काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनीलबहादुर थापाले धनकुटा जिल्लाका विभिन्न स्वास्थ्य चौकी र एम्वुलेन्स चालकलाई कोरोना भाइरस नियन्त्रणका लागि पीपीईलगायत सुरक्षा सामग्री हस्तान्तरण गरेका छन्।
सूर्यबहादुर थापा प्रतिष्ठानमार्फत् नेता थापाले स्वास्थ्यकर्मीलाई पीपीइ ७४ सेट, एम्बुलेन्स चालकलाई सहयोगी किट २२ सेट, पञ्जा २२ बाकस, स्यानिटाइजर ३० बोतल, डेटोल हेण्डवास ७२ बोतल, डेटोल साबुन ७२ थान, मास्क २००० थान हस्तान्तरण गरेका छन्।
ती सामग्रीहरु धनकुटाका ११ अस्पताल र स्वास्थ्यचौकीका लागि पठाइएको नेता थापाले विज्ञप्तिमार्फत् जानकारी गराएका छन्।
नेता थापाले धनकुटा जिल्लावासीको हरेक सुख दुःखमा सहयोग गर्न आफू र सूर्यबहादुर थापा प्रतिष्ठान सधै तत्पर रहेको बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।