• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सरकारलाई कांग्रेसको जिज्ञासा- चैत्र २५ पछिको रणनीति र योजना के?

64x64
लिलु डुम्रे शनिबार, चैत २२, २०७६  ११:३६
1140x725

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोभिड-१९ का विरुद्ध लड्न सरकारको पहलकदमी प्रर्याप्त नभएको निष्कर्ष निकालेको छ। कोरोना संक्रमणसँग जुध्न सरकारले गरेको प्रयास र प्रभावकारितामा समेत उसले प्रश्न उठाएको छ।

मेडिकल खरिद प्रक्रियामा भएको आर्थिक अनियमिता, राहत प्याकेज, सीमामा अलपत्र नागरिक, स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्री, सेनालाई मेडिकल सामग्री खरिदको जिम्मेवारी लगायतमा कांग्रेसले प्रश्न उठाएको हो।

कोरोना संक्रमण तथा रोकथामका लागि लागू भएको लकडाउनलाई पूर्ण समर्थन गरेको कांग्रेसले सरकारको कार्यक्षमता र कार्यशैलीको प्रश्न उठाएको छ। लकडाउनमा घरमै सीमित पदाधिकारी तथा केन्द्रीय नेताहरुले वक्तव्य र सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखिरहेका छन्।

पार्टी सभापति शेरबहादुर देउवाले मेडिकल सामग्री खरिद प्रकरणमा भएको अनियमितताले देशकै प्रतिष्ठामा आघात पुर्‍याएको बताए।

अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेण्डर प्रक्रियाको अपारदर्शीता, बढी मूल्य निकासा गराएर राज्य कोषको दोहन गरिएको देउवाको ठहर छ।

खरिद प्रक्रियामा ढिलो हुनु तथा अनियमितता पनि जोडिनुपछि उनले कार्यप्रणालीप्रति असन्तुष्टिको जनाए। स्वास्थ्य तथा जनसंख्या मन्त्रीको नाम नलिएर देउवाले उनलाई जिम्मेवारीबाट मुक्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरे। खरिदमा ढिलासुस्ती र अनियमिततामा सामेलहरुलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारबाही गर्न उनको माग छ।

भ्रष्टाचार र विश्व स्वास्थ संगठनको मापदण्ड विपरितको कमसल सामग्री खरिद कार्य आपत्तिजनक र लज्जास्पद भएकाले माफीयोग्य घटना नभएको देउवाको जिकिर छ। प्रधानमन्त्रीलाई उनको प्रश्न छ, ‘खरिद अनियमितताको अनुसन्धान र कारबाहीमा किन ढिलाइ गरिंदैछ?’

बन्द समाजको समयमा भ्रष्टचारले प्रश्रय पाउने उल्लेख गर्दै देउवाले अपारदर्शी खरिद प्रकरणको गहिरो अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग आग्रह गरे।

Ncell 2
Ncell 2
nimb
nimb

यसबीचमा दुईपटक सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष प्रसारणमा जोडिएका वरिष्ठ नेता रामचन्द्र पौडेलले कुनै विज्ञप्ति भने निकालेका छैनन्। अघिल्लो फेसबुक लाइभको पार्टीभित्रै आलोचना खेपेका पौडेलले शुक्रबार सरकारका कामकारबाही बारे प्रश्न उठाए।

पछिल्लो समय सरकारी निर्णय र भ्रष्टाचार प्रकरणमै केन्द्रित रहेर नेता पौडेलले अभिव्यक्ति दिए। खरिद प्रक्रियाका लागि सरकारले ओम्नीसँगका सम्झौता रद्द गरिएको थियो। ओम्नीसँग सम्झौता रद्द भएसँगै सेनालाई अघि सारिएको थियो। सेनालाई खरिद प्रक्रियामा अघि सारिएको प्रति नेता पौडेलको आपत्ति थियो।

राज्यका अन्य अंगलाई अविश्वास गरेर सेनालाई खरिदको जिम्मेवारी दिइएकोमा उनको असन्तुष्टि थियो। सेनाले गरेका कार्यमा अख्तियारले प्रश्न उठाउन नपाउने भएसँगै राज्य सञ्चालकले सुरक्षित बाटो अपनाएको पौडेलको बुझाई छ। उनले भने, ‘स्वास्थ्य सामाग्री खरिद सेनाले गर्दा छानविन हुँदैन भन्ने मानसिकता सरकार सञ्चालकमा देखियो।’

संकटको बेलामा स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार हुनु दुर्भाग्यपूर्ण भएको उनको बुझाई छ।

मन्त्रिपरिषदको निर्णय र बाहिर सार्वजनिक निर्णय फरक फरक भएकोमा उनले सरकारको विश्वसनियता माथि प्रश्न उठाए। सामाग्री खरिदमा भएको भ्रष्टाचार ढाकछोपका लागि फरक फरक दृष्टिकोण आएको हुनसक्ने आंशका व्यक्त गरे।

पूर्व चिकित्सक समेत रहेका महामन्त्री डा शशांक कोइरालाले चिकित्सकको मनोबल सरकारले घटाएको आरोप लगाए। लकडाउनकै समयमा दुईपटक विज्ञप्ति निकालेका कोइरालाले सरकारका प्रयत्न परिणाममुखी र प्रभावकारी नभएको टिप्पणी गरे।

सरकारले गरेका कार्य प्रभावकारी नहुँदा सरकारको विश्वसनियतामाथि नै प्रश्न उठेको कोइरालाको बुझाई छ। कोरोना भाइरसको विश्वव्यापी महामारीसँग जुध्नको लागि गरेका तयारी र प्रभावकारितको समीक्षा गर्न उनले सरकारलाई नै आग्रह गरे।

ठेक्काको खरिद प्रक्रियामा अनियमितता प्रकरणसँगै अवरुद्ध भएको खरिद प्रक्रियाले सरकार जहाँको त्यहीँको स्थितिमा पुगेको उनको निष्कर्ष छ। सेनालाई मेडिकल सामग्री खरिद गर्न दिने प्रक्रियाले वर्तमान प्रणाली कमजोर हुने उनको तर्क छ। विवादास्पद स्वास्थ्य उपकरणहरुको खरिद प्रक्रियामार्फत भएको आर्थिक अनियमितता छानबिन गर्न माग गरेका छन्। 

कोरोना संक्रमणको समयमा अन्य रोगका बिरामीहरुले उपचार नपाउने स्थिति पैदा हुनु चिन्ताको विषय भएको बताए।

प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई पत्र लेखेर दर्जनौं प्रश्नको ध्यानाकर्षण गराए। वक्तव्य तथा सामाजिक सञ्जाल मार्फत सरकार गैरजिम्मेवारपन र ध्यान दिनुपर्ने विषयमा सचेत बनाए। ‘कोरोना भाइरस फैलिएको चार महिना पुगिसक्दा पनि पिपिई, परीक्षण किट, भेन्टिलेटर लगायत अत्यावश्यक सामग्रीको पर्याप्त जोहो नगरिनू सरकारको गैह्रजिम्मेवारी थियो’, प्रवक्ता शर्माको भनाई छ।

समयमै सामग्री आयातको योजना, तयारी र प्रक्रिया नथाल्नु सरकारको गैरजिम्मेवारी र सरकारका कार्यक्षमतामा संकट रहेको बताए। लकडाउनको समयमा आकस्मिक खरिद प्रक्रियाले झनै सन्देह पैदा गरेको उनको बुझाई छ। पारदर्शिताको प्रक्रिया लत्याएर बजार मूल्य भन्दा अत्यधिक रकम निकासा गरी राज्यकोषको दुरुपयोग गरेको उनको ठहर छ।

खरिद प्रक्रियामा भएको अनियमिततामा प्रधानमन्त्रीको अघि दुई विकल्प रहेको उनले सुझाए। खरिद प्रक्रियामा तालुक मन्त्रालयको जिम्मेवारी सम्हालेका भानुभक्त ढकाललाई ढाकछोप गर्ने वा आरोपी उनलाई पदमुक्त गरी अनुसन्धानमा सघाउने।

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका कांग्रेसका अर्का नेता गगन थापाको लकडाउनको खटाई तुलनात्मक रुपमा बढी देखिएको छ। सरकारलाई जवाफदेही र सचेत बनाउन उनले सामाजिक सञ्जालको भरपूर उपयोग गरेका छन्।

सरकारको घोषणासँगै लकडाउनको पूर्ण कार्यान्वयनका लागि सर्वसाधारणलाई अपिल गरेका थापाले सरकारका अन्य कदममा प्रश्न उठाइरहे। स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको कार्यलाई घिनलाग्दो कृत्यको संज्ञा दिए। मेडिकल सामग्री खरिद प्रकरणमा भएको अनियमिततालाई ‘दिन ढल्यो, कुरा बिर्सियो’  हुन नदिने प्रतिवद्धता जनाए। ‘वास्तविक दोषी दण्डित नहुन्जेल प्रश्न उठाउन नछाडौं’, उनको आग्रह छ।

लकडाउनको समयमा आफ्नो कौशलता देखाउन नसकेको सरकारले चैत २५ पछि के गर्छ? थापालाई संशय छ। उनको सरकारलाई प्रश्न छ, ‘सरकार! चैत्र २५ पछिको हाम्रो रणनीति र योजना के?’

केन्द्रीय सदस्य प्रदीप पौडेलले लकडाउनका समयमा सामाजिक सञ्जाल मार्फत सरकारलाई प्रश्न तेर्स्याइरहेका छन्। सीमामा रहेका नेपालीको व्यथा, निजी अस्पतालको निर्दयीपन र मेडिकल खरिद प्रक्रियामा सरकारको नियतका प्रश्न उठाइरहेका छन्।

कोरोना संक्रमणलाई रोक्नु पहिलो प्राथमिकता भए पनि अन्य बिरामीले अस्पतालको निरन्तर वा आकस्मिक सेवा नपाउनु दुःखद पक्ष भएको बताए।

मेडिकल सामग्री खरिद प्रक्रियाले सरकार नै विश्वासको संकटमा परेको उनको बुझाई छ। नेता पौडेल भन्छन्, ‘मन्त्रिमण्डल नै बिचौलियाहरूको समूह जस्तो देखिन्छ।

प्रधानमन्त्रीमाथि भरोसा हुनका लागि रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री ढकाललाई बर्खास्त गर्न उनको माग छ।

बालुवाटारमा ‘सिनो’को महाभोज लगाउने प्रयत्न भएको उनको आरोप छ।

प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  ११:३६
  • #nepalicongress
  • #coronaupdate

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी: एक हजार २९३ शव फेला शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री शुक्रबार, भदौ १९, २०८३
पहिरो खसेपछि दार्चुलाको चौलानी नदी थुनिने जोखिम, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह शुक्रबार, भदौ १९, २०८३
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्