काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। मिर्गौलाको दोस्रो परीक्षणपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। फागुन १८ गतेपछि पहिलोपटक प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।
दोस्रो पटक अर्थमन्त्री बनेका डा युवराज खतिवडाको पछिल्लो कार्यकालमा बस्न लागेको यो पहिलो मन्त्रिपरिषद् बैठक हो। डा खतिवडाले दोस्रो पटक अर्थमन्त्री भएर फागुन २१ मा अर्थ मन्त्रालयको कार्यभार सम्हालेका थिए।
फागुन २१ मा खतिवडाको राष्ट्रिय सभा सदस्यका रूपमा २ वर्षे कार्यकाल समापन भएको थियो। सोअघि नै उनले मन्त्री पदबाट राजीनामा दिएका थिए। तर प्रधानमन्त्री अस्पताल भएकै समयमा राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई नै अर्थमन्त्रीका रुपमा सपथ खुवाएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।