काठमाडौं– सामाजिक क्षेत्रमा प्रेरणादायी काम गरेको भन्दै मैनाली समाज नेपालले मानव सेवा आश्रमलाई पुरस्कृत गरेको छ। शनिबार राजधानीमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले आश्रमलाई मैनाली समाजद्वारा स्थापित खिलमिका लग्क्ष्मी पुरस्कार प्रदान गरेका छन्।
त्यस्तै न्याय क्षेत्रतर्फको खिलमिका लक्ष्मी पुरस्कार पूर्व प्रधानन्याधीश केदारनाथ उपाध्यायलाई प्रदान गरिएको छ। उपाध्यक्षले पुरस्कार राशीको २५ हजार रुपैयाँ सामाजिक काममा लगाउन भन्दै संस्थालाई नै दिएका छन्।
कार्यक्रममा प्रदेशसभा सांसदहरु बद्री मैनाली र श्री प्रसाद मैनालीलाई सम्मान गरिएको थियो। त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीका जनसम्पर्क सल्लाहकार अच्युत मैनालीलाई पनि सम्मान गरिएको छ।
कार्यक्रममा बरिष्ठ अधिवक्ताहरु विजयकान्त मैनाली, राजीवकान्त मैनाली र रमेश कुमार मैनालीलाई पनि कार्यक्रममा सम्मान गरियो।
१ सय ६१ पटक रक्तदान गरेका र रक्तदानका अभियान्ता बनेका अर्जुन मैनालीलाई पनि समाजले शनिबार सम्मान गरेको छ।
गत वर्षको एसएईई परिक्षामा उत्कृष्ट हुने मैनाली समाजका छात्र÷छात्रालाई पनि पुरस्कार वितरण गरिएको छ।
शनिबार नै बसेको समाजको बैककले समाजसेवाका कामलाई थप सशक्त बनाउदै लैजाने निर्णय गरेको समाजमा महासचिव दीर्घराज मैनालीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।