चितवन– भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा मृत्यु भएका युवक 'लुपस' राेगका बिरामी भएको अस्पतालले स्पष्ट पारेको छ।
विरगन्ज–२२ जगन्नथपुरका सन्तोष यादवलाई लुपस भनिने रोगले मिर्गौलासमेत कमजोर भएको अवस्थामा ज्वरो र निमोनियाको समस्या देखिएको थियो। लुपस राेगले आँखा, छाला, मिर्गौला, फोक्सो, मष्तिष्क आदिमा असर गर्नसक्छ।
अस्पताद्वारा जारी विज्ञप्तिमा उनलाई ज्वरो र निमोनियाको लक्षण देखिएपछि चितवन मेडिकल कलेजबाट कोरोना विशेष अस्पतालमा रिफर गरिएको थियो। मृतक यादवको श्वास प्रश्वासमा समस्या बढेपछि आइसियूमा सारिएको थियो।
यादवको मंगलबार बिहान मृत्यु भएको हाे। स्वाबको रिपोर्ट नआउन्जेलसम्मको लागि यादवको शव आइसोलेसनमा राखिएको अस्पतलाले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।