काठमाडौं- सरकारले अत्यावश्यक कामबाहेका बाहिर ननिस्कन आदेश जारी गरेको छ। मंगलबारबाट जारी भएको यो आदेश एक साताका लागि हो। कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउनको घोषणा गरेको हो।
अत्यावश्यक सेवामा कुनै अवरोध हुने गरी लकडाउन नगरिएको भए पनि प्रायजसो अत्यावश्यक सेवा प्रदायकले पनि राजधानीमा सेवा दिन छोडेका छन्। लकडाउनको पहिलो दिन अत्यावश्यक सेवामा नै कठिनाइ भएपछि गृह मन्त्रालयले सूचना जारी गरेर अत्यावश्यक सेवा प्रवाह गर्न आग्रह गर्नुपरेको थियो।
लकडाउनको तेस्रो दिन बिहिबार साँझ चुच्चेपाटीमा दैनिक उपभोग्य वस्तुको खरिदमा उपभोक्ता केन्द्रित भएका थिए। सागसब्जी र औपधि पसल फाट्ट फुट्ट खुलेका थिए। बढी मानिसको केन्द्रबिन्दू हरियो साग र दूधका पसलमा थियो। मेडिकल सञ्चालक र जुस पसलेका हातमा पञ्जा थिए। हेरौं केही दृश्यहरूः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।