काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १० औं स्मृति दिवस पारेर नेपाल विद्यार्थी संघ स्याङ्जा–काठमाडौं सम्पर्क समितिले नि:शुल्क २५ सय मास्क र स्यानिटाईजर वितरण गरेको छ।
बानेश्वर चोकमा भेला भएर उनीहरुले बटुवाहरुलाई मास्क र स्यानिटाईजर बाँडेको नेबिसंघका महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए।कार्यक्रममा महामन्त्री युवराज पाण्डे, समितिका अध्यक्ष दिपेन्द्र क्षेत्रीलगायत सहभागी थिए।
यसैगरी नेविसंघले अत्यावश्यक सांगठनिक गतिविधि मात्र गर्ने र यस्तो गर्दा सरकारले तोकेबमाेजिम २५ जनाभन्दा बढी सहभागी नहुने निर्णय गरेको छ।
कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारले गरेको निर्णयमा सघाउने र निर्णय कार्यान्वयन भए या नभएको अनुगमन गर्ने समेत संघले निर्णय गरेको जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।