गाईघाट– उदयपुरमा एम्बुलेन्सको ठक्करबाट २ जनाको मृत्यु भएको छ। चुहाडेबाट सदरमुकाम गाईघाट जाँदै गरेको स१झ ४७७ नम्बरको एम्बुलेन्सले त्रियुगा नगरपालिका– ९ झिल्केटोलमा बाटो छेउमा बसिरहेका ३ जनालाई शुक्रबार साँझ ठक्कर दिएको थियो।
एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका स्थानीय ६२ वर्षीय तिलक दनुवारको जिल्ला अस्पताल उदयपुरमा उपचारकै क्रममा मृत्यु भएको हाे। यसैगरी १४ वर्षीय रोशन दनुवारकाे उपचारका क्रममा विराटनागरस्थित न्यूरो अपस्पतालमा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कराबाट ३२ वर्षीय राजकुमार दनुवार घाइते भएका छन्। उनको न्युरो अस्पताल विराटनगरमा उपचार भईरहेको छ। एम्बुलेन्स र चालक सन्तोष खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामागरले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।