एजेन्सी–क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडो अहिले सेल्फ आइसोलेसनमा छन्। बेलायत भ्रमणलगत्तै उनकी श्रीमती सोफी ग्रेगोइरमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि उनी सेल्फ आइसोलेसनमा बसेका हुन्।
क्यानडाको ओट्टावाको ऐतिहासिक रिडो कलेजमा उनीसहित उनका ३ सन्तान पनि उनकै साथमा छन्। त्यहाँ न कुनै काम गर्ने सहयोगी छन्, न त परिवारका सबै सदस्य।
विश्वका शक्तिशाली देशहरुका लागि यो अवस्था चुनौतीपूर्ण त छ नै। यस्तोबीचमा पनि ट्रुडो आइसोलेसन बसेकै कटेजबाट भिडियो कन्फरेन्सका माध्यमद्वारा सबैसँग जोडिइरहेका छन्। ट्रुडोका ३ सन्तान छन्–१२ वर्षीय जेभियर‚ ११ वर्षीय एल्ला ग्रेस र ६ वर्षीय ह्याड्रियन।
अहिले ११ वर्षीय छोरी ट्रुडोकी फोटोग्राफर भएकी छन्। विभिन्न देशका नेतासँग भएको भिडियो कन्फेरेन्सको फोटो लिने फोटोग्राफर बनेकी छन् उनी।
उनी अहिले आफ्ना सन्तानसँग रमाइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।