काठमाडौं–सरकारले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाबाट सञ्चालन हुने सबै प्रकारका तालिम, सेमिनार, गोष्ठी, सभा, सम्मेलनजस्ता कार्यक्रम यही चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समन्वय समितिले यस्तो निर्णय गरेको हो। समितिले सरकारी, सामुदायिक तथा निजी क्षेत्रका तालिम केन्द्र तथा प्रतिष्ठानहरु एवं निजी क्षेत्रका शैक्षिक परामर्श केन्द्रबाट सञ्चालित कार्यक्रम पनि चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।