• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

कुवेतबाट प्रधानमन्त्री ओलीलाई चेलीको चिठी : भोकै भएपनि आफ्नै देशमा मर्न चाहन्छु

64x64
नेपाल लाइभ सोमबार, चैत २४, २०७६  १९:५४
1140x725

प्रिय प्रधानमन्त्री ज्यू, 
तपाईंलाई थाहै छ, हामी भाग्यमानी देशका अभागी नेपाली हौँ। स्वर्गजस्तो देशमा जन्मिएर एक छाक टार्न परदेशको ढोका चहार्न बाध्य छौँ। पाएसम्म त आफ्नै देशमा पसिना बगाउँछौं। तर बाध्यता छ‚ त्यो तपाईंले पनि बुझेकै कुरा हो। परिवारसँगै हाँसिखुसी बस्छु भन्ने रहर कसलाई नहुँदो हो र? तर रहरभन्दा विवशता डरलाग्दो हुने रहेछ। कामका लागि रात दिन भौतारिँदा पनि केही उपाय नलागेपछि म परदेशको बाटो रोज्न विवश भएँ। 

कति रहर थाती राखिदिएँ। दुई वर्षकी दुधे छोरी छाडेर म कुवेत हानिएँ। ३ वर्षसम्म मैले कुवेतमा एउटा घरमा काम गरेँ। बालबच्चा स्याहारसुसार गर्ने, घर सरसफाइ गर्ने, खाना पकाउने इत्यादि। ३ वर्षपछि २०७४ मा म आफ्नै देश फर्किएँ। म परदेश हिँड्दा तातेताते गर्न सुरु गरेकी मेरी छोरी फर्किँदा ठूली भइसकिछन्। देख्ने बित्तिकै छोरीले मलाई आमा भनेर ठम्याउन नसक्दा चसक्क घोचेको मुटु अहिलेसम्म दुखेको छ। 

३ वर्ष परदेश भोगेको मन स-साना छोराछोरी र वृद्ध भएका श्रीमानसँग देशमै बसौँ भनिरहेको थियो।  फेरि पनि देशमै केही गर्छु भनेर काम खोजेँ। ५ महिना बिते। तर अहँ केही काम पाइनँ। मजस्ताले देशमा काम नपाउने रहेछौं। छोराछोरीको भविष्य र छाक टार्नकै लागि फेरि परदेश जाने सोच बनाएँ। तर सरकारले परदेशको बाटो पनि बन्द गरिदिएको रहेछ। खबर सुनियो, ‘अब श्रम स्वीकृति लिएर घरको काममा जान मिल्दैन रे।’

म अलमलमा परेँ। न देशमा काम छ। न परदेश जाने बाटो छ। म के गरौँ प्रधानमन्त्रीज्यू? म के गरौँ? 

तपाईं त्यो ठाउँमा आफूलाई राखेर सोच्नुस्। कुवेतको बन्द कोठाबाट अश्रुधारा मिसिएको यो चिठीमा म एउटा प्रश्न तपाईंलाई गर्न चाहान्छु। यदि तपाईंलाई यस्तै समस्या परेको भए के गर्नुहुन्थ्यो प्रधानमन्त्री ज्यू? मैले चाहीँ त्यो बेला ज्यानको बाजी थापिदिएँ। मर्नै परे आफ्नै परिवार र छोराछोरीकै लागि मरियोस् न बरु भनेर भारतको अवैध बाटो हुँदै म कुवेत हानिएँ।

म दोस्रो पटक कुवेत आएको २ वर्ष पुरा भयो। घरको काम छाडेर म कुवेतको एक विद्यालयमा काम गर्दै थिएँ। कमाइ पनि ठिकै थियो। घर परिवार धान्न र छोराछोरीको पढाइ खर्च जुटाइरहेकी थिएँ। तपाईंले सम्झिनुभयो भने नेपालको अर्थतन्त्र धान्दै आएको रेमिट्यान्सको थोरै हिस्सामा मेरो पसिना पनि मिसिएकै हो। तर समय सधैं एकनाश कहाँ हुँदो रहेछ र प्रधानमन्त्रीज्यू? 

अहिले समग्र विश्व कोरोना भाइरसका कारण आक्रान्त छ। कोरोनाको चपेटामा परेको विश्वसामु निरीह भएर म विगत २ महिनादेखि कुवेतको बन्द कोठामा छु। कोठाको मासिक भाडा २० हजार छ। साथीहरु मिलेर बसेका थियौँ र भाडा तिरेका थियौँ। अहिले त न काम छ‚ न साथीहरु। फिलिपिनो साथीहरुलाई त्यहाँको सरकारले उद्धार गरेर लगिसक्यो। भारतीय साथीहरुलाई पनि १२ अप्रिलमा भारतले उद्धार गरेर लैजाँदैछ। 

त्यसपछि म एक्लैले कोठाभाडा कसरी तिर्ने? घर मालिकले कोठाबाट निकालेपछि म कहाँ जाने? 

Ncell 2
Ncell 2

कुवेत सरकारले घर भाडा नलिनु त भनेको छ तर घरधनीले कम्पनीमा काम गर्नेलाई पो फ्रि भनेको तिमीहरुलाई होइन भनेको छ। दुई महिनादेखि हरेक रातहरु भोक र त्रासबीच बितिरहेका छन्। कोरोनाले भन्दा पनि भोकले मर्ने दिन आएको छ। दश नंग्रा खियाएर खाने मान्छे‚ अहिले भोक मेटाउनकै लागि माग्न बाध्य छु। कोही मनकारी मान्छेले दिए भने भोक टर्छ। कहिलेकाँही आँशु पिएर पनि अघाएकी छु। 

देश लकडाउन छ। बन्द कोठामा आँशु पिएर जीन्दगीको हिसाब गरिरहेकी छु। कहिले काँही त लाग्छ यस्तै हो भने आफ्नो माटो टेकेर छोराछोरीका साथ मर्न पाउँदिन होला। छोराछोरीले मेरो मुख नदेखी परदेशमै मर्छु होला। 

प्रधानमन्त्रीज्यू परदेशबाट म आँशुको मसीले पत्र लेखिरहेकी छु। सबै मुलुकहरुले समस्यामा परेका आफ्ना नागरिकहरुलाई उद्धार गरिरहेका छन्। तपाईं पनि देखिरहनुभएको छ। तर तपाईंको मुटुले कसरी ढुक्कको श्वास फेरिरहेको छ? परदेशमा भोकले छट्पटाइरहेका सन्तानको बाटो छेकेर?

म धेरै पढेको त छैन प्रधानमन्त्रीज्यू तर नेपाली भाषा बुझ्न, बोल्न र सामान्य लेख्न सक्छु। तपाईंहरुले भनिरहनु भएको छ, ‘सबै नेपाली जहाँ‚ जस्तो अवस्थामा हुनुहुन्छ ढुक्क भएर बस्नुस्। परदेशमा केही समस्या परे दूतावासले सहयोग गर्छ।’ तर यहाँ दूतावासको फोन उठ्दैन। केही दिनअघि बल्लबल्ल फोन उठ्यो। ‘तपाईं भारतको बाटो हुँदै आउनुभएको रहेछ। हामी तपाईंलाई केही गर्न सक्दैनौँ‚’ दूतावासले जवाफ दियो। 

अब म कहाँ जाने?, पीडा कोसँग पोख्ने? सारा नेपालीको अभिभावक ठानेर म आज तपाईंलाई पत्र लेखिरहेकी छु। प्रधानमन्त्रीज्यू कि यो आपतकालीन अवस्थाभरी श्वास अल्झाउने व्यवस्था गरिदिनुस्, होइन भने देश फर्किने बाटो खुल्ला गरिदिनुस्। 

परदेशमा भोकभोकै मर्नुभन्दा बरु आफ्नै माटोमा भोकै मर्न चाहन्छु। 

बबिता बराइली
शरणामती-६, झापा
हाल कुवेत

प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  १९:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस्
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता
सम्बन्धित सामग्री
लिपुलेकबारे चीन र भारतबीच भएको सहमतिमा प्रधानमन्त्री ओलीले जनाए आपत्ति शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहर पुगेका ओली र सीबीच चीनको थियानजिन अतिथि गृहमा भेटवार्ता भ... शनिबार, भदौ १४, २०८२
आउँदो चुनाव पछि रास्वपालाई सबैभन्दा ठूलो र निर्णायक पार्टी बनाउने प्रयासमा छौं : डा वाग्ले झन्डै एक साता लामो  क्यानडा भ्रमणका क्रममा राजधानी अटवामा नेप्लिज क्यानडियन एसोसियशन अफ अटवाद्वारा आयोजित एक अन्तरक्रियालाई सम्बोधनग... शुक्रबार, भदौ १३, २०८२
एनआरएन क्यानडाको अध्यक्ष पदमा उम्मेदवार किरोज श्रेष्ठलाई , डा. धरेल र इञ्जिनियर महर्जनको साथ डा. धरेल शीर्ष २५ इमिग्रेन्ट्स अवार्ड विजेता हुन् । धरेल हाल क्यानाडियन मल्टिकल्चरल काउन्सिलका अध्यक्ष समेत हुन् । क्यानाडाको बहुसां... बिहीबार, साउन ८, २०८२
ताजा समाचारसबै
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशनमा गगन–विश्वप्रकाशको सम्बोधन (LIVE) आइतबार, पुस २७, २०८२
कांग्रेस दास र लासहरूको पार्टी होइन, अब कांग्रेसमा कार्यकर्तालाई हेप्ने दिन सकिए : गगन थापा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्