काठमाडौं–सरकार लोकतान्त्रिक मूल्य–मान्यताबाट विमुख हुँदै गएको गणेशमान सिंह अध्ययन प्रतिष्ठानले जनाएको छ।
लोकतन्त्र पुनःस्थापना दिवसका अवसरमा प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले विज्ञप्तिमार्फत् भ्रष्टाचार, अविवेकी निर्णय,लोकतान्त्रिक मूल्यमान्यतामाथि प्रहार गरेको आरोप लगाए। लोकतन्त्रप्रतिको आफ्नो विश्वासलाई दृढ बनाउँदै जनतामा लोकतन्त्र प्रतिको भरोसा बढाउनेतर्फ उन्मुख उनले सरकारलाई आग्रह गरे।
लोकतन्त्रका आधारभूत मान्यता, लोकतान्त्रिक संविधानको संरक्षण, नागरिक अधिकार र स्वतन्त्रताको सम्बर्द्धन सबैको कर्तव्य भएको प्रतिष्ठानले जनाएको छ।
३० वर्ष अघि २०४६ चैत २६ मा गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलन सफल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।