• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ २५, २०८३ Thu, Sep 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

छोरीको जीवनका लागि आफैंसँग हारेका प्रेमप्रसाद

खाडीको कमाइले रक्त क्यान्सरपीडित छोरीको उपचार खर्च नटरेपछि सहयोगको याचना गर्दै
64x64
निर्मला घिमिरे बुधबार, चैत ५, २०७६  १६:१८
1140x725

काठमाडौं- बुबा, जसले सन्तानको जितका लागि सबै कुरा हारिदिन्छन्। ललितपुरको महांकाल गाउँपालिका ४ का प्रेमप्रसाद दुलालले पनि आफ्नी ५ वर्षीया छोरीको जीवनका लागि सबै कुरासँग हारिदिए। 

छोरीकै लागि पसिनासँग पैसा साटेर बिहान–बेलुका छाक टार्ने बाध्यतालाई नै उनले थाँति राखिदिए। 

प्रेमप्रसादको छाक टार्ने आधार पनि आम नेपालीको जस्तै थियो–खाडी पुगेर पसिनासँग पैसा साट्ने। 

परिवार र छोराछोरीको सुन्दर भविष्यको कल्पना गर्दै संयुक्त अरब इमिरेट्स (युएई) पुगेका उनी स्थित डेल्टा प्रिन्टिङ प्रेसमा अप्रेटरको काम गर्थे। कमाई ठीकै थियो। पारिश्रमिक समयमा दिँदैनथ्यो, तर के गर्नु? नेपाल फर्किए पनि गर्जो टार्ने कुनै विकल्प थिएन। फेरि परदेश जानैपथ्र्यो। देशमा बेरोजगार हुँदाको दुःख सम्झेर काम गरिरहेका थिए। टुकुटुकु हिँडेर विद्यालय जान थालेकी छोरीको भविष्यको जिम्मेवारी पनि त थियो उनीमाथि। 

कम्पनीले हरेक वर्ष घर आउन बिदा दिन्थ्यो। यो वर्ष पनि दुई महिनाको बिदामा प्रेमप्रसाद फर्किए। बिदा सकिँदै थियो। केही दिनमै प्रेमप्रसाद पुनः युएई उड्दै थिए। कुरा २०७६ असारको हो। छोरीको शरीरभरि काला–काला धब्बाहरु बढ्न थाले। शरीर पहेँलो हुँदै गयो। 

वरिपरिका देख्नेहरुले अड्कल काट्न थाले, ‘छोरीलाई जण्डिस भएजस्तो छ। अस्पताल लैजानु।’ 

उनी आफूले हेर्दा पनि छोरीलाई जण्डिस भएजस्तै लागेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

‘जण्डिस हुँदा पनि शरीर पहेँलो हुन्छ भन्छन्, मलाई पनि त्यस्तै शंका लाग्यो त्यसपछि विदेश जानु अगावै पाटन अस्पतालमा पुर्‍याएँ,’ प्रेमप्रसादको मलिन स्वर सुनिन्छ। 

अस्पतालमा चेकजाँच भयो। भर्ना गरेर ७ दिनसम्म छोरीलाई अस्पतालमै राखियो। जण्डिस भएको पुष्टिसहितको रिपोर्ट कुरिरहेका प्रेमप्रसादको हातमा अस्पतालले सोच्दै नसोचेको रिपोर्ट थमाइदियो। 

रिपोर्टमा थियो ब्लड क्यान्सर (बि सेल)। 

यो सुन्नेबित्तिकै प्रेमप्रसाद छाँगाबाट खसेजस्तै भए। पछि उपचार गरे सञ्चो हुने सम्भावना ७० प्रतिशत रहेको सुनेपछि उनमा केही आशा पलायो। 

उनले बिरामी छोरी र गर्भवती श्रीमतीलाई छाडेर परदेश जाने हिम्मत गरेनन्। यतै रोकिए। 

७ दिनपछि पाटन अस्पतालले छोरीलाई भक्तपुर क्यान्सर अस्पताल रेफर गरिदियो। 

हात समातेर विद्यालय पुर्‍याउने बेलामा प्रेमप्रसादले छोरीलाई अस्पताल पुर्‍याउन थाले। दिनचर्या नै अस्पताल धाएर बित्न थाल्यो। 

हुन त युएईस्थित साहुले उनलाई ७ महिनाको पारिश्रमिक दिन बाँकी थियो। बिदा सकेर कम्पनीमा पुगेपछि दिन्छु भनेको थियो तर छोरीको मायामा उनले त्यो बाँकी रकम माया मारिदिए।  

‘कम्पनीले त्यो रकम पठाइदिएको भए छोरीको उपचारका लागि थोरै भए पनि भरथेग हुन्थ्यो तर पठाएन। बरु आएर एक महिना भए पनि काम गर दिन्छु भन्छ। बिरामी छोरी छाडेर कसरी जानु, पहिले त तलब समयमा दिँदैन थियो। फेरि जाँदा के देला ?’ प्रेमप्रसादलाई साहुको कुराको विश्वास नै लागेन। 

छोरीलाई बोकेर अस्पताल र घर ओहोरदोहोर गर्न थाले। 

भक्तपुर क्यान्सर अस्पतामा  उपचार गर्न केही वर्ष खाडीमा पसिनासँग साटेको पैसाले थेगेन। लाखौँ रकम सकियो तर छोरीको उपचार सकिएन। 

प्रेमप्रसाद भन्छन्, ‘उपचार खर्च नै महङ्गो। किमोथेरापी नै सकिएको छैन, २३ लाख सकिइसक्यो।’

भक्तपुर क्यान्सर अस्पतालको उपचार खर्च धान्न नसक्ने भएपछि उनले केही राहत मिल्ने अस्पताल खोज्न थाले। स्वास्थ्य कार्यालय ललितपुरको सिफारिसमा केही राहत मिल्ने गरी छोरीको उपचारका लागि मिनभवनस्थित सिभिल अस्पतालमा रेफर गरियो। 

‘अहिले सञ्चो भएजस्तो देखिन्छ एकैछिनमा बिरामी पर्छिन्, कहिलेकाँही त १५ दिन जति अस्पतालमै बस्नुपर्छ श्रीमती सुत्केरी छन् के गर्ने ?’ अस्पतालमा भेटिएका प्रेमप्रसाद आफैँसँग प्रश्न गर्छन्। 

‘अघिल्लो पटक ३ वर्ष र दुई वर्षको ग्यापमा फेरि दोस्रो पटक ३ वर्ष गरेर ६ वर्ष खाडीमा पसिना बगाएँ। यो पैसा धेरै त घर खर्चमै ठिक्क भयो। बाँकी बचेको थोरै रकमले छोरीको उपचारको लागि पनि पुगेन।’

घरमा भएकी दुई महिनाकी सुत्केरी श्रीमतीबाट सहयोगको आस गर्ने कुरै भएन। प्रेमप्रसादको गोजी पनि रित्तियो। त्यसपछि केही सहयोगी मनहरुबीच हात फैलाए। 

थोरै सहयोग रकम त जुट्यो तर त्यति रकमले कहाँ पुग्नु ? 

‘दिन दिनैजसो छोरी बिरामी हुँदा झण्डै ३० हजार जति सकिन्छ। पैसा कहाँबाट कसरी जुटाउने?’ पैसाकै चिन्ताले उनी छटपटाउँछन्। 

मंगलबार छोरीको फलोअपका लागि सिभिल अस्पताल पुगेका प्रेमप्रसाद पार्किङ वरिपरि छोरीसँगै डुलिरहेका थिए। 

छोरीको हात समातेर उनी कहिले बाहिर त कहिले भित्र गरिरहेका थिए। 

‘बाबा माथि जाउँ न ?’ छोरी बुबालाई डाक्टरसम्म जान भनिरहेकी थिइन्।

हुन्छ। १० बज्छ अनि जाने ल’ प्रेमप्रसादले छोरीलाई भुलाइरहेका थिए। 

बिहानको ९ बजेको थियो। 

चैतको घाम बिहानै भए पनि चरक्क पोल्ने गरी चर्किएको थियो। पार्किङको छेउमा बस्नका लागि बेन्च राखिएको थियो। प्रेमप्रसाद छोरीलाई काखमा लिएर थचक्क बसे। 

उनका पछाडि वसन्तका राता फूलहरु ढकमक्क फूलेका थिए। तर प्रेमप्रसाद रंगहीन थिए। तै पनि छोरीका लागि आशा मरेको थिएन। 

‘यो रोग धेरैलाई निको भएको छ, उपचार पाए मेरी छोरीलाई पनि सञ्चो हुन्थ्यो। केही सहयोगी मनहरुले सहयोग गरिदिनु भयो भने त मेरी छोरी पनि छिट्टै सञ्चो हुनेछिन्’ प्रेमप्रसादले छोरीलाई सुम्सुम्याए। 

प्रेमप्रसादले छोरी प्रेरणा दुलालको उपचारमा सहयोग गर्न चाहने सहयोगी मनहरुका लागि ग्लोबल आइएमई बैंकको खाता नम्बर ०७०७०१०००८४७९  उपलब्ध गराएका छन्। सहयोग गर्न चाहनेहरुले प्रेमप्रसाद दुलालको ९८४८८५९५७१ फोन नम्बरमा समेत सम्पर्क गर्न सक्नुहुनेछ। 
 


 

प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  १६:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, भदौ २५, २०८३
फाइनलमा पुग्न नेपाल र ओमान भिड्दै बिहीबार, भदौ २५, २०८३
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ बिहीबार, भदौ २५, २०८३
देशभर बदली, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, भदौ २५, २०८३
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्न सातै प्रदेशबाट रोजगारमुखी शिक्षामा जोड बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
ग्यास उद्योगीलाई पाता फर्काउने मन्त्रीको बोली ‘बढी’ बुधबार, भदौ २४, २०८३
चिलिमे सुरुङमा उद्धारका लागि कुलमानलाई सेनाको बोलावट बुधबार, भदौ २४, २०८३
जलेको घर बालकोटबाट ओलीले सम्बोधन गर्ने बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्