• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

काेराेना उद्गमस्थल वुहानमा मानिसको हिँडडुल सुरु, पसल पनि खुले

64x64
रासस मंगलबार, चैत १८, २०७६  १४:२५
1140x725
तस्बिर एपी

वुहान- चीनमा कोरोना भाइरसबाट सर्वाधिक असर पारेको वुहान सहरमा सोमबारदेखि मानिसको निर्वाध आवागमन सुरु भएको छ। भाइरस संक्रमण तीव्र रुपमा फैलिएसँगै वुहानमा झण्डै दुई महिनासम्म दशौं लाख मानिस घरभित्रै बस्न बाध्य भएका थिए।

स्थानीय सरकारले हुबे प्रान्तको राजधानी वुहानसहित प्रान्तका सबै सानाठूला सहर बजारमा लगाइएका सबैजसो प्रतिबन्धहरु खुला गरेको छ। वुहान सहरको मुख्य सपिङ सडकमा दुई महिनापछि पुगेकी एक महिलाले अत्यन्त उत्साहित हुँदै भनिन्, 'म अब पसलमाथि बदला लिन चाहन्छु।'

तैपनि सहरमा विगतको तुलनामा ग्राहकको संख्या भने नगण्य नै देखिएको छ। सडकमा हिँड्ने र पसलमा आइपुग्ने ग्राहकलाई मास्क लगाएका पसलेहरुले स्वागत गरिरहेका देखिन्छन्। उनीहरुले प्रत्येक ग्राहक र बटुवालाई निश्चित दूरी बनाएर हिँड्न र कुराकानी गर्न आग्रह गरिरहेको दृश्य सबैतिर देख्न सकिन्छ। 

तिनैमध्येकी उत्साही एक ग्राहक हुन् स्थानीय शिक्षिका। गत जनवरी २३ तारिखदेखि नै वुहानमा लकडाउन गरिएपछि उनीजस्ता झण्डै एक करोड १० लाख मानिस घरभित्रै बस्न बाध्य भएका थिए।  

चुहे हान्जी मलमा भेटिएकी केट नाम गरेकी ती महिलाले भनिन्, 'म आज अत्यन्तै खुसी छु, मलाई बेस्सरी कराउन मन लागेको छ आज।' उनी थप्छिन्, 'घरभित्र दुई महिनासम्म थुनिएकोले होला मलाई आज बेस्सरी उफ्रिन मन लागिरहेको छ।'

हुबेको पूर्वी सहर नान्जिङकी शिक्षिका केट समेतका सबै नागरिक घरभित्रै बन्द भएका थिए। कोरोना भाइरसको संक्रमण रोक्न चीनको केन्द्र सरकारले चिनियाँ उद्योगको प्रमुख केन्द्रका रुपमा रहेको हुबे लकडाउन गरेको थियो। 

विश्वभरका सरकारहरुले ट्राभल र अरु नियन्त्रणका उपायहरु अबलम्बन गरिरहेकै बखत चीन सरकारले वुहान र अरु क्षेत्रमा लगाइएका प्रतिबन्धहरु हटाएको छ। कोरोना भाइरसलाई परास्त गरेको घोषणासँगै विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीन आफ्नो अर्थतन्त्रलाई जीवन्त तुल्याउने प्रयत्नमा जुटेको छ। 

हुबे प्रान्तको वुहान सहरमा यात्रामाथिको प्रतिबन्ध हटाइएको चीनकै अन्तिम सहर पनि हो। स्थानीयबासीलाई हुबेका अरु ठाउँमा यात्रा गर्न दिइएको भए पनि प्रान्त छाड्न दिइएको थिएन। हुबेका वुहान बाहेकका अन्य ठाउँका बासिन्दामाथिको प्रतिबन्ध गत मार्च २३ मै हटाइएको थियो। वुहानका बासिन्दामाथिका यात्रा प्रतिबन्धहरु आगामी अप्रिल ८ बाट हटाइनेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

वुहानको एउटा वन्यजन्तु बजारबाट मानिसमा कोरोना भाइरस संक्रमण भएको केही अनुसन्धाताहरुले बताएका छन्। गत डिसेम्बरमै वुहानमा कोरोना भाइरस फैलिएको अनुमान गरिए पनि जनवरी १९ मा चीनमा नयाँवर्षका कार्यक्रमहरु आयोजना गर्न थालिए, र स्वभावत, ठूलो जनसमूह सामूहिक कार्यक्रममा भाग लिन थाले। 

वुहानका स्थानीय नेताहरुले जनवरी २२ मा अर्को एउटा ठूलो सांगीतिक कार्यक्रम आयोजना गरेका थिए जसमा सहभागी संगीतकर्मी र कलाकारहरुले कार्यक्रमकै बीचमा नराम्रोसँग खोक्नु परेको थियो। यतिबेलासम्म सरकारलाई भाइरसको संक्रमण खतरानाक मोडमा पुगेको थाहै थिएन। अर्को बिहान, स्थानीयबासीले एउटा समाचार सुन्नु परेको थियो, वुहान सहरलाई बाँकी विश्वबाट अलग गरिएको छ। 

प्रहरीले राष्ट्रिय राजमार्गका प्रवेशद्वारहरुमा ताला लगाएका थिए। ट्रकहरुलाई मात्र सहरका लागि आवश्यक सामग्री ल्याउन अनुमति दिइएको थियो। बस र सबवे सेवा बन्द गरिएको थियो। 

रेस्टुराँ, पसलहरु, सिनेमा र अरु व्यवसायहरु बन्द गरिए, सडकहरु सुनसान भए। मानिसहरुलाई घरभित्रै बस्न आदेश दिइयो। यी प्रतिबन्धहरु वुहान नजिकका अरु सहरमा पनि लागू गरिए र योक्रम झण्डै ८० करोड मानिससम्म बिस्तार गरियो, अर्थात् चीनको झण्डै आधाभन्दा बढी जनसंख्या लकडाउनमा गए। 

Xtrem

Xtrem

वुहानमा बिरामीको उपचार, भाइरसको प्रकृति र यसको नियन्त्रणका लागि व्यापक प्रयास एवं अध्ययन गरिए। एक हजारभन्दा बढी शैया रहेका दुई वटा अस्थायी अस्पतालहरु रातारात बनाइए र अर्को एउटा स्थानीय प्रदर्शन केन्द्रमा स्थापना गरियो। सयौं सैनिक सेवाका चिकित्सक र नर्सहरुलाई वुहान खटाइयो। उनीहरुका साथमा धेरै टन अत्यावश्यकीय चिकित्सा सामग्री पनि पठाइयो।  

राष्ट्रपति सी चिनफिङले मार्च १० तारिखमा पहिलो पटक वुहानको भ्रमण गरे। उनले भाइरस नियन्त्रणका लागि भइरहेका प्रयास एवं बिरामीको उपचारमा केन्द्र सरकार पूर्ण रुपमा जनताको साथमा रहेको स्थानीयबासीलाई विश्वस्त बनाउने प्रयास गरे। अर्को दिन, सरकारले हुबेमाथिको प्रतिबन्धहरु बिस्तारै खुकुलो बनाउन थाल्याे, कतिपय कलकारखाना र अत्यावश्यक ठानिएका अरु व्यवसाय खुला गर्न थालियो। 

सोमबार चुहे हान्जी मलमा करिब ७५ प्रतिशत पसलहरु खुलेका छन्। तर, उनीहरुले मानिसको प्रवेशलाई सीमित गरेका छन् अर्थात् एक पटकमा निश्चित संख्यामा मात्र मानिसलाई यस मलभित्र प्रवेश दिइएको छ। पसलेहरुले हात धुन स्यानिटाइजर्सको व्यवस्था गरेका छन् भने मानिसमा ज्वरो त छैन भनेर जाँच्ने गरिएको छ।

बस र सबवे शनिबारदेखि पुनः खुलेका छन् भने रेलवे चालू भएको छ। हजारौं मानिसले यी रेल र बसबाट यात्रा गर्न थालिसकेका छन्। 

वुहानमा कोरोनाभाइरसका कारण दुई हजार ५४७ जनाको ज्यान गएको थियो। चीनमा आइतबारसम्म मृत्यु भएका ३ हजार १८६ जनामध्ये करिब ८० प्रतिशत वुहानकै नागरिक थिए। चीनभर ८१ हजार ४७० जनामा कोरोनाभाइरसको संक्रमण भएको देखिएको थियो। 

स्थानीय चिनियाँ अधिकारीहरुलाई उद्योग, व्यवसायहरु खुला गर्न एवं पूर्ववत रुपमै संचालनमा ल्याउने व्यवस्था गर्न आदेश दिइएको छ। सँगै काममा फर्कने मानिसमा कुनै संक्रमण देखिए तत्काल उपचार समेतका अरु कार्यहरु गर्न भनिएको छ। 

यसैसाता, वुहान भ्रमण गर्ने प्रत्येक व्यक्तिलाई सहरमा आउनु पर्ने कारण र कस्तो तरिकाबाट आइपुगेको हो भन्ने जानकारी गराउन भनिएको छ। होटलमा बसेका व्यक्तिमा ज्वरो भए नभएको भन्दै दिनमा कम्तीमा दुई पटक जाँच्ने व्यवस्था गरिएको छ। उनीहरुले स्मार्टफोनमा उपलब्ध एपमा आफूलाई जोड्न भनिएको छ ताकि यात्रा सहित निज व्यक्तिको स्वास्थ्य अवस्था र यात्रा बारे नियमित अनुगमन गर्न सकियोस्। 

अधिकारीहरुले पाँच वटा होटललाई वुहान भ्रमण गर्नेहरुलाई क्वारेन्टाइनमा राख्नका लागि छुट्याएका छन्। यी होटलमा विदेशी नागरिक समेतलाई राखिने छ। होटलका कर्मचारीले होटलमा बस्नेहरु र उनीहरुका सामानलाई डिसइन्फेक्ट गर्नु पर्नेछ। 

बसमा यात्रा गर्न चाहने प्रत्येक यात्रुले रातो भेस्ट लगाएका स्वयंसेवीलाई स्मार्टफोनको स्वास्थ्य कोड देखाउनु पर्नेछ।  (रासस–एपी)

प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १४:२५
  • #काेराेना
  • #वुहान

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
हर्मुज तत्काल खोल्न ८० देशको आह्वान शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
बाढी, पहिरोका कारण देशभर १४ राजमार्ग तथा सडकखण्ड अवरुद्ध शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
वर्षाको वितण्डा : पहिरोको डरले सडकमै ब्रेक , धुलिखेल र नागढुंगामा सवारी ‘होल्ड’ शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्