काठमाडौं– त्रिभुवन विश्वविद्यालयअन्तर्गतको जैविक प्रविधि केन्द्रीय विभागले कोरोना भाइरसको परीक्षण गर्ने उपकरण र प्रयोगशाला विभागसँग रहेको जनाएको छ।
सरकारले अनुरोध गरेको खण्डमा विभागले तत्काल गर्न सक्ने कार्यहरुसमेत सार्वजनिक गरिएको छ। विभागीय प्रमुख प्राध्यापक डा कृष्णदास मानन्धरले किट उपलब्ध गराएको अवस्थामा रियल टाइम आटी पिसिआर प्रविधिबाट ४ घन्टाभित्र परीणाम दिने सकिने बताइएको छ।
सरकारले पिपिइ उपलब्ध गराएमा स्नातकोत्तर तहका विद्यार्थी स्वयंसेवकका रुपमा खटाउनेसमेत विभागले जनाएको छ। संक्रमित संख्या बढ्न गएको अवस्थामा क्वारेन्टाइन र आइसोलेसनका लागि विभागका नवनिर्मित भवनहरु प्रयोग गर्न सकिने विज्ञप्तिमार्फत जानकारी गराइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।