काठमाडौं- विदेशबाट आएका नेपालीबाट उनको परिवारमा कोरोना संक्रमण सरेलगत्तै नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको शनिबार पुष्टि भएपछि मन्त्रिपरिषद् बैठकले संक्रमण फैलनबाट रोक्न लकडाउन बैशाख ३ पुर्याएको छ।
यसअघि नेपालमा पुष्टि भएका कोरोना संक्रमितहरु विदेशबाट नेपाल आएकाहरु मात्रै थिए। सुरदुरपश्चिममा विदेशबाट आएका एक संक्रमितबाट उनकी भाउजूमा कोरोना संक्रमण सरेको पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको थियो।
पहिलो चरणको तुलनामा दोस्रो चरण जोखिमयुक्त मानिन्छ। दोस्रो चरणमा परिवारका सदस्य र तेस्रो चरणमा संक्रमित बसेको क्षेत्र वरपर फैलिने जोखिम हुन्छ। आवतजावत खुल्ला गर्दा संक्रमण फैलन सक्ने जोखिम भएपछि सरकारले सात दिनबाट शुरु भएको लक डाउनको अवधि तेस्रो पटक बढाएर २१ दिन पूर्याउँदैे बैशाख ३ मध्यरात पूर्याएको छ।
नेपालमा अहिलेसम्म ९ जना कोरोना संक्रमित पुष्टि भइसकेको छ। एक जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने अन्य ८ जना उपचाररत छन्। स्वास्थ्य मन्त्रालयले उनीहरुको स्वास्थ्य सामान्य अवस्थामा रहेको बताउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।