काठमाडौं – कोरोना भाइरसको आशंकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ३० जनाको नमूना परीक्षण भइरहेको छ।
शुक्रबार र शनिबार संकलन भएका नमूनाको प्रयोगशालामा परीक्षण भइरहेको हो । उनीहरु सबैको रिपोर्ट आइतबार बिहान आउने प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए।
काठमाडौंसहित उपत्यका बाहिरका अस्पतालबाट कोरोना परीक्षणका लागि नमूना संकलन भएको प्रयोगशालाले जनाएको छ । यसअघि शुक्रबार परीक्षण गरिएका ३३ जनामा कोरोना देखिएको थिएन।
कोरोनाको आशंकामा नेपालमा हालसम्म ५ सय ७९ जनाको नमूना परीक्षण भएको छ । जसमध्ये हालसम्म एक जनामा मात्र कोरोनाको संक्रमण पुष्टि भएको थियो । उनी निको भएर घर फर्किसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।