• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २१, २०८२ Fri, Nov 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना कहर : ७५ प्रतिशतले घट्यो रेमिट्यान्स

अवस्था लम्बिँदै गए अन्तर्राष्ट्रिय निकायसँग हात थाप्नुपर्ने
64x64
अरुण सापकोटा बिहीबार, चैत २०, २०७६  ०९:०८
1140x725

काठमाडौं- कोरोना भाइरसको जोखिम बढ्दै जाँदा रेमिट्यान्समा प्रत्यक्ष प्रभाव देखिन थालेको छ। नेपाल भित्रिने रेमिट्यान्स पछिल्लो १५ दिनमा ७५ प्रतिशतले घटेको रेमिट सञ्चालकहरुले बताएका छन्। नेपालमा मासिक ७०/७५ अर्ब रुपैयाँको रेमिट्यान्स भित्रिने गरेको छ। अहिलेकै अवस्था अझ केही दिन बढ्ने हो भने मासिक रूपमा १५ अर्ब रुपैयाँ पनि नआउने आइएमई रेमिटका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल बताउँछन्। 

सरकारले लकडाउन घोषणा गर्नुअघि भारतबाट आउने रेमिट्यान्समा खासै प्रभाव परेको थिएन। तर लकडाउनपछि धेरै नै घटिरहेको उनले जानकारी दिए 

भारतबाट मात्रै १० अर्ब हाराहारीको रेमिट्यान्स आउने गरेको थियो। भारतले पछिल्लो समय २१ दिन लकडाउन गरेको छ। यसले रेमिट्यान्समा थप दबाब सिर्जना गरेको हो। नेपालको रेमिट्यान्स भित्रिने प्रमुख प्रमुख देश नै कोरोनाबाट सबैभन्दा धेरै प्रभावित हुँदै गएकोले रेमिट्यान्स घट्दै गएको पोखरेल बताउँछन्। 

भारतमा यसको प्रभाव अझै लम्बिने देखिन्छ। मलेसियामा अबको १५ दिनसम्म बन्दै छ। मलेसियमा त्यसपछि पनि समय थप्ने विश्लेषण गरिएको छ। साउदी अरेबिया, कतारलगायतका देशहरु पुरै लकडाउन छन्।

पछिल्लो समय राम्रो रेमिट्यान्स जापानबाट मात्रै भित्रिएको थियो। रेमिट्यान्स आउने क्रम घटे पनि ठप्पै थिएन। तर जापानमा पनि आपतकालीन अवस्था लगाउने तयार तयारी गरेकाले त्यहाँबाट आउने रेमिट्यान्ससमेत ठप्प हुनेछ। 

रेमिट्यान्स घट्न थालेसँगै नेपालमा समस्या सुरु हुने नेपाल राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख डा गुणाकर भट्ट बताउँछन्। रेमिट्यान्समा कमी आएसँगै सरकारको ठूलो चुनौती आयात व्यवस्थापन कसरी गर्ने भन्ने हुने उनको भनाइ छ। 

Ncell 2
Ncell 2

यसरी नै रेमिट्यान्स घट्दै जाने र आयात व्यवस्थापन गर्न नसक्ने अवस्था आएमा अन्तर्राष्ट्रिय दातृ निकायको सहयोग माग्नुपर्ने अवस्था आउने भट्टले जानकारी दिए। उनले भने‚ ‘हाम्रो ब्यालेन्स अफ पेमेन्ट घाटामा गयो भने अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सहयोग लिनुपर्ने अवस्था आउँछ। त्यो सहयोगले हामीलाई केही राहात पुर्‍याउँछ,' उनले भने, 'तर कुन तहमा हाम्रो ब्यालेन्स अफ पेमेन्ट घाटामा जान्छ त्यो हेर्नुपर्ने हुन्छ।’

यही अवस्थामा पहिलाको जस्तै आयात हुने देखिँदैन। चालु आर्थिक वर्षको ७ महिनाको तथ्यांक हेर्दा नेपालको व्यापार घाटा ७ खर्ब ३८ अर्ब रुपैयाँ छ। व्यापार घाटालाई रेमिट्यान्सले धेरै हदसम्म धानिरहेको थियो। रेमिट्यान्समा कमी आएसँगै लकडाउनका कारणले विदेशबाट सामानको आयात पनि घटिरहेको छ। 

पर्यटन व्यवसायबाट हुने आम्दानी घट्दै गर्दा त्यससँग सम्बन्धित आयात तथा खर्च पनि घट्छ। यसले आयातलाई थप घटाउँछ। एकले अर्कोलाई कसरी सहयोग गरिरहेको छ भन्ने कुराले भविष्यमा लिने नीति तय हुने भट्ट बताउँछन्।

‘समान्यतया हाम्रो मूल्यांकन के हो भन्दा रेमिट्यान्सको घट्दो क्रम निकै बढी हुन्छ। जति धेरै रेमिट्यान्स घट्छ त्यही अनुपातमा आयात घट्दैन,' उनले भने, 'यो हुने बित्तिकै ब्यालेन्स अफ पेमेन्ट र विदेशी मुद्रा सञ्चितिमा दबाब पर्छ।'

अहिलेको अवस्थामा साढे आठ महिनाको लागि आयात धान्ने विदेशी मुद्राको सञ्चिति छ। चालु आर्थिक वर्षको ७ महिनाको तथ्यांकअनुसार कूल विदेशी विनिमय सञ्चिति १० खर्ब ९६ अर्ब रुपैयाँ छ। यही अवस्थामा चालु आर्थिक वर्षभरलाई वस्तु तथा सेवा आयात धान्न नेपाललाई ठूलो दबाब पर्ने देखिँदैन। ‘अहिलेको अवस्थामा आज के गरौं भोलि नै के गरौं भन्ने हुँदैन तर केही समयपछि हामीलाई ठूलो दबाब देखिनेछ,‘ उनले भने। 

भविष्यमा हुने भयावह अवस्थालाई व्यवस्थापन गर्न सबैभन्दा पहिले आयातलाई घटाउनुपर्ने विज्ञहरु बताउँछन्। तत्काललाई सरकारले सुन, महँगा गाडीको आयातलाई निरुत्साहन गर्ने नीति ल्याइसकेको छ। यस्तै अवस्थालाई देखेर सरकारले केही तयारीको संकेत गरिसकेको देखिन्छ। 

अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत अन्तर्राष्ट्रिय निकायले सन् २०२० मा विश्वकै अर्थतन्त्रको सूचक ओरालो झर्ने आँकलन गरिसकेका छन्। यो वर्ष विश्व अर्थतन्त्रमा सन् २००८ को भन्दा धेरै समस्या पर्ने देखिएको उनीहरुले विश्लेषण गरेका छन्।

नेपालमा भने अहिलेको आर्थिक वर्ष र केही हदसम्म आगामी आर्थिक वर्षमा यसको प्रभाव सबैभन्दा धेरै पर्ने देखिन्छ। तर त्यसपछिका आर्थिक वर्षमा के हुन्छ भन्न गाह्रो हुने भट्ट बताउँछन्। उनले भने‚ ‘किनभने भोलिका दिनमा स्थिति सामान्य भयो र त्यसपछिको समयलाई अवसरको रुपमा लियौँ भने खासै असर गर्दैन। आगामी आर्थिक वर्ष र त्यसपछिको आर्थिक वर्षको आर्थिक नीति तथा कार्यक्रमहरु चुनाव केन्द्रित हुनेछन्। स्थानीय निकायको चुनाव आउँदै गर्दा सरकारलाई काम गर्नुपर्छ भन्ने दबाब हुन्छ।’

अहिलेको अवस्थामा सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य पुरा नहुने भट्टको दाबी छ। उनले भने‚ ‘यदि सरकारले आगामी दुई वर्षलाई चुनाव अगाडिको वर्षको रुपमा सदुपयोग गर्न खोज्यो भने लक्ष्य हासिल होला तर यो वर्षमा भने सरकारको लक्ष्य पुरा हुने देखिँदैन।’

प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  ०९:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
हङकङ सिक्सेस: पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित शुक्रबार, कात्तिक २१, २०८२
हङकङ सिक्सेस: अफगानिस्तानले दियो ११३ रनको लक्ष्य, रासिदको ह्याट्रिकसहित चार विकेट शुक्रबार, कात्तिक २१, २०८२
अन्तरदेशीय प्रसारण लाइनको लाभ प्राधिकरणले पनि पाउँछ : ऊर्जा मन्त्रालय शुक्रबार, कात्तिक २१, २०८२
देशका अधिकांश भागमा आज मौसम सफा रहने शुक्रबार, कात्तिक २१, २०८२
राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो, विमानस्थलमा स्वागत शुक्रबार, कात्तिक २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
पुराना भ्रष्ट नेताहरूलाई निर्वाचनबाट हराउन वैकल्पिक शक्ति एकजुट हुन बाबुरामको प्रस्ताव बिहीबार, कात्तिक २०, २०८२
हङकङ सिक्सेस: अफगानिस्तानले दियो ११३ रनको लक्ष्य, रासिदको ह्याट्रिकसहित चार विकेट शुक्रबार, कात्तिक २१, २०८२
हङकङ सिक्सेस: पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित शुक्रबार, कात्तिक २१, २०८२
पृथ्वी सुब्बा गुरुङको प्रश्न- जेनजीको नाममा कसैले भन्दैमा एमाले नेतृत्वबाट ओलीलाई किन हटाउने ? बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्