काठमाडौँ- काष्ठमण्डप पुनःनिर्माण अभियानले विश्व सम्पदा सूचीमा रहेको काष्ठमण्डप पुनःनिर्माण गर्ने कार्यमा सरकार उदासीन रहेको जनाएको छ।
अभियानले काष्ठमण्डप पुनःनिर्माणका लागि २०७२ जेठमा नै सरकारको ध्यानाकर्षण गरेको स्मरण गर्दै विश्व सम्पदा संरक्षण मापदण्डअनुरुप समुदायको स्वामित्वमा पुनःनिर्माण हुनुपर्ने जनाएको छ। सरकारी निकाय, सरोकारवाला, विज्ञहरु र समुदायसँगको अन्तक्रियामा जनस्तरबाटै सम्पदाको पुनःनिर्माण गर्ने निष्कर्ष निकालिएको अभियानका अध्यक्ष बैकुण्ठ मानन्धरले बताएका छन्।
सातौँ शताब्दीमा निर्मित काष्ठमण्डपको जनस्तरबाटै पुनः निर्माण गरेर विश्वसामु नेपाली पुरातात्विक सम्पदा पुनः निर्माण गर्न सक्षम छौँ भन्ने सन्देश दिनुपर्ने उनीद्वारा जारी विज्ञप्तिमा उल्लेख उल्लेख गरिएको छ।
भूकम्पबाट क्षतिग्रस्त भएको ऐतिहासिक, मौलिक र महत्वपूर्ण सम्पदा काष्ठमण्डपको जीर्णोद्धार कार्य अझै सुरु भएको छैन। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।