काठमाडौं– सेल्फ क्वारेन्टाइन अर्थात् एकान्तवासमा हुनुहुन्छ तपाईं। के गरिरहनु भएको छ? कोरोनाको डरले शाररीक अभ्यास चटक्कै छाड्नुभएको कि? बाहिर निस्किन पाइएको छैन केको शाररिक अभ्यास भन्ने त होला नि। यो त बहाना हो । घरमै केही न केही गर्न सकिन्छ। नभए अभिनेत्री वर्षा सिवाकोटीलाई हेर्नुहोस् न। उनले आफ्नै घरको छतलाई शाररिक अभ्यासका लागि रोजेकी छिन्। दैनिक शाररीक अभ्यास र योगा गर्ने गरेकी छिन्। जुन सामाजिक सञ्जालबाट सेयर गर्ने गरेकी छिन्।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।