• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कोरोना संक्रमित मुख्य देशमै छैन राजदूतको कमाण्ड

चीन, अमेरिका, कोरियालगायत ५ देश राजदूतविहीन
64x64
नेपाल लाइभ शुक्रबार, चैत ७, २०७६  १०:००
1140x725

काठमाडौं– विश्वभर कोरोना भाइरस (कोभिड–१९)ले महामारीको रुप लिइरहेका बेला देशबाहिर रहेका नेपालीका लागि त्यहाँस्थित दूतावास र राजदूत नै अविभावक हुन्। तर, कोरोना संक्रमणको फैलावट धेरै रहेका मुख्य देशमै ‘नेपाली कमाण्ड’ सम्हाल्ने राजदूत नै छैनन्।

कोरोनाको उत्पति भएको र हालसम्म धेरै संक्रमित भएको चीनमा हालै राजदूत पद खाली भएको छ। 

चीन र कोरियामा खाली, अमेरिकामा कामचलाउ मात्रै
गत १८ फागुन  बसेको मन्त्रिपरिषद् बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाउँदै उनको ठाउँमा महेन्द्रबहादुर पाण्डेको नाम सिफरिस गरेको थियो।

सरकारले १५ दिनको समय दिएर पौड्याललाई फिर्ता बोलाएपछि उनी बुधबार नेपाल फर्किएका छन्। उनी नेपाल फर्किएसँगै चीनका लागि राजदूत पद खाली भएको हो। 

पाण्डेविरुद्ध १० दिनको समय दिएर संसदीय विशेष सुनुवाइ समितिले २८ फागुनमा उजुरी आह्वान गरेको थियो। समिति सचिवालयका अनुसार पाण्डेविरुद्ध अहिलेसम्म कुनै पनि उजुरी परेको छैन। शनिबार उजुरी आह्वानको १० दिन पुग्ने भएपनि त्यस दिन बिदा हुने भएकाले आइतबारसम्म उजुरी आह्वानको समय थपिने सचिवालयले जनाएको छ। 

पाण्डेविरुद्धको उजुरी आह्वानको समय सकिनै लागे पनि संसदीय सुनुवाइ भने कहिले हुन्छ टुंगो छैन। कोरोना भाइरसको बढ्दो संक्रमणका कारण संसदीय समिति बैठकहरु रोकिरहेको सन्दर्भमा सुनुवाइ समितिको बैठक पनि तत्काल बस्न सम्भव देखिँदैन।

कोरोना संक्रमित धेरै रहेको अर्को देश दक्षिण कोरियामा पनि राजदूत पद खाली छ। रोजगारी र अध्यनका लागि करिब ३५ हजार नेपाली त्यहाँ रहेका छन्।

त्यहाँका नेपालीहरुको सुरक्षा र आवश्यक पर्दा उद्दारका लागि भरपर्नु पर्ने र खटिने सोलस्थित नेपाली दूतावास र त्यहाँका राजदूत नै हुन्। तर, त्यहाँको दूतावास एक वर्षभन्दा बढी समयदेखि नेतृत्वविहीन छ।

Ncell 2
Ncell 2
nimb
nimb

तत्कालीन शेरबहादुर देउवा सरकाले नियुक्त गरेको भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ पुसमा दक्षिण कोरियाका लागि नेपाली राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो।

यस्तै कोरोना संक्रमण बढ्दै गएको अमेरिकामा कामचलाउन राजदूत मात्रै छन्। त्यहाँ पनि कोरोना संक्रमणको दर उच्च रहेको छ। 

कार्यकाल पूरा गरेका राजदूत अर्जुन कार्कीलाई अर्को व्यवस्था नभएसम्म काम जारी राख्न सरकारले भनेको छ। यो कामचलाउन अवस्थामा राजदूत रहनु भनेको खाली रहे जस्तै हो। त्यहाँ राजदूत भएर जान परराष्ट्र सचिव शंकरदास बैरागीले इच्छा जाहेर गरेका छन्। तर, सरकार त्यहाँ राजनीतिक नियुक्ति गर्ने तयारीमा छ।

त्यस्तै दक्षिण अफ्रिकामा पनि राजदूत पद खाली छ। अफ्रिकामा राजदूत रहेका अमृतबहादुर राईलाई सरकारले कार्यकाल सकिनु दुई महिनाअघि मन्त्रालय फिर्ता बोलाएर न्युयाेर्कस्थित राष्ट्र संघको स्थायी प्रतिनिधि बनाइएको थियो। त्यहाँ दूतावास राख्ने या नराख्ने भन्नेमा अन्यौंल छ।

Xtrem

Xtrem

राजनीतिक नेतृत्वले दूतावास हटाउन चाहे पनि  परराष्ट्र  मन्त्रालय राख्नुपर्ने अडानमा छ।

सार्क सदस्यसमेत रहेको श्रीलंकामा पनि राजदूत पद खाली छ। श्रीलंकामा राजदूत रहेका प्राडा विश्वम्भर प्याकुरेलले परराष्ट्र मन्त्रालयप्रति असहमति जनाउँदै कार्यकाल सकिनुअघि नै राजीनामा दिएपछि त्यहाँ अहिलेम्म नयाँ राजदूत पठाइएको छैन्।

निरन्तर निर्देशिका उल्लघन  
परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिसम्बन्धी बनाएको निर्देशिकामा राजदूत पद रिक्त हुनुभन्दा तीन महिनाअघि नै नियुक्तिसम्बन्धी प्रक्रिया थालनी गर्ने उल्लेख छ।

सरकार आफैंले बनाएको निर्देशिकाको ख्याल नगरी राजदूतलाई फिर्ता बोलाएपछि काेराेना बढी प्रभावित चीनजस्तो महत्वपूर्ण छिमेकमा राजदूत खाली भएको हो। 

राजदूत सिफारिस पनि निर्देशिकाविपरीत हुने गरेको छ। निर्देशिकामा ‘नियुक्ति प्रक्रियाको प्रारम्भ परराष्ट्र मन्त्रालयबाट गरिने’ उल्लेख भए पनि त्यसलाई उल्लघन गर्दै मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले नै सिधैं नियुक्तिको प्रस्ताव गर्ने गरेका छन्।

त्यस्तै राजनीतिक नियुक्त गर्दा पनि परराष्ट्र मामिलामा ज्ञान र अनुभव भएकालाई ल्याइने भनिए पनि  त्यसको पनि निरन्तर उल्लघंन हुने गरेको छ। रिक्त स्थानमा राजदूत कहिले नियुक्ति गरिएलान्? यसको कुनै प्रष्ट जवाफ स्वयं परराष्ट्रमन्त्री  प्रदीप ज्ञवालीसँग छैन्।

कोरोनाका कारण सगरमाथा संवाद रोकिएको जानकारी गराउन १९ फागुनमा परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मलेनमा रिक्त स्थानमा राजदूत कहिले नियुक्त गरिन्छ भन्ने प्रश्नमा उनले भनेका थिए, ‘अहिले प्रधानमन्त्री मिर्गौला प्रत्यारोपणका लागि अस्पताल हुनुहुन्छ। उहाँ डिस्चार्ज भएर आए लगत्तै नियुक्त गर्ने काम थाल्छौं।’

प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएर आएपनि यसबारे कुनै निणर्य अहिलेसम्म भएको छैन्।

प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  १०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकारले इ–बिडिङ खारेज गरेर आफू निकट ठेकेदारलाई ठेक्का दिन खोज्यो : बस्नेत
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ?
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
सम्बन्धित सामग्री
सरकारले इ–बिडिङ खारेज गरेर आफू निकट ठेकेदारलाई ठेक्का दिन खोज्यो : बस्नेत नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारले सार्वजनिक खरिद प्रक्रियामा रहेको इ–बिडिङ प्रणाली हटाएर आफू निकट निर्माण व्यवसायीलाई... आइतबार, असोज २५, २०८३
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा पार्टीको १५ औँ महाधिवेशनबाट सभापति पदमा निर्वाचित भएपछि शनिबार सानेपास्थित केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शन... शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नवौँ अधिवेशन अन्त्य ग... शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
सरकारले इ–बिडिङ खारेज गरेर आफू निकट ठेकेदारलाई ठेक्का दिन खोज्यो : बस्नेत आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
इजरायल ठगी प्रकरण: कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्