एजेन्सी- कोरोना संक्रमणबाट अहिले विश्वका विभिन्न स्थानहरुमा लकडाउन गरिएको छ। चीनको वुहान सहरबाट सुरु भएको भाइरस अहिले विश्वका कयौं स्थानहरुमा पुगेको छ। विश्व स्वास्थ्य संगठनले विश्व संकटकालको समेत घोषणा गरिसकेको छ।
यस्तै विभिन्न देशहरुले कोरोनाबाट बढी प्रभावित आफ्ना देशका केही स्थानहरुमा लकडाउन गरेका छन्। जसमा चीनको वुहान सहरमा चीनले जनवरी २३ देखि लकडाउन लगाएको थियो। कोरोना भाइरसबाट वुहानमा १७ जनाको मृत्यु भएपछि चीनले सो कदम चालेको थियो।
त्यस्तै इटालीले गत मार्च ८ देखि पुरै देशलाई लकडाउन गरेको छ। यसैगरी स्पेनले पनि मार्च १४ देखि लकडाउन गरेको छ। त्यस्तै फ्रान्स‚ न्यूयोर्क‚ लसएन्जल्स‚ लण्डन‚ नयाँ दिल्ली र महाराष्ट्रका पाँच सहर मुम्बई, पुणे, पिम्परी, नागपुर तथा एमएमआर क्षेत्र पनि लकडाउन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।