• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १, २०८३ Mon, Aug 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

राष्ट्रिय च्याम्पियनको निराश समय - ‘यस्तो दिन पनि आउँदो रहेछ’

64x64
सराेज तामाङ सोमबार, चैत २४, २०७६  १०:१६
1140x725

काठमाडौं- कोरोना भाइरस (कोभिड १९) को त्रास बढ्दो छ। लकडाउनको जीवन बाँचेको दुई हप्ता भइसक्दा पनि अझै कति कठीन समय आउने हो यकिन छैन। हुने खानेका लागि खानपानमा अप्ठ्यारो नभए पनि गरीखानेको हातमुख पनि बन्द छ। भुँइमान्छेसँगै हरेकमा उन्मुक्तिको चिन्ता देखिन्छ।

यसबाट खेलाडीहरु पनि पछि छैनन्। ठप्प खेल गतिविधिमा घरभित्रको बन्दी समय कटाउन गाह्रो भइरहेको छ भने अर्को त आफू कसरी फिट रहने भन्ने चिन्ता पनि छ। कोरोनाबाट ज्यान गुमाउने बढिरहँदा विश्वमा आर्थिक संकट देखिँदैछ। 

त्यसको प्रत्यक्ष असर खेलकुदमा नै जीवन समर्पित गरेका खेलाडीमा पनि परेको छ। यसबाट नेपाली खेलकुद र खेलाडी पनि अछुतो छैन। यो त्रास राष्ट्रिय ब्याडमिन्टन च्याम्पियन खेलाडी दिपेश धामीमा पनि छ। मानव अस्तित्वलाई चुनौती दिइरहेको भाइरसको डरबाट दिपेश पो कसरी पर हुन् र। 

हुन त नेपाली खेलकुद व्यवसायिक हुन सकेको छैन। केही प्रतियोगिताको सहभागिताका लागि वर्षौं अभ्यासमा खटिनुपर्ने हुन्छ। दैनिक ज्यालादारीको जस्तो जीवन गुजार्न बाध्य त्यस्ता खेलाडीको अवस्था अहिले कस्तो होला? यसबारे संघ र राष्ट्रले नजर एक पटक लाउनै पर्छ।

‘डर त निकै छ’
महेन्द्रनगरका राष्ट्रिय च्याम्पियन ब्याडमिन्टन खेलाडी दिपेश धामी यतिबेला घरैमा बसेर लकडाउन कटाइ रहेका छन्। दिपेशलाई लाग्छ मानवलाई घरभित्र राखेर यतिबेला कोरोना हनिमुनका लागि विश्व भ्रमणमा छ।

सधैँ अभ्यास, लक्ष्य, निश्चित गन्तब्य र रणनीतिमा रहने दिपेश यतिबेला शून्य शून्य छन्। बिहान भएपछि रात कहिले पर्छ भन्नेमै दिन जान्छ। व्यस्त व्यस्तै रहने दिपेशको दिनचर्या कस्तो छ त? 

उराठलाग्दो गरी दिपेश भन्छन्, ‘सोचेको थिइनँ कि यस्तो पनि दिन आउँछ। तर आउँदो रहेछ। बिहान ढिलो गरी उठ्ने गरेको छु। त्यसपछि हल्का अभ्यासहरु गर्छु। त्यसबाहेक आमाबाबासँग गफहरु गरेर बस्ने। युट्युव चलाएर बस्ने यस्तै छ।’

nimb
nimb
Ncell 2
Ncell 2

धनगढी लगायत तराईका भूभाग कोरोनाको उच्च जोखिममा छ। धनगढीकै एक युवाबाट उनकी भाउजुमा कोरोना सरिसकेको अवस्था छ। त्यस्तै भारतमा कोरोना तिब्रगतिमा फैलिँदा त्यहाँ ज्याला मजदुरी गरेर स्वदेश र्फर्किन चाहने नेपाली पनि सीमा पारी नै अलपत्र अवस्थामा छन्। त्यसैले पनि तराईका भू-भाग जोखिममा छ। यसबाट महेन्द्रनगर पर हुन सक्दैन।

‘कोरोनाको त्रास निकै छ। मान्छेहरु कोही पनि बाहिर निस्किरहेका छैनन्। सबैले लकडाउनको पालना गरेका छन्। पुलिसहरु हिँडिरहेका हुन्छन्। सीमा पारी पनि नेपालीहरु धेरै छन् रे’। दिपेशले सुनाए, ‘विश्वभर मान्छेले अकालमै ज्यान गुमाएका छन्। नेपालमा पनि देखा परिसकेको अवस्था छ। डर त निकै छ।’

आमाको दुबै मृगौला फेल..
दिपेश आफू ब्याडमिन्टनमा लाग्नुको मुख्य श्रेय बाबा हरकसिंह धामीलाई दिन्छन्। उनी बाबाकै कारण यो स्थानसम्म आइपुगेको बताउँछन्। उनी एसएलसी सकाएर भारतको हैदरावादमा ब्याडमिन्टन सिक्न गएका थिए।

यहाँसम्मको यात्रा गर्न उनको बाबाको मुख्य भूमिका छ। उनकी आमा झुपादेवी धामी अलिक अस्वस्थ  छन्। एक वर्षअघि दुबै मृगौला फेल भएपछि अहिले उनकी आमा सातामा दुई पटक सोमबार र बिहीबार डाइलासिस गरिरहेकी छिन्। दिपेश आफूलाई भन्दा पनि ‘लकडाउन’ को कारण आमालाई समस्या आएको सुनाउँछन्।

‘मेरो आमा मृगौलाको बिरामी हुनुहुन्छ। उहाँलाई डाइलसिस गर्न लानु पर्छ। त्यो बेला चाहिँ गाह्रो भइरहेको छ। धनगढी लानु पर्छ। सातामा दुई पटक डाइलसिस गर्नु पर्छ। लकडाउनले निकै समस्या ल्याएको छ।’

करिब ६ महिना काठमाडौं मै उपचार गराइरहेकी दिपेशकी आमा झुपादेवीले करिब ६ महिना भयो धनगढीमा डाइलसिस गर्न थालेको। विरामीहरुको लागि पुलिसबाट कुनै रोकतोक त छैन। तर लकडाउनकै कारण अन्य समस्याहरु नआएको भने होइन। सधैँ सकारात्मक विचार राख्ने दिपेश भन्छन्, ‘समस्या त छ तर विस्तारै सबै ठीक हुन्छ। कामना गरौं।’

अब फेरि शून्यबाट
खुकुरी जति चलायो उति लाग्ने भन्ने नेपाली लोकोक्ति जस्तो खेलाडी पनि उस्तै हुन्। अभ्यास गरिरह्यो उति निखारपन, उति राम्रो।

अभ्यास नगरी बसे जस्तो सुकै राम्रा खेलाडी पनि शुन्यमा झर्छन्। दिपेशलाई पनि आफू अहिले शुन्यमा महसुश हुन्छ। हुन पनि उनले ब्याडमिन्टन सिक्न थालेपछि पहिलो पटक यति लामो समय विना अभ्यास बस्नु परेको छ।

दिपेश कृष्णमोहन राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको तयारीमा थिए। आफ्नो लयलाई कायमै राख्दै कृष्णमोहन ब्याडमिन्टनमा पनि राम्रो नतिजा ल्याउने दिपेशको एउटा संकल्प थियो। तर कोरोनाको कारण प्रतियोगिता हुन सकेन। दिपेश पनि तयारीलाई छोडेर आफ्नो गृहनगर लागे। त्यसपश्चात उनका लागि ब्याडमिन्टन कोर्ट विरानो बनेको छ।

‘कृष्णमोहन राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको लागि हामीले अभ्यास गरी रहेका थियौं। तर एक्कासी कोरोनाले यस्तो महामारी लियो। त्यसपछि मैले अभ्यास नै गर्न पाएको छैन’, दिपेशले सुनाए।

त्यसो त दिपेश आफ्नै सक्रियतामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जर्मन अथवा क्यानाडा जाने योजनामा थिए। उनले यो कुरा नेपाल ब्याडमिन्टन संघमा पनि राखेका थिए। संघका पदाधिकारी पनि सकारात्मक थिए। तर यो योजनालाई पनि कोरोनाले नै चौपट बनायो।

अब लामो समयसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता हुने छैनन्। खेलाडी अभ्यासमा फर्किन पनि लामै समय लाग्ने निश्चित छ। यस्तो अवस्थामा खेलाडीको लय खस्किनेदेखि अनेक समस्या आउने छ। यो कुरामा दिपेश पनि सहमत छन्।

भन्छन्, ‘पहिलेकै लयमा आउन त निकै समय लाग्छ नै। किनभने त्यहि स्टामिना ल्याउन, त्यही स्टोक ल्याउन त समय लागि हाल्छ। अहिले यसरी अभ्यास विना बस्दा शुन्यमा झरेको हुन्छ। अब हामीले अभ्यास गर्दा पनि शुन्यबाटै थाल्नु पर्छ।’

अर्को विकल्प छैन
गत बैशाखमा प्रदेश ५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट दिपेश राष्ट्रिय च्याम्पियनको रुपमा उदाए। तत्कालिन च्याम्पियन रत्नजीत तामाङलाई फाइनलमा २१–१६ र २१–१४ को सेटमा पराजित गर्दै पहिलो पटक दिपेश च्याम्पियन बनेका थिए।

२०६९ सालदेखि एकक्षत्र राज गर्दै आएका रत्नजीतको च्याम्पियन गतिलाई रोकेका दिपेशले त्यसबेला भनेका थिए, ‘राष्ट्रिय च्याम्पियन सपना पूरा भएको छ।’

तर अहिले दैनिकी नै परिवर्तन हुँदा उनमा पनि धेरै परिवर्तन भएको छ। उठ्ने, बस्नेदेखि खानेसम्म परिवर्तन छ। उनको शरीर पनि अल्छी भएको छ। भन्छन्, ‘अल्छी अल्छी नै भइँदो रहेछ। खाने सुत्ने। फेरि उठ्ने खाने। यस्तै छ। अरु केही छैन। बानी जस्तो गरे पनि त्यस्तो हुँदो रहेछ। पहिले अभ्यास हुन्थ्यो गरिन्थ्यो। अहिले घरभित्रको घर भित्रै बस्यो खायो। यहि न हो।’

धेरै लामो समयपछि आमाबाबासँगै बस्नु पाएको छु भन्दै चित्त बुझाउनु बाहेक दिपेशमा अर्को विकल्प छैन।

कोरोनाबाट मान्छेले अकालमै ज्यान गुमाउँदा त्यसको पीडा दिपेशमा पनि छ। अब फेरि यस्तो कहिल्यै नहोस् भन्दै गरेका दिपेशलाई कोरोना संक्रमित तथा कोरोनाबाट ज्यान गुमाउनेका परिवारप्रति भन्छन्, ‘कोरोनाबाट ज्यान गुमाएकाको आत्माले शान्ति पाओस्। उनीहरुका परिवारमा धैर्यधारण गर्न सक्ने क्षमता मिलोस्। कोरोना लाग्यो भन्दैमा धेरै नआतिनु होला। कोरोना लागेको वितिकै जीवन नै अन्त्य हुने भन्ने पनि होइन। आइसोलेसनमा बसेर राम्रो उपचार गर्नुपर्छ।’

प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  १०:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
पब्जी मोबाइल विश्वकपमा नेपालको होरा ईस्पोर्ट्स आठौं स्थानमा, झन्डै दुई करोड पुरस्कार जित्यो आइतबार, साउन ३१, २०८३
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय आइतबार, साउन ३१, २०८३
विपद् प्रभावित क्षेत्रमा उद्धारमा खटिन जनप्रतिनिधि र कार्यकर्तालाई कांग्रेसको निर्देशन आइतबार, साउन ३१, २०८३
झापामा १३ ग्राम ६४० मिलिग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ आइतबार, साउन ३१, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी आइतबार, साउन ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
भ्रमणमा गएका मन्त्री शुनिल लम्साललाई के भएको हो? हेलिकप्टरबाट ल्याइँदै आइतबार, साउन ३१, २०८३
निर्णय सुनाउने बेला निधि र महतबीच भयो धकेलाधकेल आइतबार, साउन ३१, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
किन भयो देउवा पक्षको भेलाको ब्यानर नै परिवर्तन ? शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्