चितवन- कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्न सरकारले देशभर लकडाउन गरेको छ। यो समयमा शैक्षिक संस्थाहरु बन्द छ।
विद्यार्थीको पठन पाठनलाई मध्यनजर गर्दै भरतपुरस्थित बोस्टर्न इन्टरनेशनल कलेजले अनलाइनबाटै पढाउन सुरु गरेको छ।
कलेजका अध्यक्ष आनन्दबहादुर चन्दका अनुसार कलेजका सबै संकायले अनलाइनबाटै पढाउन थालेका हुन्।
'कोरोनाका कारण पढाइ लामो समयसम्म अवरोध हुने देखिएपछि अनलाइनबाटै पढाउन थालिएको हो,' उनले भने 'इन्टरनेटको पहुँच सबै विद्यार्थीसँग भएका कारण हामीले लकडाउनको समयमा भर्चुअल शिक्षा सुरु गरेका हौं।'
उनका अनुसार कलेजले जुम सफ्टवेयर प्रयोगगरी अनलाइनबाट विद्यार्थीलाई पढाउन सुरु गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।