काठमाडौं- पूर्व अरनिको यातायात समितिले यात्रु र चालकलाई मास्क उपलब्ध गराउने भएको छ। त्यस्तै यात्रुलाई बस चढ्नुअघि अनिवार्य रूपमा हातमा स्यानिटाइजर लगाउनुपर्ने व्यवस्था गरेको छ।
समितिले शनिबार बिहानबाट कोटेश्वर हुँदै पूर्वका १६ जिल्ला जाने यात्रुलाई मास्क र स्यानिटाइजरको व्यवस्था गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए।
'सरकारलाई आग्रह गर्दा त्यति सकारात्मक रूपमा लिएको नपाएपछि हामीले व्यवसायीकै पहलमा यात्रु तथा चालकलाई मास्क र स्यानिटाइजरको व्यवस्था गरेका हाैं', उनले भने, 'कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै यात्रुलाई सुरक्षितरुपमा घर पुर्याउने पहल व्यवसायीले आफैं गरेका हुन्।'
त्यस्तै पूर्व अरनिको यातायात प्रालिका चित्र कुँवरले यात्रुको सुरक्षालाई ध्यान दिएर उक्त पहल गरेको जानकारी दिए। व्यवसायी आफैंले पहल गरेर मास्क र स्यानिटाइजरको व्यवस्था गरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।