• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना कहर : ७५ प्रतिशतले घट्यो रेमिट्यान्स

अवस्था लम्बिँदै गए अन्तर्राष्ट्रिय निकायसँग हात थाप्नुपर्ने
64x64
अरुण सापकोटा बिहीबार, चैत २०, २०७६  ०९:०८
1140x725

काठमाडौं- कोरोना भाइरसको जोखिम बढ्दै जाँदा रेमिट्यान्समा प्रत्यक्ष प्रभाव देखिन थालेको छ। नेपाल भित्रिने रेमिट्यान्स पछिल्लो १५ दिनमा ७५ प्रतिशतले घटेको रेमिट सञ्चालकहरुले बताएका छन्। नेपालमा मासिक ७०/७५ अर्ब रुपैयाँको रेमिट्यान्स भित्रिने गरेको छ। अहिलेकै अवस्था अझ केही दिन बढ्ने हो भने मासिक रूपमा १५ अर्ब रुपैयाँ पनि नआउने आइएमई रेमिटका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल बताउँछन्। 

सरकारले लकडाउन घोषणा गर्नुअघि भारतबाट आउने रेमिट्यान्समा खासै प्रभाव परेको थिएन। तर लकडाउनपछि धेरै नै घटिरहेको उनले जानकारी दिए 

भारतबाट मात्रै १० अर्ब हाराहारीको रेमिट्यान्स आउने गरेको थियो। भारतले पछिल्लो समय २१ दिन लकडाउन गरेको छ। यसले रेमिट्यान्समा थप दबाब सिर्जना गरेको हो। नेपालको रेमिट्यान्स भित्रिने प्रमुख प्रमुख देश नै कोरोनाबाट सबैभन्दा धेरै प्रभावित हुँदै गएकोले रेमिट्यान्स घट्दै गएको पोखरेल बताउँछन्। 

भारतमा यसको प्रभाव अझै लम्बिने देखिन्छ। मलेसियामा अबको १५ दिनसम्म बन्दै छ। मलेसियमा त्यसपछि पनि समय थप्ने विश्लेषण गरिएको छ। साउदी अरेबिया, कतारलगायतका देशहरु पुरै लकडाउन छन्।

पछिल्लो समय राम्रो रेमिट्यान्स जापानबाट मात्रै भित्रिएको थियो। रेमिट्यान्स आउने क्रम घटे पनि ठप्पै थिएन। तर जापानमा पनि आपतकालीन अवस्था लगाउने तयार तयारी गरेकाले त्यहाँबाट आउने रेमिट्यान्ससमेत ठप्प हुनेछ। 

रेमिट्यान्स घट्न थालेसँगै नेपालमा समस्या सुरु हुने नेपाल राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख डा गुणाकर भट्ट बताउँछन्। रेमिट्यान्समा कमी आएसँगै सरकारको ठूलो चुनौती आयात व्यवस्थापन कसरी गर्ने भन्ने हुने उनको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यसरी नै रेमिट्यान्स घट्दै जाने र आयात व्यवस्थापन गर्न नसक्ने अवस्था आएमा अन्तर्राष्ट्रिय दातृ निकायको सहयोग माग्नुपर्ने अवस्था आउने भट्टले जानकारी दिए। उनले भने‚ ‘हाम्रो ब्यालेन्स अफ पेमेन्ट घाटामा गयो भने अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सहयोग लिनुपर्ने अवस्था आउँछ। त्यो सहयोगले हामीलाई केही राहात पुर्‍याउँछ,' उनले भने, 'तर कुन तहमा हाम्रो ब्यालेन्स अफ पेमेन्ट घाटामा जान्छ त्यो हेर्नुपर्ने हुन्छ।’

यही अवस्थामा पहिलाको जस्तै आयात हुने देखिँदैन। चालु आर्थिक वर्षको ७ महिनाको तथ्यांक हेर्दा नेपालको व्यापार घाटा ७ खर्ब ३८ अर्ब रुपैयाँ छ। व्यापार घाटालाई रेमिट्यान्सले धेरै हदसम्म धानिरहेको थियो। रेमिट्यान्समा कमी आएसँगै लकडाउनका कारणले विदेशबाट सामानको आयात पनि घटिरहेको छ। 

पर्यटन व्यवसायबाट हुने आम्दानी घट्दै गर्दा त्यससँग सम्बन्धित आयात तथा खर्च पनि घट्छ। यसले आयातलाई थप घटाउँछ। एकले अर्कोलाई कसरी सहयोग गरिरहेको छ भन्ने कुराले भविष्यमा लिने नीति तय हुने भट्ट बताउँछन्।

‘समान्यतया हाम्रो मूल्यांकन के हो भन्दा रेमिट्यान्सको घट्दो क्रम निकै बढी हुन्छ। जति धेरै रेमिट्यान्स घट्छ त्यही अनुपातमा आयात घट्दैन,' उनले भने, 'यो हुने बित्तिकै ब्यालेन्स अफ पेमेन्ट र विदेशी मुद्रा सञ्चितिमा दबाब पर्छ।'

Xtrem

Xtrem

अहिलेको अवस्थामा साढे आठ महिनाको लागि आयात धान्ने विदेशी मुद्राको सञ्चिति छ। चालु आर्थिक वर्षको ७ महिनाको तथ्यांकअनुसार कूल विदेशी विनिमय सञ्चिति १० खर्ब ९६ अर्ब रुपैयाँ छ। यही अवस्थामा चालु आर्थिक वर्षभरलाई वस्तु तथा सेवा आयात धान्न नेपाललाई ठूलो दबाब पर्ने देखिँदैन। ‘अहिलेको अवस्थामा आज के गरौं भोलि नै के गरौं भन्ने हुँदैन तर केही समयपछि हामीलाई ठूलो दबाब देखिनेछ,‘ उनले भने। 

भविष्यमा हुने भयावह अवस्थालाई व्यवस्थापन गर्न सबैभन्दा पहिले आयातलाई घटाउनुपर्ने विज्ञहरु बताउँछन्। तत्काललाई सरकारले सुन, महँगा गाडीको आयातलाई निरुत्साहन गर्ने नीति ल्याइसकेको छ। यस्तै अवस्थालाई देखेर सरकारले केही तयारीको संकेत गरिसकेको देखिन्छ। 

अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत अन्तर्राष्ट्रिय निकायले सन् २०२० मा विश्वकै अर्थतन्त्रको सूचक ओरालो झर्ने आँकलन गरिसकेका छन्। यो वर्ष विश्व अर्थतन्त्रमा सन् २००८ को भन्दा धेरै समस्या पर्ने देखिएको उनीहरुले विश्लेषण गरेका छन्।

नेपालमा भने अहिलेको आर्थिक वर्ष र केही हदसम्म आगामी आर्थिक वर्षमा यसको प्रभाव सबैभन्दा धेरै पर्ने देखिन्छ। तर त्यसपछिका आर्थिक वर्षमा के हुन्छ भन्न गाह्रो हुने भट्ट बताउँछन्। उनले भने‚ ‘किनभने भोलिका दिनमा स्थिति सामान्य भयो र त्यसपछिको समयलाई अवसरको रुपमा लियौँ भने खासै असर गर्दैन। आगामी आर्थिक वर्ष र त्यसपछिको आर्थिक वर्षको आर्थिक नीति तथा कार्यक्रमहरु चुनाव केन्द्रित हुनेछन्। स्थानीय निकायको चुनाव आउँदै गर्दा सरकारलाई काम गर्नुपर्छ भन्ने दबाब हुन्छ।’

अहिलेको अवस्थामा सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य पुरा नहुने भट्टको दाबी छ। उनले भने‚ ‘यदि सरकारले आगामी दुई वर्षलाई चुनाव अगाडिको वर्षको रुपमा सदुपयोग गर्न खोज्यो भने लक्ष्य हासिल होला तर यो वर्षमा भने सरकारको लक्ष्य पुरा हुने देखिँदैन।’

प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  ०९:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
पानामामा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प: जनजीवन प्रभावित, उद्धार कार्य तिब्र शनिबार, असोज २४, २०८३
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध शनिबार, असोज २४, २०८३
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान शनिबार, असोज २४, २०८३
गगनलाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन’ शनिबार, असोज २४, २०८३
१४ लाखभन्दा बढीका सामान र इ–लोडर बरामद शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्