• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख ११, २०८३ Fri, Apr 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कोरोनाको राजनीतिक कहर : बेइजिङले खोस्ला वासिङटनको महाशक्ति ताज?

64x64
रमेश ज्ञवाली बिहीबार, चैत १३, २०७६  ०९:०१
1140x725

हालै एक नेपाली ट्वीटर प्रयोगकर्ताले लेखे- श्रीमान विदेशतिर, बिरामी सासु ससुरालाई गाउँमै छाडेर सहर पसेकी च्याखुरी कोरोनाको डरले बच्चाबच्ची लिएर गाउँतिर लागिछे। के अब उसले गएर त्यही कालो कराइ माझेर सेतै बनाउली त?

सरसर्ती पढ्दा कसैलाई उडाइएको र हाँसीमजाक गरिए जस्तो लागे पनि यसले गम्भीर अर्थ बोकेको देखिन्छ।

दशैं तिहार वा ठूलै काम नपरी गाउँ नफर्कने र ‘अब त उता गएर के बस्न सकिएला र?‘ भन्नेहरुले कोरोनाको आतंकले रातभर नयाँ बसपार्कको टिकट काउण्टरमा लाइन बसी गाउँ पुगेर घाँस दाउरातिर लागेको भन्दै सन्जालतिर फोटो टाँसेको देखिन्छ।

यसरी यो महामारीले मानिसको सामाजिक र आर्थिक रुपान्तरणमा धेरै फरक पार्ने आकलन गरिएको छ। यो लेखमा यही महामारीले अन्तर्रास्ट्रिय सम्बन्धमा के कस्तो असर पार्ला भन्ने विषयमा केही विदेशी आलेखहरु जोडजाड पारेर अनुवाद गरिएको छ।

विश्वमा लाखौं मानिस कोरोना भाइरसका कारण एकान्तवासमा बसिरहँदा अन्तर्रास्ट्रिय राजनीतिमा चासो राख्नेहरुले अबको राजनीतिमा अमेरिका एक मात्र विश्व खेलाडी रहन नसक्ने आकलन गर्न लागेका छन्।

वासिंटन, गृह मन्त्रालय तथा सेण्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको काम कारबाहीले अमेरिका महामारी नियन्त्रणमा उदासिन मात्र होइन, ती निकायको क्षमता र आत्मविश्वासमा समेत प्रश्न खडा गरिदिएको छ।

देशका सरकारी र निजी निकायसँग रोग विरुद्ध चाहिने उपकरणको अभाव भइरहँदा राष्ट्रपति ट्रम्पको सम्बोधन वा उनले गर्ने ट्विटले विवाद, अविश्वास र अनिश्चता मात्र बढाएको छ। यसबाट विश्वव्यापी समस्या आउँदा वासिंटन कति पनि तयारीमा छैन र नेतृत्व प्रदान गर्न पनि अक्षम छ भन्ने देखाउँछ।

विगतका कैयौं दशक विश्व महाशक्ति बनेको अमेरिका एकाएक शक्तिशाली भएको हैन। त्यसका लागि देशको आन्तरिक प्रशासन, देशभित्रको शिक्षा र स्वास्थ्य व्यवस्थाका साथै विश्वव्यापी संकटको व्यवस्थापन गर्नै ईच्छा र क्षमता पनि हो। तर अहिलेको संकटमा वासिंटन यी सबै क्षेत्रमा असफल हुँदै गएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

वासिंटननको यो कमजोरी भइरहँदा बेइजिङ भने महामारीको व्यवस्थापमा नेतृत्वदायी भूमिकामा आइसकेको देखिन्छ। उसले यसबीचमा स्वास्थ्य उपकरण, स्वास्थ्यकर्मी मात्र पठाएन, आफ्नो प्रविधि र प्रणाली समेत अरुलाई दिन सकेको देखिन्छ। वासिंटनको यो अनिच्छा वा अक्षमता जे भनेपनि यही गतिमा बेइजिङ अघि बढ्यो भने अबको शताब्दीको विश्व नेतृत्वकर्ता बेइजिङ हुने देखिन्छ।

सुरुको अवस्थामा चीनले सूचना लुकाएको, संक्रमणको समयमै खबर नगरेको र विश्व स्वास्थ्य संगठनलाई सही जानकारी नदिँदा वुहानमा ठूलो क्षति पुगेको आरोप लागेको थियो। पछि भने चीनले कुशलतापूर्वक काम गरेको देखिन्छ। हुन त चीनको अवस्था अझै सामान्य भइसकेको छैन तर जुन स्तरमा उसले विश्वलाई सहयोगी हात बढाएको छ, त्यसबाट ऊ अब बिस्तारै विश्व राजनीतीको नेतृत्वमा रहने दाउमा छ भन्ने देखिन्छ।

चीनको सफलताका सूत्र अहिले संसारका सबै देश र भाषाहरुमा छरपष्ट भइसकेका छन्। विदेश मन्त्रालयका प्रवक्ताले चिनिया शैली र प्रणालीलाई महामारी विरुद्धको नयाँ शैली भनिसके। अर्थात्, चिनिया प्रविधि र शैली अब विश्यव्यापी प्रणाली भइसक्यो।

पश्चिमी देशहरुको तुलनामा चीनले एकद्वार प्रणालीबाट सूचना प्रवाह गरिरह्यो। जबकी पश्चिमी र अन्य मुलुकहरु आफ्नो मुलुकको वास्तविक अवस्थाबारे अन्यौलमै रहिरहे। वासिंटनले न त झन् महामारीविरुद्ध लड्न आफूसँग स्रोत साधन र जाँच गर्ने उपकरण नै पर्याप्त नभएको भन्दै सीमित मात्र परीक्षण गर्ने भन्यो। यसलाई वासिंटनको अक्षमता र गैरजिम्मेवारी शासकको रुपमा अखबारहरुले चित्रित गरे। त्यती मात्र होइन, रुसी शैलीमा चीनले यो भाइरस अमेरिकी सेनाले फैलाएको भन्न सम्म भ्याए।

संसारमा संकट परेको बेला अत्यावश्यक आवश्यक सामान दिएर मात्र विश्व नेतृत्वकर्ता बनिने  एउटा गुण प्राप्त हुन्छ भन्ने कुरा चिनिया राष्ट्रपति सीले राम्रोसँग बुझेका छन्। चिनीया विदेश नीतिको मानकलाई कसरी विश्व प्रशासनमा प्रभावकारी बनाउने भनेर वषौं प्रयासरत सीलाई यो दर्शनलाई व्यवहारमा उतार्न यो महामारी एउटा अवसर भएर आयो।

मास्क, भेन्टिलेटर, औषधिलगायत अत्यावश्यक सामग्रीको तत्काल सहयोग र त्यसको व्यवस्थित प्रचार प्रसार हेर्दा चीनको कुशलता र क्षमता अदभूत देखिन्छ। केही समयअघि त्यस्ता सामान अरुबाट सहायता लिएको र किनेको चीनले छोटो अवधिमा, आफू संकटकै बीचमा पनि ती सामाग्री उत्पादन गरेर अरुलाई निःशुल्क पठाउन सक्यो।

इटलीले स्वास्थ्य सामग्री र अन्य सहयोगको याचना गर्दा युरोपियन युनियन मौन बसिरहँदा चीनले हजार भेण्टिलेटर, लाखौं मास्क, ५० हजार जाँच गर्ने उपकरण लगायत सामग्री पठाउने घोषणा गर्‍यो।

त्यसैगरी, इरानमा पनि लाखौं मास्क र अन्य सामग्री तत्काल पठायो। सर्वियाका राष्ट्रपतिले त चिनिया समकक्षीलाई दाजुभाइको नाता लगाउँदै सहयोगको याचना गरे। चिनिया धनाढ्य ज्याक माले अमेरिकालाई जाँच गर्ने सामाग्री र अफ्रिकाका सबै ५४ देशलाई २० हजार जाँच गर्ने सामाग्री र १ लाख मास्क दिने घोषणा गरे। माले नेपाल लगायत एसियाली मुलुकलाई पनि सहयोगको घोषणा गरेका छन्।

चीनको यो सहयोगबाट के देखिन्छ भने भाइरस विरुद्ध चाहिने सबै सामाग्री चीनमा बन्छन् र सरकारले उद्योगहरुलाई युद्धस्तरमा उत्पादन गर्न लगाई सरकारलाई बेच्न लगायो र संसारलाई दिन सक्यो। चीनमा रहेका विदेशी कारखानालाई समेत उत्पादन गर्न मात्र लगाइएन कि मोटर बनाउने कम्पनीले समेत मास्क बनाएर बसे।

बेइजिङले स्वास्थ्य सामग्रीको साथ आफ्नो विदेश नीतिको एउटा औजार पनि विश्वभर पुर्‍यायो। औजार मात्र कहाँ हो र? संसारले उत्पादन गर्ने एण्टिबायोटिकका लागि चाहिने कच्चा पदार्थको मुख्य स्रोत नै चीन हो।

उता अमेरिकाको कुरा गर्दा स्वास्थ्य सामग्री अरुलाई सहयोगको त परको कुरा भयो, आफ्नै देशको लागि चाहिने पनि उसँग भएन। आफूलाइ चाहिने मध्ये मास्क १ प्रतिशत र भेण्टिलेटर १० प्रतिशत मात्र जगेडामा रहेको तथ्यांक बाहिर आएको छ। त्यसको परिपूर्ति गर्न कि त चीनबाट ल्याउनुपर्‍यो वा त्यहींका उद्योगहले रफ्तारमा उत्पादन गर्नुपर्‍यो। त्यसैगरी, अमेरिकाको एन्टिबायोटिक उत्पादनमा ७५ प्रतिशत चीनकै भर रहेको छ। हुन त वासिंटनले बेइजिङलाई सहयोग गर्ने बताएको थियो तर अहिले त्यसो गर्न सक्ने अवस्थामा छैन। बरु बेइजिङ सहयोग लिएर संसारभर पुगेको छ। 

विश्वव्यापी संकट समाधानमा स्वास्थ्य सामग्री सहायता मात्र विश्व नेतृत्वको एउटा मानक बन्न नसक्ला। सन् २०१४-१५ को इबोला संकटको बेला अमेरिकाले दर्जनौं देशलाई सम्मिलित गरेर समूह बनाई रोग रोकथामका लागि नेतृत्व गरेको थियो। तर, कोरोना विरुद्धको लडाइँमा भने ट्रम्प प्रशासन उदासिन मात्र होइन, आफ्ना सहयोगी देशहरुसँग पनि सहकार्य गर्न अनिच्छुक देखिन्छ। जस्तै पूर्व सूचना बिनै युरोपियन देशसँगको हवाइ सम्पर्क विच्छेद। त्यसको विपरित चीनले भने आक्रमक कुटनीतिक कदम चाल्दै दर्जनौं देश र सयौं अधिकारीसँग भिडियो सम्पर्क गर्दै आफ्नो अनुभव सुनाएको छ र सहयोगको बचन दिएको छ। र ती कदमहरुको राम्रो प्रचारप्रसार पनि गरिएको छ।

चिनिया नेतृत्वबाट कोरोना महामारीको तत्काल प्रभावकारी सम्बोधन र त्यसमा अमेरिकी उदासिनता नै विश्व नेतृत्व बन्ने मार्गमा चिनिया फड्को देखिन्छ। अब यो रफ्तार कसरी अगाडि बढ्छ भन्ने कुराचाहिँ वासिंटनले नेतृत्वको लक्षण अर्थात देशभित्र समस्या समाधान गरी विश्वभर सहयोग र संयोजन गर्न सक्यो भने मात्र पासा पल्टिन सक्ला।

त्यसको पहिलो शर्त भनेको महामारीबाट आफ्नै देशलाई बचाउन सक्नु र त्यसका लागि चाहिने उपकरण सहजै उपलब्ध गराउन सक्नु हो। अर्को भनेको सरकारी र गैर सरकारी निकाय र अनुसन्धानदातालाई श्रोत साधन उपलब्ध गराएर कोरोना विरुद्धको औषधि र खोपको आविष्कार र उत्पादन गराउनु हो। यो काम गर्न ठूलो धनराशीको आवश्यकता पर्ने हुँदा सरकारको प्रत्यक्ष सहयोग र हस्तक्षेप आवश्यक छ। यसबाट संसारलाई ठूलो राहत मिल्ने छ।

विश्वव्यापी संकटमा अन्तर्राष्ट्रिय खेलाडी हुनको लागि कुशल नेतृत्वको आवश्यकता हुन्छ जसले अत्यावश्यक सामानको विश्वव्यापी वितरण, सही सूचना प्रवाह र आवतजावतको उचित समन्वय गर्न सकोस्। दशकौंसम्म नेतृत्व गरेको देशले यस्तो फेरि गर्न नसक्ने पक्कै होइन। 

वासिंटनले बेइजिङसँग शत्रुताको व्यवहार वा प्रतिस्पर्धाभन्दा पनि सहकार्य गरेर यो विश्वव्यापी संकटबाट पार लगाउन हातेमालो गर्न सक्छ। औषधि र खोपका लागि संयुक्त प्रयास गर्न सक्छ।

एउटा कुरा चाहिँ स्पष्ट के हो भने अमेरिकाको यही गतिमा अब ऊ विश्व महाशक्तिमा टिकिरहनचाहिँ गाह्रै देखिन्छ। 

स्रोतहरु-
https://www.foreignaffairs.com/articles/china/2020-03-18/coronavirus-could-reshape-global-order?fbclid=IwAR2qQOf1ILzC4TPsZsWPTngVvIqdg9a5JnHBgYnpnFyqm2peANnyowffWhI&utm_campaign=cta_share_buttons&utm_medium=social&utm_source=facebook_cta 

https://foreignpolicy.com/2020/03/20/world-order-after-coroanvirus-pandemic/
 

प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  ०९:०१
  • #चीन
  • #अमेरिका
  • #coronaupdate

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रमेश ज्ञवाली
लेखकबाट थप
नभइसकेको डाक्टर साप
मालिक, अझै पनि पुगेन तपाईंलाई?
दाइ, अब तपाईं फर्किनुपर्छ !
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
स्थानीय तहको निर्वाचन तयारीका लागि रास्वपाले गर्‍यो विपिन आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन बिहीबार, वैशाख १०, २०८३
खानेपानीका इन्जिनियरविरुद्ध डेढ करोड अवैध सम्पत्ति जोडेको आरोपमा मुद्दा बिहीबार, वैशाख १०, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ बिहीबार, वैशाख १०, २०८३
सिरहामा मोटरसाइकलले ठक्कर दिँदा बालिकाको मृत्यु बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङबिच छलफल बुधबार, वैशाख ९, २०८३
जस लिएजस्तै क्षतिको जिम्मेवारी पनि लिनुपर्छ : विष्णु पौडेल बुधबार, वैशाख ९, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ बिहीबार, वैशाख १०, २०८३
रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो बिहीबार, वैशाख १०, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्