काठमाडौ– कोरोना भाइरसबाट संक्रमित भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्यस्थिति स्थिर रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। उनले दोस्रो रात पनि लण्डनस्थित सेन्ट थोमस अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा बिताएका छन्।
‘ प्रधानमन्त्री जोन्सनको अवस्था स्थिर छ’ उनका प्रवक्ताले भनेका छन्, ‘प्रधानमन्त्रीको आत्मबल उच्च छ।’
कोरोना भाइरस संक्रमणका कारण जोन्सनको स्वास्थ्य अलिक जटिल बन्दै गएपछि सोमबार बेलुका उनलाई आइसियूमा सारिएको थियो। उनलाई गएको आइतबार बेलुका सो अस्पताल भर्ना गरिएको हो। डाक्टरहरुले ५५ वर्षिय जोन्सनको स्वास्थ्य नजिकबाट नियालिरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।