• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

टिप्पणी : कोरोना संकटका बेला नेपाली दूतावासहरु ‘हुलाकी’ मात्रै 

64x64
रामकुमार डिसी मंगलबार, चैत १८, २०७६  ०६:५९
1140x725
कोरोना भाइरसविरुद्ध चीनको लडाईप्रति ऐक्यवद्धता जनाउँदै चीनका लागि निर्वतमान राजदूत लिलामणि पौड्यालसहितको दूतावासको टोली। तस्बिर: नेपाली दूतावास

काठमाडौं–कोरोना भाइरस (कोभिड–१९) को त्रास फैलिने डरले भारतले तीन हप्ते ‘लकडाउन’ घोषणा गर्‍यो। मजदुरी गरी नेपाल फर्किन ११ गते (भारतमा लकडाउन घोषणा) अघि नै मुम्बइबाट हिँडेका नेपालीहरु १२ गते बिहान अचानक दिल्लीमा रोकिए। दिल्लीमा होटेलमा बस्न खोजे तर होटेलवालाले निकालिदिए। 

त्यसपछि करिब ७ किमी लामो यात्रा पैदलै हिँड्न आँटेका उनीहरु दिल्लीमै बिचल्ली परेका अवस्थामा उनीहरुलाई भारतीय एबिपी टेलिभिजनले क्यामेरामा कैद गर्‍यो। 

एबिपीको रिपोर्टमा करिब एक दर्जनको समूहमा एक बच्चासहितकी आमा पनि देखिन्छन्। उनले दुई दिनदेखि खान नपाएका कारण दूध नआएको र बच्चा भोकभोकै रहेको दुखेसो पोखिन्।

यस्तो बेलामा राज्यसँग नागरिकले अभिभावकीय भूमिकाको अपेक्षा गर्छन्। भारतमा अलपत्र नेपालीका लागि नेपाली दूतावास नै राज्य हो, अभिभावक हो। 

दूतावासले साँच्चै अभिभावकको भूमिका निभाउन सकेको छ त? भारतका लागि नेपाली राजदूतको यो ट्वीट नै काफी छ, त्यसो भइरहेको छैन् भन्ने  बुझन्। 

राजदूत निलाम्बर आचार्य यात्रा गर्दै नगरौं, जहा छौं त्यही रोकियौं भन्दै छन्। ‘विपद छ, अनुरोध छ यात्रा नगर्नुस् जहाँ हुनुहुन्छ त्यहीं रहनुहोस्,’ ट्वीटरमा राजदूत आचार्य लेख्छन्, ‘दूतावासका मानिस पुग्न सक्ने ठाउँमा पुगेका छन्, अन्यत्र पनि सम्पर्क गरेका छन्। आपतकालीन नम्बरमा प्राप्त समस्या सम्बोधन गर्ने प्रयास गरेका छन्। स्थानीय आधिकारिक सूचना र सेवाको जानकारी लिनुहोस्। कृपया यात्रा नगर्नुस्।’

विपद छ। अनुरोध छ यात्रा नगर्नुस् जहाँ हुनुहुन्छ त्यहीं रहनुहोस्।
दूतावासका मानिस पुग्न सक्ने ठाउँमा पुगेका छन्, अन्यत्र पनि सम्पर्क गरेका छन्,
आपत्कालीन नम्बरमा प्राप्त समस्या संवोधन गर्ने प्रयास गरेका छन्।
स्थानीय आधिकारिक सूचना र सेवाको जानकारी लिनुहोस्।
कृपया यात्रा नगर्नुस्।

— Nilamber Acharya (@nilacharya) March 28, 2020

Ncell 2
Ncell 2
nimb
nimb

अलपत्र नेपालीका कुरा सुन्दा कोही पनि नेपाली खुसीले यात्रा गरेको थाहा लाग्दैन्। बाध्यता छ उनीहरुको–मजदुरी रहेन, बिरामी परिहाले अर्काको देश हो, उपचार पाइएला? 

दिल्ली क्षेत्रमा अलपत्र परेका नेपालीबारे मानवअधिकाकर्मी चरण प्रसाईंले राजदूतसमक्ष राखेका जिज्ञासमा आचार्यको जवाफ छ– ‘चरण जी, २/३ दिनअघिको एबिपी टिभी समाचारको कुरा गर्नु भएको होला। सुरक्षित ठाउँमा पुगेको जानकारी छ।’

यसबाट प्रष्ट हुन्छ–अलपत्र परेका नेपालीहरुको हकमा दूतावास केही गर्न नसक्ने हैसियतमा छ।

दुःखको बयान अझैं सकिएको छैन। भारत पिथौरागढका विभिन्न क्षेत्रमा काम गरी फर्किएका तीन सय बढी नेपालीहरु दार्चुलापारी धार्चुलामा अलपत्र परेका छन्। पिथौरागढ, डिडिहाट, मुन्स्यारीलगायतका क्षेत्रमा काम गरी फर्किएका उनीहरु आफ्नै देशमा फर्किन नपाएपछि भन्दै छन्– आफ्नो जनता फिर्ता ले, नेपाल नाका खुल्ला गर्।’

Xtrem

Xtrem

कोरोना भाइरस संक्रमण नफैलियोस् भनेर सजगता अपनाउनु उचित हो तर आफ्नै नागरिकमाथिको नाकाबन्दी पनि उचित हो? 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विष्णु रिजाललाई पनि यी परिदृश्यले निकै घोचे छ। उनले यस्तै बेला राज्यको आश्यकता महसुस नागरिकले गर्ने भन्दै केही प्रबन्ध मिलाउन आफ्नै पार्टी नेतृत्वको सरकारलाई आग्रह गरेका छन्। 

‘उताबाट दूताबासले सीमासम्म ल्याउने र त्यहाँबाट प्रदेश सरकारहरूले ल्याएर क्वारेन्टाइनमा राख्ने प्रबन्ध मिलाउन सके दुःखी–गरिबको पनि कोही छ भन्ने देखिन्थ्यो,’ फेसबुकमा उनले लेखेका छन्, ‘आखिर जनतालाई सरकार चाहिने यस्तै बेला त हो, अरू बेला त विदेशका गल्ली चाहारेर पनि उनीहरूले पेट पालेकै छन्।’

भूगोलले देश सानो भए पनि नेपालको कूटनीतिक सम्बन्ध फराकिलो छ। १ सय ६८ देशसँग कूटनीतिक सम्बन्ध गाँसिसकेको नेपालका ३० ठाउँमा त आवसीय नियोगहरु छन्। ती ३० वटै दूतावासले पर्याप्त भूमिका खेल्ने र सरकारले पनि त्यही अनुसार साधन,स्रोत उपलब्ध गराउने हो भने विदेशमा नेपालले आफ्ना नागरिकलाई अभिभावक साथमै रहेको महसुस गराउन सक्छ। 

‘हुलाकी’ भूमिका
दक्षिण एसिया हेरौं या मध्यपूर्व। युरोप हेरौं या अमेरिका। जता हेरे पनि नेपाली दूतावासहरुको भूमिका केवल ‘हुलाकी’ मात्रै छ। नेपालको खबर उता पुर्‍याउने, उताको खबर यता उता पठाउने।

नेपाल सरकारले गरेका निर्णय उताबाट प्रेषित गर्ने, त्यहाँका सरकारले गरेका निर्णयको प्रचार गर्ने र  कोरोनाबाट जोगिन साबुन पानीले हात धुनुपर्छ भन्ने ‘टिप्स’ दिने जस्ता काम मात्रै सबै दूतावासहरुको छ। 

देखिएको भूमिका भनेको बेइजिङस्थित दूतावासको मात्रै हो। चौर्तफी दबाबपछि सरकारले चीनको वुहान क्षेत्र आसपासमा रहेका १ सय ७५ नेपाली विद्यार्थीको उद्धार गरेर ल्यायो। त्यसमा धेरथोर भूमिका दूतावासले देखाउने अवसर पायो।

ढिलै भए पनि राज्यले चीनका नेपालीलाई उद्धार गरेर ल्याएकोमा प्रशंसा पाएको थियो। त्यस्तै भूमिका अन्त पनि अपेक्षि हुन्छ सरकारको। त्यस्तै दायित्व अन्त पनि हो, सरकारको।

हालै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई समेत साथमै राखेर परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मध्यपूर्व र अफ्रिकामा रहेका १५  नेपाली दूतावासका राजदूतहरुसँग भिडियो कन्फ्रेन्स गरेका छन्। 

भिडियो कन्फ्रेन्समा राजूतहरुले नेपालीहरु घर फर्किन खोज्ने र भिसाको समयअवधि सकिएको लगायतका समस्या मन्त्रीहरुसमक्ष सुनाए।

‘भिसाको समस्या भएकालाई हामीले ती देशसँग अनुरोध गरेर भिसा अवधि थप्ने पहल गर्ने, नेपालमा पनि कुनै देशका नागरिक अलपत्र पर्ने वा उनीहरुलाई भिसाको समस्या हामीले पर्न दिएका छैनौं,’ राजदूतहरुलाई मन्त्री ज्ञवालीलको जवाफ थियो, ‘त्यही हिसाबले त्यहाँ हुने हाम्रा नागरिकलाई पनि अप्ठ्यारो नहोस् भनेर ती देशसँग समन्वय गर्नुहोस्। नेपालीहरुलाई परेको हरेक अप्ठ्यारोमा हाम्रो अभिभावक, देशको प्रतिनिधि यहाँ छ भन्ने महसुस हुने गरी काम  गर्नुहोस्।’

मन्त्रीको यो जवाफले राजदूतहरुले ‘हाम्रा नागरिक बचादेऊ’ भनेर सम्बिन्धत देशका सरकारहरुसँग हारगुहार गर्ने बाहेको हामीले गर्न सक्ने केही छैन् भन्ने सन्देश लिएर गए।

जसले विदेशमा रगतपसिना बेचेर देशको अर्थतन्त्र धानेका छन् तिनैले घर फर्कननिम्ति नाराबाजी गर्नपर्नु कति लाजमर्दो कुरा? भौतिक दूरी कायम गर्नुपर्ने वेला यस्तो ठेलमठेल कति जोखिमपूर्ण?सबै काम छोडेर पनि सरकारी संयन्त्रले यसमा तुरून्त ध्यानदिनुपर्ने हैन?अब त कुम्भकर्णे निद्राबाट उठ सरकार! https://t.co/iyOU9OpC5C

— नियमित हात धोऔं / Wash your hands ! (@brb1954) March 30, 2020

‘अप्ठ्यारो परेका नेपालीहरुको अवस्था के हुन्छ?’ भन्ने सवालमा परराष्ट्र मन्त्रीको एउटै जावाफ हुन्छ–हामीले कुनै पनि देशका नागरिकलाई अप्ठ्यारो पर्न दिएका छैनौं, उनीहरुले पनि हाम्रा नागरिकलाई सहयोग पुर्‍याउनुपर्‍यो।’

सुन्नलाई उनका कुरा त्यति नराम्रो छैन्। तर, यतिले मात्रै राज्यको भूमिका सकिन्छ? तिनै नेपाली जो विदेशमा पसिना बगाएर पठाएको रेमिट्यान्सले मन्त्रीहरु पालिएका छन्, उनीहरुप्रति संकटका बेला केही पनि उत्तरदायित्व हुन्न? 

हालै परराष्ट्र मन्त्रालयले स्पेन, पोर्चुगल, इटाली, जर्मनी, बेल्जियम र स्वीट्जरल्याण्ड लगायत युरोपेली मुलुकमा रहेका कूटनीतिक नियोगमार्फत बिना भिसा बसेका नेपालीलाई सहयोग गर्न र उनीहरुलाई ख्याल गरिदिन आग्रह गरेको छ। 

तर, माथि उल्लेखित अधिकांश देशले कोरोना संकटमा फसिरहेकै बेला पनि उद्धार गरेर आफ्ना नागरिक स्वदेश लगिसकेका छन्। आफैं संकटमा फसेका देशले आफ्नो ख्याल गर्लान् कि हाम्रा नागरिकको? यो विचारणीय प्रश्न छ। 

दोषी नीति 
नेपाल मात्रै यस्तो देश हो जसले कोरोना संकटका बेला आफ्ना नागरिक स्वदेश फर्किनमा प्रतिबन्ध लगाएको छ। कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी केन्द्रीय समितिले पटक–पटक निर्णय गरेर ‘हाललाई आफू बसकै ठाउँमा रहन’ निर्देशन दिएर संकटका बेला आफ्नै घरदैलोमा आउन चाहाने नेपालीलाई निरास बनाएको छ।

अवस्था कस्तो छ भने ‘आफ्ना नागरिकमाथि नाकाबन्दी नगर’ भनेर न्यायालय धाउनुपर्ने अवस्था आएको छ।

‘संकटका बेला पनि साथ निदिए राज्यको के काम? किन चाहियो राज्य? किन चाहियो सरकार? किन चाहियो देश?’ यस्ता विचार नागरिकमा आउनुअघि नै राज्यले एकपटक गम्भीर भएर सोच्ने पो हो कि? आफ्नै नागरिक छेक्ने ‘दोषी नीति’को पुनरावलोकन पो गर्ने हो कि?

प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  ०६:५९
  • #कोरोना
  • #कूटनीति
  • #नेपाली-दूतावास

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामकुमार डिसी
नेपाल लाइभका वरिष्ठ संवाददाता डिसी परराष्ट्र, रक्षा तथा राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फर्किएनन् द्वन्द्वकालमै हराएका आफन्त
नेपाली भूमिमा भारतको सडक : दलपिच्छे विज्ञप्ति, नेतापिच्छे बोली
कालापानी : विज्ञप्तिपछिको विकल्प के?
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ९० हजार, २४ ढोका खुला, सतर्कता अपनाउन आग्रह शुक्रबार, असोज ९, २०८३
भिसा दुरुपयोग गरि जापान पठाउने नाममा लाखौं असुली, यामानोमाथि विभागले अनुसन्धान गर्ने शुक्रबार, असोज ९, २०८३
बालेनले विश्वलाई चेतावनी दिँदै भने– विश्वको छानोबाट आएको अर्को चेतावनी सुन्न तयार रहौं शुक्रबार, असोज ९, २०८३
काभ्रेमा पहिरो र चितवनमा सडक भासियो शुक्रबार, असोज ९, २०८३
कान्ति लोकपथ पनि अवरुद्ध शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्