सांकेतिक तस्बिर
कैलाली–कैलालीमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका ९ बस्ने भक्तवहादुर धामीले ६२ बर्षीया श्रीमती धारुदेवी धामीको हत्या गरेका हुन्।
शनिबार दिउँसो एक बजेको समयमा भक्तबहादुरले घरमा कोही नभएको समयमा हथौडाले टाउकोमा प्रहार गरी धारुलाई गम्भीर घाइते बनाएका थिए। उनको कोहलपुर अस्पतालमा उपचार भईरहेकोमा आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।