सुर्खेत- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरीगंगा नगरपालिका, सुर्खेतमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले खानेपानी तथा सरसफाईका लागि विनियोजन भएको बजेटका लागि २ लाख घुस लिएको आरोपमा प्रमुखसहित टेक्निसियन चित्रबहादुर केसीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
टेक्निसियन केसीले उक्त नगरपालिका- ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माणकार्य सम्पन्न भएपछि भुक्तानीमा सहजीकरण गरिदिने २ लाख घुस लिएका थिए। अख्तियारको टोलीले केसीलाई रंगेहात पक्राउ गरेको थियो। उनकै बयानपछि प्रमुख प्रशासकीय अधिकृत तानिएका हुन्।
अनुसन्धानको शिलशिलामा भेरीगंगा नगरपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत पौडेलको आदेश योजना र निर्देशनमा खानेपानी तथा सरसफाई टेक्निसियन केसीले रकम बुझेको बयान दिएका थिए। अख्तियारले उनीहरुसँग जनही २ लाख बिगो र कैद सजाय हुनुपर्ने माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।