• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

सागको पौडी पोखरी : रक्सी र तासको अड्डा!

प्रतियोगिता नहुँदा भौतिक सम्पत्तीको सुरक्षा गर्न हुँदैन?
64x64
सराेज तामाङ मंगलबार, चैत ४, २०७६  १३:३७
1140x725

काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनामा धेरै चर्चामा थियो- ‘हिटिङ स्विमिङ पुल।’ दशरथ रंगशालामा सागको उदघाटन भइसक्दा पनि उक्त पौडी पोखरी निर्माणको काम सकिएको थिएन। हतारमा जसोतसो प्रतियोगिता सकियो। खेलाडीहरु त्यही पोखरीमा पौडिए। 

बाह्रै महिना खेलाडीले तातो पानीमा अभ्यास गर्न पाउने पौडी पोखरीको निर्माणले नेपाली खेलाडीलाई निकै फाइदा पुग्ने बताइएको थियो। हुन पनि जाडोको समयमा अभ्यास गर्नुपर्दा कठीन समस्या भोगिरहेका खेलाडीका लागि त्यो खुसीकै कुरा थियो। तर साग सकिएपछि पौडी पोखरीमा खेलाडी पुगेका छैनन्। 

अहिले चारैतर्फबाट बन्द रहेको भए पनि पौडी पोखरीको पानी फोहोर देखिन्छ। त्यहाँ खेलाडीका लागि बनाइएका कोठाहरु भने अहिले रक्सी र तासको अड्डा बनेको जस्तो देखिन्छ। बियर र रक्सीका बोतल लडाइएका छन्, तास छरपस्ट छरिएका छन्। 

त्यो त्यही स्थान हो जहाँ गएको मंसिर १९ गते बिहीबार सागको स्विमिङमा गौरिकाले नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन्। दुई सय मिटर फ्रि–स्टाइलमा स्वर्ण जितेकी गौरिकाले भनेकी थिइन्, ‘यो स्विमिङ पुल एकदमै राम्रो छ। मैले खेलेको अन्य ठाउँको भन्दा सजिलो लाग्यो।’

हुन पनि गौरिकाले त्यहि हिटिङ स्विमिङ पुलबाट इतिहास रचिन्। एकै साग खेलकुदमा चार स्वर्ण जित्ने दुर्लभ कीर्तिमान राखिन्, जुन तोडिन सहज छैन। तर त्यहि इतिहास दिलाएको स्विमिङ पुलको यतिबेलाको कथा अलिक तीतो बनिदिएको छ। 

हुन पनि पौडी पोखरीको भित्रि भाग हतारमै भए पनि चिटिक्क पारिएको थियो। सानो स्थानमा भए पनि खेलाडीको लागि असहज महशुस हुन दिनबाट सरकारले निकै कसरत नै गरेको हो। समयमा काम नसके पनि अन्तिम समयकै राम्रो कामको भने तारिफ भएकै थियो। प्रतियोगिता हुँदा दर्शकलाई सकस पर्ने गरी निर्माण गरिएको भए पनि खेलाडीको तारिफले पौडी पोखरीको चमक झनै बढेको थियो।

तर यो करिब चार महिनाको अवधिमा पोखरी पहिलेको जस्तै राख्न्न किन सकिएन त? साग खेलकुदका लागि हतारमा निर्माण गरिएको पौडी पोखरीप्रति कसैको ध्यान गएको छैन। पौडी पोखरीको पानी गनाउने अवस्थामा छ। फोहोरले भरिएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

सञ्चालनमा आइसकेको पौडी पोखरी किन भयो भद्रगोल? राष्ट्रिय खेलकुद परिषद् र नेपाल पौडी संघलाई काम सकाएपछि हाइसञ्चो भनेजस्तो भएको हो त? 

यहि प्रश्नको जवाफ नेपाल पौडी संघका अध्यक्ष अशोकरत्न बज्राचार्य सटिक तरिकाले दिँदै भन्छन्, ‘कुनै समस्या छैन। भएको पानी फ्यालेर नयाँ पानी हाल्नु त हो।’
रक्सी र तासको अड्डा!

साग खेलकुदको अन्य प्रतियोगिता सुरु भइसक्दा पनि हिटिङ पौडी पोखरीको भित्तामा कोही टायल हालिरहेका थिए, कोही प्लास्टरमा ब्यस्त देखिन्थे। हिटिङ पौडी पोखरीको कम्पाउन्डमा सिसा राख्नका लागि केही कामदार खटिरहेका थिए। कोही रङ हाल्ने, कोही कुर्सी हाल्ने काममा व्यस्त थिए भने ठेकेदार र इन्जिनियरहरु ल.. ल.. छिटो.. छिटो.. भन्नमै व्यस्त थिए। जे होस् साग सकियो। 

तर प्रतियोगिता सकिएपछि यतिबेला पौडी पोखरी हेर्ने हो भने त्यहाँ खेलाडी बस्ने कोठामा एउटा कम्बल ओछ्याइएको छ। त्यहि माथि वियर र रक्सीका बोतल छन्। छरपष्ट तासका पत्ताहरु छन्। कुनै च्यातिएका कुनै सग्लै। 

त्यो देख्दा थाहा हुन्छ साग खेलकुदपछि यो पौडी पोखरी जाँड खाने र जुवातास खेल्नेको अड्डा बनेको छ। त्यहाँ कसले त्यसरी तास खेल्ने र रक्सी खाने अड्डा बनाएको छ?

पौडी पोखरी प्रतियोगिता नहुने बेलामा पनि राम्ररी रेखदेख गर्नुपर्छ भन्ने उदाहरण भने त्यही हिटिङ पौडी पोखरीसँगै टाँसिएको अर्को लङ कोर्सको पौडी पोखरीलाई हेर्दा नै थाहा हुन्छ। 

लङ कोर्सको उक्त पौडी पोखरी यति सफा छ कि लाग्छ त्यहाँ भोलि नै कुनै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन हुँदैछ। तर त्यो पौडी पोखरीमा त झनै प्रतियोगिता नभएको पनि लामै समय भइसक्यो। सफा र राम्रो पोखरी भएकाले नै सागअघि चिनियाँ राजदूत पौडी पोखरी निरिक्षण गर्न जाँदा समेत त्यसैलाई देखाइएको थियो। राजदूतले त्यहिँको तस्बिर सागको पौडी पोखरी भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन्। 

हिटिङ पौडी पोखरीबाहिरको काम नसकिएकाले अहिले रेखदेख नभएको पौडी संघका अध्यक्ष अशोकरत्न बज्राचार्य बताउँछन्। त्यसका केही समय यता खेलकुदमा देखिएको कोरोना भाइरसको असर त पौडी पोखरी सफा नगर्नुको पनि बाहना बनेको छँदैछ। 

भएका भौतिक संरचनाप्रति चासो नदिनु दुःखद हुँदाहुँदै अध्यक्ष ब्रजाचार्य भन्छन्, ‘अहिले कोरोना भाइरसको कारण स्विमिङ गतिविधि ठप्प छ। हिटिङ स्विमिङ पुल अहिले पनि निर्माण भइरहेको छ। तर त्यो चाहिएमा आजको भोलि सञ्चालनमा आउँछ।’

तर निर्माण जिम्मा लिएको किराँतेश्वर कन्स्ट्रक्सन एन्ड ड्रिलिङ कम्पनी प्रालीका प्रबन्ध निर्देशक सनकसिंह राई भने निर्माणको सम्पूर्ण काम सकिइसकेको बताउँछन्। उनले भने, ‘निर्माणको काम सकाएका छौं। तर त्यहाँ बाफलाई कन्ट्रोल गर्ने सामान बेलायतबाट आउँदैछ। दुई चारदिनमा आइपुग्छ। अहिले पनि प्रतियोगिताहरु सञ्चालन हुन्छ। कुनै समस्या छैन। तर यो सामानले चाहिँ महिनौंसम्म पनि पानीलाई तातो बनाइराख्छ।’

के हो हिटिङ पौडी पोखरी?
हिटिङ पौडी पोखरी त्यस्तो प्रविधियुक्त स्विमिङ पुल हो जहाँ जुनसुकै मौसममा पनि प्रतियोगिता आयोजना गर्न र खेल्न सकिन्छ। यो पोखरीभन्दा अघि नेपालमा यस्तो सुविधा सम्पन्न पौडी पोखरी बनेको थिएन।

अत्याधिक प्रविधियुक्त जडित यो पौडी पोखरी विशेषगरी जाडो महिनाको लागि निर्माण गरिएको हो। करिब २० करोडभन्दा बढी लागतमा बनेको यो पोखरीको डीपीआर नेपाल पौडी संघले तयार पारेको हो। संघ र राष्ट्रिय खेलकुद परिषदको सम्झौतामा निर्माण सम्पन्न भएको यो पौडी पोखरी सट कोर्सको हो। जुन २५ बाई २५ मिटरको छ।

पौडीको लङ कोर्स र सट कोर्स गरी दुई वटा फम्र्याटमा प्रतियोगिताहरु आयोजना हुने गरेको छ। १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रयोग गरिएको सट कोर्सको हिटिङ पौडी पोखरी साग खेलकुदको इतिहासमै पहिलो पटक हो। यसअघि पहिलोदेखि १२औं साग खेलकुद सकिदासम्म सट कोर्समा स्वीमिङ भएको थिएन। अन्तर्राष्ट्रिय मान्यताअनुसार हिटिङ स्विमिङमा पानीको तापक्रम २५ देखि २७ डिग्री हुनु पर्छ। यो भन्दा बढी पनि हुनु हँुदैन कम पनि हुनु हुँदैन। 

हिटिङ पौडी पोखरीको पूर्व पश्चिमतर्फ गरी दुई वटा भवन निर्माण भएको छ। पूर्वतर्फको भवन खेलाडी बस्नका लागि बनाइएको हो भने पश्चिमतर्फको भवन प्रशासनिक काम र भीआइपी बस्नको लागि बनाइएको हो।

प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६  १३:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
टीटूके र होरा ई स्पोट्र्स ग्लोबल ओपनमा छनोट नेपालका दुई ई स्पोट्र्सका टिम पब्जी मोबाइलको ग्लोबल ओपन च्याम्पियनसिपमा छनोट भएका छन्। सोमबार, असोज ५, २०८३
एन्फा मुख्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा अनियमितताको आशंकामा एन्फा मुख्यालयमा छापा मारिएको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिए । उनका अनुसार शुक्रबार साँझा छापा... शुक्रबार, असोज २, २०८३
पहिलो जितको खोजिमा नेपाल नेपालले २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलको प्रारम्भिक चरणको दोस्रो खेलमा बिहीबार इन्डोनेसियाविरुद्ध खेल्दैछ। बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्