• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

हुकुमको जवाफ छैन, कोरोनाको ओखती छैन

64x64
किशोर नेपाल आइतबार, चैत १६, २०७६  १९:२३
1140x725

हेर्दाहेर्दै देश गहिरो संकटमा फसेको छ। एकातिर ‘कोरोना’ महामारीको चर्चाले जनता सन्त्रस्त छन् भने अर्कोतिर सरकार आफ्नै अयोग्य र असक्षम गतिविधिका कारण अलोकप्रिय हुँदै गइरहेकोछ। मानिसको जीवनमाथि आइलागेको यो संकटका बेलासमेत सरकार सचेत हुन सकेको छैन। 

संकटकालीन समयमा स्वास्थ्य उपकरण र अत्यावश्यक औषधिको खरिदमा समेत करोडौं कमिसनको मोहमा सरकार फसेको तथ्य संचार माध्यमले सप्रमाण प्रकाशित गर्न थालेका छन्। व्यवसायीहरूको अनुभव पनि त्यस्तै छ। व्यवसायीमध्ये कतिले सरकारलाई असहयोग गरेको खबर बाहिर आउन थालेको छ। लकडाउनले मानिसका घर र सहरका सडक बजार बन्द गरेको छ। तर, यो बन्दको पर्दाभित्र सरकारको भ्रष्टाचार लुक्न सकेको छैन। 

लकडाउनको साता नबित्दै व्यवहारिक रुपमा नै जनजीवन अस्तव्यस्त भएको छ। जनताको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी बिना लगामका घोडाजस्ता छन। शुक्रबार अपरान्ह बानेश्वर चोकमा प्रहरीहरु मास्क नलगाएका मानिसलाई प्रहरी भ्यानमा कोच्दै थिए। 

जनतालाई सुझाव दिनुपर्ने दायित्व बोकेका सुरक्षाकर्मीको व्यवहार देखेर जनता आक्रोशमा आउनु स्वाभाविक हो। एकातिर आफ्नो र परिवारको सुरक्षाका लागि आ–आफ्नो घर/डेरामा टाउको घुसारेर बसेका प्राणीहरू अभावमा बाँच्न बाध्य छन् भने अर्कोतिर सरकारको व्यवहार असंवेदनशील रहेको छ। हरेक साँझ दुई सय प्रतिशतमा रोकिएको महंगी हरेक बिहान दुई सय प्रतिशतले शुरु हुन्छ। कतै रोकिने त संकेत नै छैन। 

पैसा हुनेहरू जतिसुकै महंगा उपभोग्य सामान पनि खरीद गरेर बाँच्न सक्दछन्। तर, देशमा पैसा नहुने एउटा साह्रै ठूलो वर्ग छ जसको आयतन पनि एकदमै फराकिलो छ। यो पटकको लकडाउन जेनतेन धानेपनि पटक पटकका लकडाउनहरू कसरी धान्ने हो? स्वास्थ्यमन्त्रीले अर्को साता पनि लकडाउन जारी रहने संकेत दिएका छन्। जनताको चिन्ता जीवन धान्नुमा नै केन्द्रित भएको छ।अनुमान गरिए अनुसार, अहिलेको लकडाउन अरु दुइ साता बढ्न सक्नेछ। तर, आगामी दुइ सातामा कोरोना महामारी हराउन थाल्दछ भन्ने कुनै भरोसा छैन।

Ncell 2
Ncell 2
nimb
nimb

स्वास्थ्य क्षेत्रमा आफनो योगदान दिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु कोरोना संकटमा सरकारले लिएको नीतिसंग रुष्ट छन्। उनीहरुको यो रोष जायज छ। कुनै मानिसलाई कोरोना लागेको नलागेको जाँच्ने उपकरणलगायतका आवश्यक सामग्रीको अभावमा अडकिएको छ नेपाली स्वास्थ्य क्षेत्र। नेपालमा काठमाडौं टेकुमा बाहेक अन्यत्र कोरोना लगायतका जटिल रोगको जाँचगर्ने उपकरण छैनन्। देशको अन्य भागमा त झन् हुने कुरै भएन। यस्तो अवस्थामा, प्रकटमा नेपालमा पाँच जनालाई मात्रै कोरोना भाइरसले भेटेको बताइए पनि भौगोलिक हिसाबले जटिल यो देशभित्र उपकरणको पहुँच नपुगेका कति मानिस होलान्? कसैले भन्न सक्दैन। 

भारत र चीनबाट आउनेहरू नाम दर्ता गरेर मात्र सीमाभित्र छिर्दैनन्। खास गरेर, भारतबाट पैदल सीमा आरपार गर्नेको भेल ठूलो हुन्छ। पछिल्लो समयमा चीनबाट नेपाल प्रवेश गर्नेको संख्या ह्वात्तै बढेको छ। यस्तो स्थितिमा, कति नेपाली कोरोना पीडित छन्? कसैले भन्न सक्दैन।

स्वास्थ्य सेवा पाउने अधिकार पाएका जनताको आक्रोश त आफ्नो ठाउँमा छँदैछ। तर, यहाँ वरिष्ठ स्वास्थ्यकर्मीहरुको रोष र आक्रोशको चर्चा नगरी हुँदैन। प्रसंगमा, सुप्रसिद्ध चिकित्सक मधु घिमिरेले फेसबुक स्ट्याटसमार्फत् आफनो विचार व्यक्त गर्दै भन्नु भएको छः ‘देश संकटमा परेको यस्तो समयमा बिरामी प्रधानमन्त्रीले सरकार चलाउनु अभिशाप नै हो। प्रधानमन्त्री आफै सरकार चलाउन सक्ने अवस्थामा छैनन् भने उनका सहयोगीहरू, केहीलाई छाडेर, सरकार चलाउनयोग्य छैनन्। यो सरकारले तत्काल अनुभवी र योग्य व्यक्तिहरु समावेश भएको निष्पक्ष सरकार गठनका लागि बाटो खोली दिनु पर्दछ। यो काम तत्काल गरी हाल्नुपर्दछ।’ डाक्टर घिमिरेले प्रकट गर्नु भएको विचार सत्य हो। तर, त्यसको कार्यान्वयनमा जानु भनेको क्रान्तिकारी प्रक्रिया हो। हामी कहाँ परिवर्तनका प्रक्रिया शुरु नै भएका छैनन्।

Xtrem
Xtrem

प्रधानमन्त्री खड्गप्रसाद ओली बिरामी छन्। उनमा बेजोडको आत्म–विश्वास छ। अहिलेको अवस्थामा त्यो बेजोडको आत्म–विश्वासको खासै महत्व छैन। शरीर आत्म–विश्वासले मात्रै चल्दैन। शरीरको सुसंचालनका लागि औषधि उपचार, शक्तिवर्द्धक आहार र पूर्णतः शान्तिपूर्ण जीवनको आवश्यकता पर्दछ। प्रम ओलीले सोचेको जस्तो आज मिर्गौला प्रत्यारोपण गरेर भोलि काममा फर्किने अवस्था रहँदैन। प्रम ओलीको बहुप्रचारित आत्म–विश्वास प्रचार र आत्मरतिका लागि मात्रै काम लाग्छ। दुर्भाग्यवश झापा काण्डको मजेत्रो गुतेर राजनीतिमा सक्रिय रहेका प्रम ओली त्यो पींढिका प्रतिनिधि पात्र हुन्, जसका लागि जनताको महत्व भेडाको भन्दा बढी हुँदैन। उनलाई ‘वामपन्थी सामन्त’ का रुपमा चिनाउँदा कुनै फरक पर्दैन। उनी लकडाउनँगै अस्पताल भर्ना भएका थिए। निवास फर्किए कि फर्किएनन्? समाचार हराएको छ।

सरकार सँगसँगै प्रतिपक्ष पनि ‘किंकर्तव्यविमूढ’ देखिएको छ। कांग्रेसलाई कोरोना भाइरसले भन्दापनि आन्तरिक कलहकोभाइरसले लट्ठ पारेको छ। कोरोना बिरुध्द सचेतना फैलाएर कांग्रेसले संकटको बेला जनताको साथ दिन सक्दथ्यो। कांग्रेसका कार्यकर्ताले दुखको बेलामा जनतालाई सघाउन सक्दथे। बिहान साँझ जनतालाई आवश्यक तरकारी र रासन वितरण व्यवस्था मिलाउन सरकारलाई दबाब दिन सक्दथे। तर, यसका नेताहरुमा रत्तिभर सोच र समझदारी देखिएन। नेता रामचन्द्र पौडेल कोरोनाका कारण शेरबहादुर देउवाले महाधिवेशनको मिति लम्ब्याउने चिन्तामा गिजोलिए भने शेरबहादुर खुचिङको शैलिमा देखिए। कांग्रेसका लोकप्रिय मानिएका नेताहरुको आवाज पनि दब्यो। प्रतिपक्षको कमजोरी सरकारको शक्तिमा बदलिनु त स्वाभाविक नै हो।

प्रम ओलीलाई धेरै वामपन्थी विद्वानहरुले ‘स्वप्नद्रष्टा’ मानेका थिए। त्यसरी मान्नेहरुले मानि राखुन्। अहिले यो सहज प्रमाणित भएको छ, प्रम ओली संकुचित मन र संकीर्ण सोचाइ भएका एकजना पदलोलुप व्यक्ति मात्रै हुन् जो एकाकी स्वार्थबाट पछि हट्नै सक्दैन। आफ्नो स्वास्थ्य साह्रै खराब छ भन्ने थाह पाउँदापाउँदै पनि प्रधानमन्त्रीको सिंहासन नछाडेर देशलाई बन्धक बनाउने नेतालाई के भन्ने? के यस्ता मानिसले देशभक्तिको दाबी गर्नु प्रवञ्चना मात्रै होइन? यो पंक्तिकारसँगको एक अन्तर्वार्तामा समाजवादी चिन्तक तथा सांसद प्रदीप गिरिले वर्तमान सरकार हुकुमी शैलीमा चलेको चर्चा गर्दै भन्नु भएको थियो,'हुकुमको जवाफ छैन, कालको ओखति छैन।' अहिले सर्वसाधारण नेपाली जनताको नियति बनेको छ यो प्रसंग। जनताले आधारभूत स्वास्थ्य उपचारसम्म पनि नपाउने, विश्वव्यापी महामारीको समयमा पनि सरकारबाटै ठगिनुपर्ने अहिलेको यो अवस्थालाई नै गणतान्त्रिक, लोकतान्त्रिक र समावेशी मान्नुपर्ने हो? 

अहिलेको अवस्थामा प्रम ओली र उनको नेतृत्वको वर्तमान सरकार कमिसनखोरहरूको कठपुतली बनेको छ भने आफ्नै सरकारको औचित्य सावित गर्न नसक्ने अवस्थामा पुगेको छ पूरै नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व। पछिल्ला गतिविधिले नेकपाको सरकार मात्रै होइन, पार्टीको नेतृत्व पंक्ति मूर्ख र लम्फूहरूको समूह सावित भएकोछ। यो साह्रै दुःखद् अवस्था हो। यो दुःखद् अवस्थाबाट मुक्तिको चेतना कसैमा पनि आएको देखिएको छैन।

प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  १९:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर नेपाल
वरिष्ठ पत्रकार नेपाल nepallive का नियमित स्तम्भकार हुन्।
लेखकबाट थप
नेकपामा चिनियाँ व्यवस्थापन
अध्यादेशमा अल्झिएका ओली
सरकारको हाउगुजी हो कोरोना?
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
‘महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्’: एमाले सचिव बस्नेत शनिबार, असोज २४, २०८३
‘निजामती प्रशासनलाई कठपुतली बनाउन खोजियो, कर्मचारी त्रासमा छन्’: महासचिव पोखरेल शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्