काठमाडौं- मुटुको समस्या देखिएपछि काठमाडौंको शिक्षण अस्पतालस्थित मनमोहन कार्डिओथोरासिक एन्ड भस्कुलर ट्रान्सप्लान्ट सेन्टरममा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबार नै डिस्चार्ज हुने भएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह शाहलाई उधृत गर्दै उनको आजै डिस्चार्ज हुने बताएका हुन्।
प्रधानमन्त्री ओलीको मुटुको चाल अस्वाभाविक भएपछि गएराति अस्पताल लगिएको थियो। अहिले प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको पनि जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।