काठमाडौं– सरकारले विदेशी नागरिकलाई कोरोनाबाट अतिप्रभावित मुलुकबाट सोझै आउन वा ती मुलुकलाई ट्रान्जिट बनाएर नेपाल आउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ। कोरोना जोखिम न्यूनीकरणका लागि सरकारको उच्चस्तरीय समितिले यस्तो निर्णय गरेको हो।
यसअनुसार युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुकहरू, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट सोझै आउन वा ती मुलुकलाई ट्रान्जिट बनाई जुनसुकै मुलकबाट नेपाल आउन प्रतिवन्ध लगाइएको हो।
मार्च २० देखि अप्रिल १५ सम्म लागू हुने यो निर्णय नेपाली नागरिकका हकमा भने लागू हुने छैन। अध्यागमन कार्यालयको हटलाईन सेवाले नेपाल लाईभलाई दिएको जानकारी अनुसार नेपाली भने आउँन पाउँछन् ।
तर धेरै अन्तराष्ट्रिय उडानका एअरलाइन्सहरुको उडान स्थगित भइसकेकाले नेपालीहरुलाई स्वदेश फर्किन समस्या देखिने भएको छ।
नेपाली नागरिकहरु नेपाल आउन पाउने भए पनि उनीहरुको विमानस्थलमा स्वास्थ्य परीक्षण गरिनेछ। स्वास्थ्यमा ज्वरोलगायत कुनै समस्या नदेखिएमा उनीहरु सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ। ज्वरो देखिएमा विमानस्थलबाटै उनीहरुलाई अस्पताल पुर्याइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।