सांकेतिक तस्बिर
दाङ–दाङको तुलसीपुरस्थित बसपार्कमा पार्किङ गरिराखेको बसमा आगजनी भएको छ। गएराति अज्ञात समूहले तुलसीपुरको बसपार्कस्थित टिकट काउण्टरनजिकै पार्किङ गरेको ना ४ ख ७१८८ नम्बरको बसमा आगजानी गरेको बस धनी सुमन कार्कीले बताए।
कार्कीका अनुसार आगजनीबाट बस पूर्ण रुपमा जलेर नष्ट भएको छ। बसमा राति साढे ११ बजे आगजनी गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए। । उक्त बस दाङको भालुबाङ हुँदै रुकुम चल्ने गरेको थियो। बसपार्कभित्रै पार्किङ गरेको बसमा आगजनी भएपछि गाडीधनीहरु त्रसित बनेको त्रिशिद्देवरी राप्ती यातायात प्रालि तुलसीपुरका सचिव प्रकाश भट्टले बताए।
आगजनीका दोषीको तत्काल पहिचान गरि कारबाही गर्न त्रिशिद्देवरी राप्ती यातायात प्रालिले माग गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले घटनाको सम्बन्धमा अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक डम्बरपालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।