काठमाडाैं- कोरोना भाइरस (कोभिड–१९)को जोखिमका कारण देश फर्कन खोजेका नेपाली कामदारहरु रोक्न नमिल्ने दावी गरिएको रिटमा सर्वाेच्च अदालतमा सुनुवाइ सुरु भएको छ।
न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलाशमा रहेको उक्त मुद्दामा अहिले बहस सुरु भएको छ। सरकारले नेपाल प्रवेश रोक्नु गैरकानुनी भएकाले उनीहरुलाई निर्वाध रुपमा भित्राउन र जनताको स्वास्थ्य ख्याल गर्न माग रिटमा गरिएको छ।
रिट निवेदनमा जुनसुकै मुलुकबाट स्वदेश फर्कन चाहने नेपालीलाई रोक्न नहुने आदेश जारी हुनुपर्ने माग छ। अधिवक्ताहरु मीरा खड्का बस्नेत र माधव बस्नेतले सर्वोच्च अदालतमा गत सोमबार दर्ता गरेको रिट निवेदनमा विपत्तका बेलामा विदेशमा रहेका आफ्ना नागरिकहरुलाई खोजेर ल्याएर उपचारको व्यवस्था गर्नुपर्नेमा स्वदेश फर्कनै रोक्नु गैरकानुनी हुने दावी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।