• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

कुवेतबाट प्रधानमन्त्री ओलीलाई चेलीको चिठी : भोकै भएपनि आफ्नै देशमा मर्न चाहन्छु

64x64
नेपाल लाइभ सोमबार, चैत २४, २०७६  १९:५४
1140x725

प्रिय प्रधानमन्त्री ज्यू, 
तपाईंलाई थाहै छ, हामी भाग्यमानी देशका अभागी नेपाली हौँ। स्वर्गजस्तो देशमा जन्मिएर एक छाक टार्न परदेशको ढोका चहार्न बाध्य छौँ। पाएसम्म त आफ्नै देशमा पसिना बगाउँछौं। तर बाध्यता छ‚ त्यो तपाईंले पनि बुझेकै कुरा हो। परिवारसँगै हाँसिखुसी बस्छु भन्ने रहर कसलाई नहुँदो हो र? तर रहरभन्दा विवशता डरलाग्दो हुने रहेछ। कामका लागि रात दिन भौतारिँदा पनि केही उपाय नलागेपछि म परदेशको बाटो रोज्न विवश भएँ। 

कति रहर थाती राखिदिएँ। दुई वर्षकी दुधे छोरी छाडेर म कुवेत हानिएँ। ३ वर्षसम्म मैले कुवेतमा एउटा घरमा काम गरेँ। बालबच्चा स्याहारसुसार गर्ने, घर सरसफाइ गर्ने, खाना पकाउने इत्यादि। ३ वर्षपछि २०७४ मा म आफ्नै देश फर्किएँ। म परदेश हिँड्दा तातेताते गर्न सुरु गरेकी मेरी छोरी फर्किँदा ठूली भइसकिछन्। देख्ने बित्तिकै छोरीले मलाई आमा भनेर ठम्याउन नसक्दा चसक्क घोचेको मुटु अहिलेसम्म दुखेको छ। 

३ वर्ष परदेश भोगेको मन स-साना छोराछोरी र वृद्ध भएका श्रीमानसँग देशमै बसौँ भनिरहेको थियो।  फेरि पनि देशमै केही गर्छु भनेर काम खोजेँ। ५ महिना बिते। तर अहँ केही काम पाइनँ। मजस्ताले देशमा काम नपाउने रहेछौं। छोराछोरीको भविष्य र छाक टार्नकै लागि फेरि परदेश जाने सोच बनाएँ। तर सरकारले परदेशको बाटो पनि बन्द गरिदिएको रहेछ। खबर सुनियो, ‘अब श्रम स्वीकृति लिएर घरको काममा जान मिल्दैन रे।’

म अलमलमा परेँ। न देशमा काम छ। न परदेश जाने बाटो छ। म के गरौँ प्रधानमन्त्रीज्यू? म के गरौँ? 

तपाईं त्यो ठाउँमा आफूलाई राखेर सोच्नुस्। कुवेतको बन्द कोठाबाट अश्रुधारा मिसिएको यो चिठीमा म एउटा प्रश्न तपाईंलाई गर्न चाहान्छु। यदि तपाईंलाई यस्तै समस्या परेको भए के गर्नुहुन्थ्यो प्रधानमन्त्री ज्यू? मैले चाहीँ त्यो बेला ज्यानको बाजी थापिदिएँ। मर्नै परे आफ्नै परिवार र छोराछोरीकै लागि मरियोस् न बरु भनेर भारतको अवैध बाटो हुँदै म कुवेत हानिएँ।

म दोस्रो पटक कुवेत आएको २ वर्ष पुरा भयो। घरको काम छाडेर म कुवेतको एक विद्यालयमा काम गर्दै थिएँ। कमाइ पनि ठिकै थियो। घर परिवार धान्न र छोराछोरीको पढाइ खर्च जुटाइरहेकी थिएँ। तपाईंले सम्झिनुभयो भने नेपालको अर्थतन्त्र धान्दै आएको रेमिट्यान्सको थोरै हिस्सामा मेरो पसिना पनि मिसिएकै हो। तर समय सधैं एकनाश कहाँ हुँदो रहेछ र प्रधानमन्त्रीज्यू? 

अहिले समग्र विश्व कोरोना भाइरसका कारण आक्रान्त छ। कोरोनाको चपेटामा परेको विश्वसामु निरीह भएर म विगत २ महिनादेखि कुवेतको बन्द कोठामा छु। कोठाको मासिक भाडा २० हजार छ। साथीहरु मिलेर बसेका थियौँ र भाडा तिरेका थियौँ। अहिले त न काम छ‚ न साथीहरु। फिलिपिनो साथीहरुलाई त्यहाँको सरकारले उद्धार गरेर लगिसक्यो। भारतीय साथीहरुलाई पनि १२ अप्रिलमा भारतले उद्धार गरेर लैजाँदैछ। 

त्यसपछि म एक्लैले कोठाभाडा कसरी तिर्ने? घर मालिकले कोठाबाट निकालेपछि म कहाँ जाने? 

Ncell 2
Ncell 2
nimb
nimb

कुवेत सरकारले घर भाडा नलिनु त भनेको छ तर घरधनीले कम्पनीमा काम गर्नेलाई पो फ्रि भनेको तिमीहरुलाई होइन भनेको छ। दुई महिनादेखि हरेक रातहरु भोक र त्रासबीच बितिरहेका छन्। कोरोनाले भन्दा पनि भोकले मर्ने दिन आएको छ। दश नंग्रा खियाएर खाने मान्छे‚ अहिले भोक मेटाउनकै लागि माग्न बाध्य छु। कोही मनकारी मान्छेले दिए भने भोक टर्छ। कहिलेकाँही आँशु पिएर पनि अघाएकी छु। 

देश लकडाउन छ। बन्द कोठामा आँशु पिएर जीन्दगीको हिसाब गरिरहेकी छु। कहिले काँही त लाग्छ यस्तै हो भने आफ्नो माटो टेकेर छोराछोरीका साथ मर्न पाउँदिन होला। छोराछोरीले मेरो मुख नदेखी परदेशमै मर्छु होला। 

प्रधानमन्त्रीज्यू परदेशबाट म आँशुको मसीले पत्र लेखिरहेकी छु। सबै मुलुकहरुले समस्यामा परेका आफ्ना नागरिकहरुलाई उद्धार गरिरहेका छन्। तपाईं पनि देखिरहनुभएको छ। तर तपाईंको मुटुले कसरी ढुक्कको श्वास फेरिरहेको छ? परदेशमा भोकले छट्पटाइरहेका सन्तानको बाटो छेकेर?

म धेरै पढेको त छैन प्रधानमन्त्रीज्यू तर नेपाली भाषा बुझ्न, बोल्न र सामान्य लेख्न सक्छु। तपाईंहरुले भनिरहनु भएको छ, ‘सबै नेपाली जहाँ‚ जस्तो अवस्थामा हुनुहुन्छ ढुक्क भएर बस्नुस्। परदेशमा केही समस्या परे दूतावासले सहयोग गर्छ।’ तर यहाँ दूतावासको फोन उठ्दैन। केही दिनअघि बल्लबल्ल फोन उठ्यो। ‘तपाईं भारतको बाटो हुँदै आउनुभएको रहेछ। हामी तपाईंलाई केही गर्न सक्दैनौँ‚’ दूतावासले जवाफ दियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अब म कहाँ जाने?, पीडा कोसँग पोख्ने? सारा नेपालीको अभिभावक ठानेर म आज तपाईंलाई पत्र लेखिरहेकी छु। प्रधानमन्त्रीज्यू कि यो आपतकालीन अवस्थाभरी श्वास अल्झाउने व्यवस्था गरिदिनुस्, होइन भने देश फर्किने बाटो खुल्ला गरिदिनुस्। 

परदेशमा भोकभोकै मर्नुभन्दा बरु आफ्नै माटोमा भोकै मर्न चाहन्छु। 

बबिता बराइली
शरणामती-६, झापा
हाल कुवेत

प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  १९:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
सम्बन्धित सामग्री
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? हालको सिजन नरेन्द्र मोदीको सत्ताका २५ वर्ष र त्यसपछिको समयका बारेमा छलफल गर्ने चलिरहेको छ। उनका समर्थकहरू उत्सव मनाइरहेका छन्। उनको... आइतबार, असोज २५, २०८३
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्