काठमाडाैं- शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधवकुमार नेपालले भेटेका छन्। ओलीलाई प्रचण्डले भेटेपछि नेपालले भेटेका हुन्।
प्रधानमन्त्री महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा बिहीबार राति भर्ना भएका थिए। मुटुमा समस्या उत्पन्न भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीकाे स्वास्थ्य अवस्था बुझ्न शुक्रबार बिहान पार्टी अध्यक्ष प्रचण्ड पुगेका थिए।
प्रधानमन्त्रीलाई भेट्न अपरान्ह वरिष्ठ नेता नेपाल पुगेका हुन्। भेटमा नेता नेपालले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरेको नेपाल निकट नेता विष्णु रिजालले जानकारी दिए। समसामयिक विषयमा ४० मिनेट कुराकानी भएको उनले जानकारी दिए।
प्रधानमन्त्री शुक्रबार साँझ डिस्जार्ज हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।