काठमाडौं–कोरोना भाइरसको संक्रमणबाट बँच्न सजगता अपनाउनका लागि मलामी कम गर्न पशुपति विकास कोषले अनुरोध गरेको छ। भीडभाड कम गर्नका लागि कोषले एकपटकमा ७ जनामात्रै आर्यघाटमा प्रवेश पाउने व्यवस्था गरेको हो।
यस्तै, अर्को सूचना जारी नभएसम्म विशेष पुजा स्थगित गरेको कोषले जनाएको छ। जल अभिषेक र बेलुकाको आरतीसमेत रोकिएको छ। दर्शनार्थीलाई दक्षिण तर्फको ढोकाबाट मात्रै प्रवेश गराउने कोषले जनाएको छ। अन्य ढोकाहरु भने बन्द रहनेछन्। भक्तजनलाई एक पटकमा दशजनालाई मात्रै मन्दिरभित्र प्रवेश गर्न पाउने व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।