• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ १६, २०८३ Tue, Sep 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना कहर छेक्ने कैद माफीमा बलात्कारी र भ्रष्टाचारी पनि छुट्न सक्ने

64x64
दुर्गा दुलाल शुक्रबार, चैत ७, २०७६  २०:२८
1140x725

काठमाडौं–विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणलाई ख्याल गर्दै थुनामा रहेका कैदीहरुलाई राहत दिने र अनुसन्धान तथा पक्राउमा  नरम शैली अपनाउने निर्णय बिहीबार भयो। 

महान्यायाधीवक्ता अग्नी खरेलको नेतृत्वमा गृहसचिव, कानुन सचिव,आइजीपी, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारसहितको बैठकले  गरेका सात वटा निर्णय कार्यान्वयन भएसँगै जन्मकैददेखि भ्रष्टाचार पुष्टि भएर कारागारमा बसिरहेकाहरु समेत रिहा हुन सक्नेछन्।

निर्णयमा कसुरको गम्भीरता र संवेदनशीलतालाई ध्यानमा राख्दै अनुसन्धानका लागि पक्राउ नगरी अनु्सन्धान गर्नेदेखि मुलुकी संहिताको  कैद वापतको रकम लिई छुट दिने, ५० प्रतिशतसम्म कैद भुक्तान गरेका व्यक्तिलाई रिहाइ गर्नेसम्मको प्रस्ताव निर्णयमा छ। त्यस्तै जेष्ठ नागरिकले कैद सजायमा पाउने छुट सुविधा र बालसुधार गृहमा रहेका बालबालिकाको कैद स्थगनसम्म गर्ने निर्णय बैठकले गरेको थियो। 

उच्चस्तरीय समितिले निर्णय गर्दा मुलुकी फौजदारी कार्यविधि, सजाय निर्धारण संहिताको दुई वटा दफा ३७ र १५५ अनुसार छुट दिने निर्णय गरेको थियो। 

मुलुकी फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन दफा ३७ ले कैद छुटको सुविधा उल्लेख गरेको छ। उक्त ऐनको दफा ३७ मा  कैद कट्टा हुन सक्ने  व्यवस्थामा कैदमा रहँदा चालचलनमा सुधार आएमा र निजले  ५० प्रतिशत कैद सजाय भुक्तान गरेमा निजलाई भएको कैद सजाय कारागारले तोकिएबमोजिम कट्टा गर्न सक्ने’ भनिएको छ। 

सो दफाअनुसार जन्मकैद, जबर्जस्ती करणी, भ्रष्टाचार, मानव बेचबिखन तथा ओसारपसार, अपहरण तथा शरीर बन्धक, लागूऔषध ओसारपसार तथा कारोबार, संगठित अपराध, सम्पत्ति शुद्धीकरण, यातना वा क्रुर, निर्मम, अमानवीय वा अपमानजनक व्यवहार र मानवताविरुद्धको अपराध सम्बन्धी कसूरमा सजाय पाएको व्यक्तिले समेत सजाय छुट पाउन सक्छन्।

यस्तो छ कैद छुट पाउने  प्रावधान

बिहीबार भएको निर्णयमा मुलुकी फौजदारी  कार्यविधी संहिताको दफा १५५ अनुसार पनि कैद छुट दिने निर्णय भएको छ। उक्त दफामा कैदबापत रकम तिर्न सकिने व्यवस्था छ। पहिलो पटक कसुरदार ठहर भएमा र उसलाई रिहा गर्दा सार्वजनिक शान्ति लगायतका असर नपर्ने भएमा रकम लिएर छोड्न सकिने प्रबन्ध सोही दफामा छ। 

nimb
nimb

दफा १ मा कुनै कसूरमा पहिलो पटक कसूरदार ठहरी एक वर्ष वा एक वर्षभन्दा कम कैदको सजाय भएको मुद्दामा कसूरदारको उमेर, कसूरको गम्भीरता, कसूर गरेको तरिका, आचरण समेतलाई विचार गर्दा कारागारमा राख्नु उपयुक्त नदेखिएमा तथा निजलाई छोड्दा सार्वजनिक शान्ति, कानून र व्यवस्थामा खतरा पुग्नेसमेत नदेखिएमा त्यसको कारण खुलाई अदालतले निजलाई कैदमा राख्नुको सट्टा त्यसबापत रकम लिई कैदबाट छाडिदिन उपयुक्त ठहर्‍याएमा कैद बापतको रकम तिरी कैद बस्नु नपर्ने गरी आदेश दिन सक्ने भनिएको छ। 

जेष्ठ नागरिकलाई कैद छुट दिनका लागि सर्वोच्च अदालतबाट प्रतिपादन भएका तीन नजिरलाई समेत बिहीबारको बैठकले आधार बनाएको छ। उच्चस्तरीय समितिले छुट दिनेसम्बन्धी दुई वटा र छुट नपाउने एउटा नजिरलाई समितिले कोट गरेको छ। 

कैद छुटबारे सर्वोच्चका तीन नजिर 

नरध्वज गुरुङ : २०७४ मंसिर २९ गते न्यायाधीशद्धय इश्वर खतिवडा र  आनन्दमोहन भट्टराईको इजलाशले गरेको फैसलालाई समितिले उल्लेख गरेको छ। 

उनीविरुद्ध जबर्जस्ती करणी मुद्दामा २०७३ चैत १० मा आठ वर्ष कैद सजाय ठहर भएको थियो। २ वर्ष ११ महिना भुक्तान गरेपछि जेष्ठ नागरिकको सुविधा पाउन माग गर्दै उनले निवेदन दिए। सर्वोच्चले उनको उमेर ७० वर्षमाथिको भएको भन्दै सुविधा दिन परमादेश जारी गरेको थियो। 

हिमालयभक्त प्रधाननाङ्ग  :  बैकिङ कसुरमा उनलाई तीन वर्ष कैदको सजाय ठहर भएको थियो। तीन वर्ष कैद भुक्तान गरे पनि तोकिएको जरिवाना नतिरेपछि उनी थुनामै थिए। जरिवानावापत ५ महिना कैद बसिसकेका थिए। तर सर्वोच्चले करोडौको रकम केही महिना कैद बसेकै आधारमा छुट दिन नसकिने भन्दै २०७३ साउन २८ गते उनको बन्दीप्रत्यक्षीकरण रिट खारेज हुने फैसला सुनाएको थियो। जेष्ठ नागरिकको कैद छुट दिनका लागि कैद सजायमा मात्र लागू हुने यो नजिर निर्माण भएको थियो। 

पेम्बा गुरुङ : वन्यजस्तु तस्करीको आरोपमा दोषी ठहर भएका उनी ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक थिए। उनलाई जिल्ला अदालतले १४ वर्ष ६ महिना कैद र  १ लाख रुपैयाँ जरिवाना हुने फैसला  सुनाएको थियो भने  उच्चले १० वर्ष कैद र ५० हजार जरिवाना गर्ने फैसला गरेको थियो। 

२०७२ असार २९ गते फैसला हुँदा उनी ७२ वर्षका थिए। उनले जेष्ठ नागरिकको सुविधा पाउनु पर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए। तर उक्त मुद्दामा फैसला हुँदा उनको मृत्यु भइसकेको थियो। 

उपचारका क्रममा २०७५ असोज २४ गते उनको मृत्यु भएको थियो।   जेष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १२ अनुसार उमेर हदका आधारमा हुने कैद छुटको सम्बन्धमा उनको मागमा कुनै सम्बोधन  नभई उनी बितेपछि सर्वोच्चले देशभरका कारागारमा यस्तो सूची बनाएर कैद छुट दिन निर्देशनात्मक आदेश दिएको थियो। २०७५ माघ १ गते न्यायाधीशद्धय केदारप्रसाद चालिसे र सपना प्रधान मल्लको इजलाशले यस्तो फैसला सुनाएको थियो। 

दुरुपयोगको आशंका

सरकारले विशेष पर्वमा कारागारमा रहेकाहरुको कैद मिनाहा गर्न सक्ने कानुनी व्यवस्था छ। सो व्यवस्था अनुसार गृह मन्त्रालयले कारागार व्यवस्था विभागमार्फत कैद मिनाहा, माफी गर्ने कैदीको सूची माग्ने गरेको छ। यसरी मागिएको सूची सरकारले राष्ट्रपतिसमक्ष पठाउने र राष्ट्रपतिले माफीको निर्णय गर्ने कानुनी व्यवस्था छ।
यही व्यवस्था अनुसार प्रजातन्त्र दिवस, दशै लगायतका पर्व र उत्सवमा कैदी छुट्दा गम्भीर प्रकृतिको अपराधमा सजाय भएकाहरु छुट्ने गरेका छन्।

यही वर्ष पनि फागुन ७ मा कैद माफी हुँदा बबरमहल बम काण्डमा संलग्नसमेत छु्टेका थिए। बाबुराम भट्टराई नेतृत्वको सरकारको पालामा हत्याजस्तो गम्भीर अपराधमा छुटेका व्यक्ति कैद छुटमा रिहा भएका थिए, जो पछि रानीबारी हत्याकाण्डमा पुनः पक्राउ परेका थिए। उनी अहिले जन्मकैद पाएर कारागारमा छन्। 

निर्णय गर्दा अपराधको प्रकृति हेरेर भन्ने शब्द प्रयोग भएको छ। तर विगतको नजिर हेर्दा राजनीतिक स्वार्थ र आर्थिक चलखेलमा कैद छुट पाउनुपर्ने कारागारमै, कारागारमा रहनुपर्ने मुक्त हुने जोखिम देखिन्छ नै। 

प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  २०:२८
  • #Novel Corona Virus
  • #nepallaw

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख सहयोग मंगलबार, भदौ १६, २०८३
रसुवा बाढीपीडितको राहतका लागि नेपाल लिकर्सले दियो १ करोड १ लाख मंगलबार, भदौ १६, २०८३
त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी : मैदानमा व्यवस्थापन छैन, सामाजिक सञ्जालमा ‘हाउगुजी’ मंगलबार, भदौ १६, २०८३
रेशम चौधरीलाई माफी दिने निर्णयविरुद्धको रिट तीन वर्षपछि सर्वोच्चले फैसला सुनाउँदै मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
कृष्णभीर भासिएपछि कहाँबाट आउँदैछ काठमाडौंमा ग्यास ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्