको मानिसमा संक्रमण भएको १० दिनमा सबभन्दा सिकिस्त हुने देखिएको छ, हालसम्मको तथ्यांकमा। 

छिमेकी देशहरुमा स्थिति के छ? 
रोग सुरु भएको देश चीनको केन्द्र वुहानमा सहर खुलेको समाचार आएको छ भने चीनमा फेरि बाहिरबाट आएकाको कारण संक्रमण बढ्ने आशंकामा केही प्रान्तहरु लकडाउन गरिएको समाचार छ। 

भारतमा रोग फैलिरहेको तथ्यांकहरुले देखाउँछन्। अहिले हेर्दा भारतमा ५ हजारको हाराहारीमा संक्रमित छन् र मर्नेहरुको संख्या १५० को हाराहारीमा छ। भारतको मुम्बईको धारावी भन्ने विश्वको सबैभन्दा ठूलो सुकुम्बासी बस्तीमा (भारतीय भाषामा झुपडपट्टि) कोरोनाले एक जनाको ज्यान गएको र केहीलाइ संक्रमण भएको जनाइएको छ।

२ किलोमिटरको सानो क्षेत्रफलको यो भागमा एकदम गरिब ७ लाख मानिस बस्छन्। सम्भवतः संसारकै सबभन्दा घना बस्ती हो यो। यो भारत, खुला सीमा भएको छिमेकी देश नेपाल र विश्वकै लागि ठूलो टाउको दुखाइ हो। 

nimb
nimb
Ncell 2
Ncell 2

कोरोनाको प्रकोप कम हुने वा समाप्त बाटाहरु केके हुन्? 
कोरोनाको निश्चित औषधि छैन आजसम्म। त्यसैले कोरोना नियन्त्रणको बारेमा विभिन्न वैज्ञानिकका विभिन्न धारणा छन्। तर आजको मितिसम्म मोटामोटी सबै सहमत हुने भनेको कोरोना नियन्त्रणका तीन वटा बाटा छन्। 

१. खोप 
संसारमा खोपका विभिन्न प्रयोगहरु जारी छन्। रोग गराउने जीवाणु पत्ता लागेको ६७ दिनमा नै मानिसमा खोप परीक्षण भएको सम्भवतः यो नै पहिलो हुनसक्छ। संसारमै इमर्जेन्सी भएको कारण कोरोना खोपको लागि जनावरमा टेस्ट नगरी सिधै मानवमा परीक्षण गर्ने सुविधा यो रोगले पाएको छ।

खोप परीक्षणका विभिन्न चरण हुन्छन। पहिलो, सीमित स्वयंसेवकमा परीक्षण, दोस्रो, विभिन्न रोग, गुण भएका मानिसको अलि ठूलो समूहमा परिक्षण र तेस्रो, ठूलो समुदायमा परीक्षण। चौथो चरणमा भने ठूलो स्तरमा उत्पादन, बिक्रीवितरण र गुणस्तर मापन। 

आजसम्म भाइरसको प्रोटिनलाई आधार मानेर बनाइएको खोप, आरएनएलाई आधार मानेर बनाइएको खोप, एडनोभाइरस भेक्टोरेड भ्याक्सिन जस्ता विभिन्न खोपका प्रयोगहरु चलिरहेका छन्। यसमा सम्मिलित वैज्ञानिकहरुको नै भनाइलाई आधार मान्ने हो भने सबै कुरा सोचे अनुरुप भएमा पनि सबै परीक्षण सकेर खोप आममानिसमा पुग्न कम्तीमा १८ महिना लाग्न सक्छ। खोप दादुराको जस्तो सफल पनि हुनसक्छ र एचआइभी जस्तो ४० वर्षसम्म असफल पनि। संसारको करिब ६० प्रतिशत मानिसमा खोप लगाएपछि यो रोग नियन्त्रणमा आउँछ। 

२. सामुदायिक प्रतिरक्षा 
रोग नियन्त्रणमा आउने सबैभन्दा विकराल अवस्था यो हो। संसारका मानिसमध्ये ६० प्रतिशतलाइ संक्रमण भइसकेपछि सामुदायिक प्रतिरक्षा विकास हुन्छ, जसले रोग फैलिन दिँदैन। तर यस्तो हुँदासम्म लाखौँ मानिसको ज्यान गइसकेको हुनेछ।

३. सामाजिक दूरी कायम गरेर संक्रमणको चेन तोड्ने 
एकदुई देशको कुरा भए योबाट मात्र नियन्त्रण सम्भव हुन्थ्यो होला। संसारका प्रायः सबै देशमा फैलिसकेको यो रोग केही समय नियन्त्रणमा आए पनि पुनः संक्रमणको जोखिममा नरहने भन्ने हुँदैन। प्रतिरक्षा नभएका मानिसहरु धेरै भएको देशमा एउटा मात्र संक्रमित आए पनि त्यसले रोग सारेर फेरि परालमा लागेको आगो जस्तो सल्किने सम्भावना हुन्छ। हालै जापानमा भएको संक्रमण वृद्धि र चीनको अरु प्रान्तमा भएको संक्रमणले यही संकेत गर्छ।

पहिला भएका सार्स र मर्सको संक्रमणमा सामाजिक दूरी कायम गर्ने, रोगी र संक्रमित शंकास्पद हुने बित्तिकै छुट्टै राख्ने गरेर संक्रमणको जालो तोडेर नै संक्रमण नियन्त्रणमा आएको थियो। तर संसार नै संक्रमित गरेको यो रोगमा यो सम्भावना निकै कम देखिन्छ। हो सामाजिक दूरीले संक्रमणको गतिलाई भने ढिलो गर्ने र विपद् व्यवस्थापनको हिसाबले सजिलो भने बनाउँछ।

तर्क र कारण त थाहा भएन तर केही संसारका वैज्ञानिकहरु केहि महिनामा संक्रमण आफैँ कम हुने समेत आँकिरहेको मिडियामा यदाकदा सुन्नमा आएको छ। 

संसारमा कोरोनाको लागि केके ट्रायल भइरहेका छन् त?
भाइरस विरुद्ध प्रयोग हुने औषधि लोपिनाभिर(रिटोनाभिर र रेम्डेसिभिरको बारेमा अध्ययन भइरहेको छ, र प्रारम्भिक नतिजामा यी औषधिहरुले संक्रमितलाई चाँडो निको हुन मद्दत गरेका छन्। माथि उल्लेख गरिएका खोपहरु ट्रायल फेजमा छन्। डोनाल्ड ट्रम्पले दावी गरेको क्लोरोक्विन र हाइड्रोक्सी क्लोरोक्विनको प्रभाव फ्रान्समा गरेको केही मानिसहरुमा प्रभावकारी देखिएको छैन, तर अझै पूरा रिपोर्ट आइसकेको छैन। 

संसारको तथ्यांक हेर्दा बिसिजी खोप दिने मुलुकमा यसको प्रकोप कम हुन्छ कि भनी आँकिएको लेखहरु आएका छन। तर यो रोगको प्रकोप बिसिजी लगाउने देशहरुमा पछिल्लो चरणमा संक्रमण भएको कारणले सबै कुरा थाहा नभइसकेको मात्र पनि हुनसक्छ। यसको थप पुष्टि भारतको संक्रमण दरले गर्ने हुनसक्छ। 

जुकामा प्रयोग हुने आइभरमेक्टिन भन्ने औषधि पनि ट्रायलमा छ भन्ने कताकता सुनिन्छ। तर सिफारिसको तहमा केही आइसकेको थाहा भएको छैन। 

रुढीवादले पनि ठूलो क्षति भएको समाचारहरु छन्। अमेरिकी राष्ट्रपतिले भनेको सुनेर क्लोरोक्विन र एजिथ्रोमाइसिन खाएर कहीँ बिरामी मरेको भन्ने समाचार मिडियामा आएका छन्। 

त्यसो त पादरीले डिटोल खुवाएर केन्यामा धेरै मानिसको ज्यान गएको पनि समाचारमा सुन्नमा आएको छ। 

सारांसमा 
लकडाउनका बीच नेपालमा पनि सुदूरपश्चिमको बझाङ्गमा हजारौँले मेला मनाएको खबर आएको छ, जुन भूभाग नेपालको उच्च जोखिमको भनेर मानिएको छ। यो हाम्रा लागि ठूलो चिन्ताको विषय हो।

शिक्षा र चेतनामा कमजोर नेपालको छिमेकी भारतको प्रान्तहरुमा रोग फैलिँदै गएको बेलामा भारतीयहरु पाहुना भएर हुलका हुल बिना रोकटोक नेपाल छिर्नु, भारतमा जमातीहरुको सभामा नेपालीहरु सहभागी हुनु, सहभागी केही नेपाली जमातीमा कोरोना पोजिटिभ देखिनु र कोरोना पोजिटिभ व्यक्ति क्वारेन्टाइनबाट भागेको समाचार आउनु नेपालको सन्दर्भमा ठूलो चुनौती हुनसक्छ। जसमा तुरुन्तै सबैको ध्यान जान जरुरी छ। 

काठमाडौंमै मानिसले तरकारी बजारमा अनियन्त्रित भीड गर्नु, नेपालमा अझै पनि जात्रा समारोह गरिनु र सबभन्दा ठूलो कुरा नेपालमा अस्पतालको संख्या र तीनको सुविधा अत्यन्तै न्यून हुनुले पटक्कै राम्रो संकेत गर्दैन।

लकडाउन र सामाजिक दूरीले रोगीको संख्या कम गर्न मद्दत गरेर समस्या समाधान गर्ने देशको स्वास्थ्य प्रणालीलाई सहज बनाउँछ। तर यो नियन्त्रणको रामवाण भने होइन। आज नियन्त्रण भएको महामारी भोलिको दिनमा कसैले बोकेर फेरि देशमा ल्यायो भने त्यसले फेरि महामारीको रुप ग्रहण गर्ने छ। त्यसैले आजको दिनसम्मको स्थितिमा उपाय भनेको देशभित्र संक्रमण दर कम गर्न सामाजिक दूरी राख्ने र बाहिर देशबाट रोग भित्रिन नदिने नै हो।  खोप मात्र रोकथामको अन्तिम आश हो। 

चीनमा संक्रमण भएर उसलाई हम्मेहम्मे परेको बेला स्पेनमा फुटबल आयोजना भएको र अमेरिकी राष्ट्रपतिले यो चिनियाँ भाइरस सामान्य रुघाखोकी हो, भन्नेजस्तो हल्का टिप्पणी र सुरुवाती चरणमा लापरबाही नगरेको भए सायद अमेरिका र स्पेनको त्यति चाडैँ यो हालत हुँदैनथ्यो होला। 

संसारका धेरै देशसँग विश्वलाई सयौँ पटक खतम गर्ने हतियार छ। तर आज आएर आवश्यक पर्दा कुनै एउटा देशसँग आफ्नो नागरिक जोगाउने स्वास्थ्य सामग्री छैन। यो आजको संसारको नै ठूलो बिडम्वना भएको छ।

नेपालमा पनि सैनिक खर्च र अन्य प्रशासकीय खर्चको तुलनामा स्वास्थ्यमा विनियोजन हुने बजेट लाजलाग्दो गरी नै कम छ। सरकारी अस्पताल विस्तार र निजी अस्पताल नियमन गर्ने कसैको चासोमा पर्दैन। देशमा कति कुन विधाका चिकित्सक आवश्यक पर्छ, महामारीको व्यवस्थापन कसरी गर्ने भन्ने तयारी मन्त्रालयले कहिले गरेको सुनिँदैन नेपालमा। 

पुरा संसारले मनन गरेको अवस्थामा, स्वास्थ्य क्षेत्रलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने कुरामा दुई मत कसैमा रहन आवश्यक छैन। नेपालका अस्पताल विशेशतः सरकारी अस्पताल देशको नागारिकलाई सामान्य अवस्थामा नै यथेस्ट सेवा दिन असमर्थ भएको बेला यो महामारीले देशकै ढाड भाँच्न लागेको आभास हुँदैछ। सदुपयोग गर्ने भए अझै पनि थोरै समय बाँकी छ। देश अझै त दोस्रो अवस्थाको सुरुमा नै छ।

भूकम्पमा जस्तो विश्व समुदाय सहयोग गर्नसक्ने स्थितिमा छैन। यो हाम्रो आफ्नै बलबुताको लडाइँ हुनेवाला छ। यस्तो विषम अवस्थामा सरकार र जनता दुवै गम्भीर भएर आन्तरिक र बाह्य संक्रमण दर कम गर्ने र निजी सरकारी हातेमालो गर्दै सम्भावित युद्धस्तरको तयारीमा जुट्नु बाहेक केही विकल्प छैन।

चिकित्सा शिक्षामा एउटा उखान नै छ, स्यालको शिकार गर्न जाँदा बाघ मार्नेसम्मको तयारी चाहिन्छ। तर यहाँ त हामी खाली हात डाइनोसरको अगाडि परेजस्तो भएका छौँ।
 

प्रकाशित मिति: बुधबार, चैत २६, २०७६  १३:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
इकोमा सडक भासिँदा तातोपानी नाका ठप्प
आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै
बाढी र पहिरो : देशका कुन–कुन प्रमुख सडक अवरुद्ध छन्?
सम्बन्धित सामग्री
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन रावणका दश शिरलाई धेरैले मानवका दश अवगुणको प्रतीक मान्छन्। ती हुन्, काम, क्रोध, लोभ, मोह, मद (घमण्ड), मत्सर, अहंकार, स्वार्थ, अन्याय... सोमबार, असार २९, २०८३
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
ताजा समाचारसबै
इकोमा सडक भासिँदा तातोपानी नाका ठप्प सोमबार, असार २९, २०८३
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सोमबार, असार २९, २०८३
आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै सोमबार, असार २९, २०८३
बाढी र पहिरो : देशका कुन–कुन प्रमुख सडक अवरुद्ध छन्? सोमबार, असार २९, २०८३
कांग्रेस नीति प्रतिष्ठानमा ६ उपसमिति गठन आइतबार, असार २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डामाथि इरानले गर्‍यो आक्रमण आइतबार, असार २८, २०८३
कतारका पूर्वराजाको निधन आइतबार, असार २८, २०८३
कुवेत र इराकमा रहेका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन दूतावासको आग्रह आइतबार, असार २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्