काठमाडौं-१८ वर्षीया एक किशोरीमाथि ललितपुरमा सामूहिक बलात्कार भएको छ। बलात्कारको आरोपमा महानगरीय प्रहरी परिसर ललितपुरले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दाङ दङगिशरण गाउँपालिका—३ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका—८ लुभु बस्ने २८ वर्षीय प्रकाश चौधरी र सोही ठाउँ बस्ने निरज चौधरी छन्
उनीहरुले ती किशोरीलाई शनिबार साँझ महालक्ष्मी नगरपालिका—९ लामाटार चोकस्थित खाली जग्गामा बलात्कार गरेर फरार भएको भन्दै पीडितले उजुरी दिएका थिए।
पक्राउ परेका दुवै जनामाथि बलात्कार कसुरमा अनुसन्धान सुरु गरिएको ललितपुर प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।