कैलाली–जबर्जस्ती करणी उद्योगको आरोपमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश सभा सदस्य अक्कलबहादुर रावलको फेरि ३ दिन म्याद थप भएको छ। कैलाली जिल्ला अदालतले थप ३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न शुक्रबार चौथो पटक प्रहरीलाइ अनुमति दिएको हो।
कैलाली जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाको इजलासले चाैथौ पटक ३ दिन म्याद थप गरेको हो। जिल्ला प्रहरी कार्यालयले ५ दिन म्याद थप्न माग गरे पनि सरकारी वकिलको कार्यालयबाट ३ दिनको म्याद थपका लागि सिफारिस भएको थियो।
उनी अब ९ गतेसम्म जिल्ला प्रहरी कार्यालयको हिरासतमै रहनेछन्। रावल फागुन २१ गते पक्राउ परेका थिए। अछाम स्थायी घर भई हाल धनगढी उपमहानगरपालिका ४ उत्तरवेहडीमा डेरा गरी बस्ने २५ वर्षीया विवाहित महिलालाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा फागुन २१ गते प्रहरीले उनलाइ पक्राउ गरेको थियो।
रावलविरुद्ध माघ २१ गते जबर्जस्ती करणी गरेको भन्दै पीडित महिलाले प्रहरीसमक्ष जाहेरी दिएकी थिइन । पक्राउ परेका रावललाइ प्रहरीले २५ दिन हिरासतमा राख्न पाउँछ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले उनीमाथि अनुसन्धान जारी रहेको बताए । आरोपीलाइ प्रहरीले अनुसन्धान पुरा नभएको खण्डमा पक्राउ गरेको दिनदेखि २५ दिन हिरासतमा राख्न पाउने ब्यवस्था छ।
रावललाइ अब चैत ९ गते फेरि अदालतमा उपस्थित गराइने छ। अनुसन्धान पुरा नभएमा त्यसपछि प्रहरीले फेरि म्याद थप गर्ने वा थुनछेक प्रयोजनका लागि इजलासमा पेश गर्नेछ। अदालतले उनलाइ धरौटीमा छाड्ने वा कारगार पठाएर मुद्धा प्रकृया अगाडि बढाउनसक्ने अधिवक्ता हिमालयविक्रमबिष्टले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।